मुख्य समाचार
भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगीता हुने
भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगीता हुने

काठमाडौँ। भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगीता हुने भएको छ ।

झापाको बेलडांगीमा रहेको भुटानी शरणार्थी शिविरभित्रै आयोजना हुने प्रतियोगीताको लाइभ राउण्ड आगामी मे महिनादेखि सुरु हुने आयोजक संस्था नक्षेत्र फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदीले जानकारी दिए ।

शिविर भित्रको अभावले धेरै राम्रा प्रतिभाहरु अझै पनि ओझेलमा परेको अवस्थामा प्रतिभाहरुको खोजी गर्दै भुटानी रेफ्यूजी आईडल गायन प्रतियोगीता आयोजना गर्न लागिएको फाउण्डेसनका अध्यक्ष सुवेदीले बताए ।

१५ वर्ष भन्दामाथिका प्रतियोगीहरु सहभागी हुने प्रतियोगीताको निर्देशन म्यूजिक भिडियो निर्देशक समेत रहेका गायक कमल राईले गर्दैछन् ।

फाउण्डेसनका अध्यक्ष सुवेदीका अनुसार प्रतियोगीताको निर्णायकमा कर्म ग्यालजन बम्जन, महेश थुलुङ, शोर शिवाकोटी, सृष्टि हिङमाङ र बलराम समाल मगर रहेका छन् । कार्यक्रमको बेलडांगी नाट्य परिवारले संयोजनकारी भूमिका निर्वाह गरेको छ ।

प्रतियोगीतामा प्रथम हुने प्रतियोगीले नगद ३ लाख, द्वितीय हुनेले २ लाख र तेस्रो स्थान हाँसिल गर्नेले १ लाख पाउनेछन् ।

त्यस्तै बिजेताहरु तिनै जनालाई आयोजक संस्था नक्षेत्र फाउण्डेसनले म्यूजिक भिडियो निर्माण गरिदिनेछ । प्रतियोगीताको फाइनल जुलाईमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली ट्यालेन्ट प्रजिनासँग भारतीय पपस्टार बादशाहको सहकार्य रहेको गीत ‘होला एट् योर ब्वाइ’ सार्वजनिक भएको छ । यो गीतमा प्रजिनासहित बादशाह र लोकप्रिय भारतीय र्‍यापर कृष्ण पनि फिचर्ड छन् । नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रजिनाले गाएकी छन् । उनको गायकीको प्रशंसक हुनुहुन्छ भने, पक्कै पनि यो ट्रयाक तपाईंलाई श्रुतिप्रिय हुनसक्छ । यो गीत युट्युवको ...
। ‘केजीएफ’ र ‘केजीएफ २’ अभिनेता यश अब खलनायक बन्दैछन् । रणवीर कपुर र साई पल्लवी स्टारर फिल्म ‘रामायण’मा उनी रावणको भूमिकामा देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो फिल्मलाई दंगल, छिछोरेजस्ता हिट फिल्म बनाएका नितेश तिवारीले निर्देशन गरेका हुन् । यशले यो भूमिकाका लागि १५० करोड भारु पारिश्रमिक लिएका छन् । हिन्दी फिल्मको इतिहासमा खलनायकले ...
। एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बेलुका सुन्धारास्थित सीडीसी सिनेमाजमा फिल्म ‘महाजात्रा’ हेरेका छन् । पूरै समय बिताएर फिल्म हेरेका उनले फिल्मको प्रशंसा गर्दै आफूलाई मनोरञ्जक लागेको बताए । फिल्मको कथाले मान्छेलाई सप्रिन प्रेरणा दिने ओलीको भनाइ छ । ‘यसले विभिन्न नेतालाई विभिन्न सन्देश दिन्छ । जस्तो नेता, त्यस्तै सन्देश’ कलाकार हरिवंश आचार्य, विपिन कार्की, ...
। भारतको मुम्बई प्रहरीले हुक्का पार्लरमा छापा मारेर स्ट्यान्ड–अप कमेडियन तथा टेलिभिजन रियालिटी शो ‘बिग बोस १७’ का विजेता मुनव्वर फारुकीसहित १३ जनालाई पक्राउ गरेको छ । यी सबैविरुद्ध मुद्दा समेत दर्ता भएको छ । फारुकी बिग बोसको पछिल्लो सिजनका विजेता समेत हुन् । फोर्ट क्षेत्रको होटल सबलान हुक्का पार्लरमा सुर्तीजन्य पदार्थ सेवन भइरहेको जानकारी प्राप्त ...
— सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) ले बलिउड कलाकार कंगना रनौतलाई आगामी लोकसभा चुनावमा उम्मदेवार बनाएको छ । आइतबार भाजपाले पाँचौँ सूची जारी गर्दै आगामी लोकसभा चुनावमा कंगनालाई गृहराज्य हिमाचलको मण्डी क्षेत्राबाट उठाउने निर्णय गरेको हो । भाजपाले कंगनालाई टिकट दिने अनुमान केही अघिदेखि नै गरिँदै आएको थियो । पार्टीले सूची जारी गर्नुअघि नै कंगनाले मण्डीबाट लोकसभा ...