मुख्य समाचार
साढे १२ प्रतिशत ब्याज दिँदा पनि बिकेन वैदेशिक रोजगार बचतपत्र
साढे १२ प्रतिशत ब्याज दिँदा पनि बिकेन वैदेशिक रोजगार बचतपत्र

काठमाडौँ — नेपाल राष्ट्र बैंकले १२.५० प्रतिशत ब्याजदर दिँदा पनि वैदेशिक रोजगार बचतपत्र बिक्री हुन सकेन । चैत १० देखि गणना हुनेगरी जारी भएको ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रमा जम्मा २ करोड २४ लाख रुपैयाँ बराबरको मात्रै बिक्री भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माग गरिएभन्दा जम्मा ४.४९ प्रतिशत मात्रै वैदेशिक रोजगार बचतपत्र बिक्री भएको हो ।

वैदेशिक रोजगारमा गएकालाई लक्षित गर्दै राष्ट्र बैंकले साढे १२ प्रतिशत ब्याजदरमा ५ वर्षे अवधिको बचतपत्र जारी गरेको थियो । वैदेशिक रोजगार बचतपत्रमा राष्ट्र बैंकले दिएको साढे १२ प्रतिशत ब्याजदर हालसम्मकै उच्च हो भने बैंकहरूले मुद्दतीमा दिनेभन्दा पनि बढी हो । हाल बैंकहरूले व्यक्तिगत मुद्दतिमा जम्मा ११ प्रतिशतसम्म मात्रै ब्याज दिँदै आएका छन् । अहिले मात्रै नभएर यसअघि निस्कासन भएका कुनै पनि वैदेशिक रोजगार बचतपत्रमा माग गरेजतिको लागि आवेदन परेको छैन । हालसम्म निस्कासन भएका वैदेशिक रोजगार बचतपत्रमा माग गरेको भन्दा औसत ५.२ प्रतिशत रकमका लागि मात्रै आवेदन परेको राष्ट्र बैंकको तथ्यांक छ ।

यस्तो बचतपत्रमा लगानी गर्नेले कम्तीमा १० हजार रुपैयाँ लगानी गर्नुपर्छ । लगानीवापतको ब्याज ६–६ महिनामा पाइन्छ । आफूले इच्छाएको व्यक्तिमार्फत पनि नेपालमा ब्याज लिन सकिन्छ । मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी)को नाममा पनि खरिद गर्न सकिन्छ । यस्तो बचतपत्र बैंकमा धितो राखेर आवश्यक परेका बेला ऋण समेत पाइन्छ । यसको जोखिम पनि न्यून हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
काठमाडौं । सरकारले विद्युतीय चुरोटको अस्वभाविक आयातमा करको डण्डा चलाएको छ । यसअघि न्यून भन्सार मूल्याङ्‍कन र शून्य अन्तःशुल्कको फाइदा उठाउँदै नेपालमा अस्वभाविक रुपमा विद्युतीय चुरोट (भेप्स) आयात भएको थियो । जम्मा ३५ सेन्ट भन्सार मूल्याङ्‍कनका कारण चीनबाट आयात भएर भारत जाने यस्ता चुरोटको तस्करी नियन्त्रण गर्न सरकारले बजेट मार्फत नै अन्तःशुल्कमा ठूलो वृद्धि गरेको हो ...
काठमाडौं । सरकारले ३४ प्रकारका वस्तुमा अन्तःशुल्क कर थप गरेको छ । यसअघि अन्तःशुल्कको दायरामा नरहेका वस्तुहरुलाई अन्तःशुल्कको दरमा समेटेर सरकारले अन्तःशुल्क कर थप गरेको हो । आर्थिक विधेयक २०८० मा संशोधन गरेर सरकारले चिसो पेय पदार्थ, दाह्री काट्ने मेशिन, श्रृगांर सामग्री, चम्चा, काँटा, लगायतका वस्तुमा अन्तःशुल्क थप गरेको हो । सरकारले विद्युतीय चुरोटमा ३० प्रतिशत ...
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले करका दरहरूमा व्यापक हेरफेर गरेको छ । भ्याट नलाग्ने र अन्तःशुल्क लाग्ने वस्तुहरुलाई घटाइएको छ । पूँजीगत लाभकर र आयकरका पनि ठूलो परिमार्जन भएको छ । करमा भएको परिवर्तनले उपभोक्तालाई के असर गर्छ ? वस्तु तथा सेवाको मूल्य के हुन्छ ? यस्तै विषयवस्तुमा केन्द्रित भएर चार्टर्ड एकाउन्टेन्ट ...
काठमाडौं । भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आउँदा ग्याँसको मूल्य भने घटेर प्राप्त भएको छ । नेपाल आयल निगमलाई बिहीबार बिहान भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको छ भने ...
काठमाडौं : सरकारले घिउ तेल उत्पादनका लागि कच्चा पदार्थ आयातमा भन्सार बढाएकाले उद्योगहरू धराशायीमा हुने भन्दै नेपाल वनस्पति घिउ तेल उत्पादक संघले ध्यानाकर्षण गराएको छ। सरकारले आर्थिक वर्ष २०८०-०८१ को बजेटमार्फत भन्सार महसुल पुनः १० प्रतिशत कायम गरेको छ। साबिकमा यस्तो भन्सार दर १ प्रतिशतमात्रै थियो। यसरी ह्वात्तै भन्सार बढाउँदा सम्पूर्ण अत्यावश्यक वनस्पति घिउ तेल उत्पादन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम