मुख्य समाचार
पश्चिमी मुलुकहरुमा प्रतिबन्धको प्रभाव : टिकटकले ल्यायो ८ नयाँ नियम
पश्चिमी मुलुकहरुमा प्रतिबन्धको प्रभाव : टिकटकले ल्यायो ८ नयाँ नियम

टिकटकले मंगलबार आफ्ना नियमहरुमा परिवर्तन गर्दै टिकटकमा अपलोड गरिने सामग्री तथा प्रयोगकर्ताहरुका लागि नयाँ मापदण्डको घोषणा गरेको छ ।

चिनियाँ स्वामित्वको लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि त्यसका सामग्रीका अलावा गोपनीयता समेत उल्लंघन गर्ने गरेको आरोप लागेको थियो ।

प्रयोगकर्ताको गोपनीयता जोखिममा रहेको कारण देखाउँदै विभिन्न पश्चिमा मुलुकहरुले टिकटकमाथि प्रतिबन्धको घोषणा गरिरहेका छन् ।

डाटाको दुरुपयोगसम्बन्धी विवाद तथा गोपनीयताको खतरालाई लिएर टिकटकले पछिल्ला दिनमा पश्चिमी अधिकारीहरुको दबाबको सामना गर्नु परिरहेको छ ।

अमेरिका लगायतका विभिन्न मुलुकहरुले आफ्ना सरकारी उपकरणहरुमा टिकटक पूर्णरुपमा प्रतिबन्धित गरेका छन् । प्रतिबन्धको सिलसिला अगाडि बढेसँगै टिकटकले नयाँ नियमहरु जारी गरेको छ । जसमा content moderation का लागि विभिन्न ८ वटा सिद्धान्त तय गरिएकेा छ ।

टिकटकको प्रडक्ट नीति विभागकी प्रमुख जूली डे भ्यालिएनकोर्ट यी सिद्धान्तहरु मानव अधिकारलाई कायम राख्ने टिकटकको प्रतिबद्धतामा आधारित छन् ।

साथै त्यसलाई अन्तर्राष्ट्रिय कानूनी ढाँचामा पनि राखिएको छ । उनका अनुसार टिकटकले निष्पक्ष रहँदै मानवीय गरीमाको रक्षा गर्ने र कसैलाई हुनसक्ने हानी रोक्नुका साथै अभिव्यक्ति स्वतन्त्रतालाई कायम राख्ने कुरामा सन्तुलन मिलाउने प्रयास गर्दछ ।

के के छन् नयाँ मापदण्ड ?

आगामी अप्रिल २१ देखि लागू हुने मापदण्ड तथा निर्देशिका अन्तरगत अब प्रयोगकर्तालाई टिकटकमा राखिने सामाग्री अर्थात् कन्टेन्टको बारेमा जानकारी दिइनेछ । त्यसमा डिपफेकमाथि प्रतिबन्ध लगाइएको जानकारी समेत रहनेछ ।

टिकटकले डिपफेकलाई आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिद्वारा निर्मित सिन्थेटिक मिडिया रहेको बताउने गरेको छ ।

कसैसँग ठ्याक्कै मिल्दोजुल्दो तस्वीर बनाएर नक्कली तथा भ्रामक सामग्री तयार पार्ने डिपफेक प्रविधिका बारेमा टिकटकले आफ्नो नीति प्रष्टाउने कोसिस गरेको छ । जसअनुसार ओरिजिनल जस्तै देखिने सबै खाले डिपफेक अर्थात् हेरफेर गरिएका सामग्रीहरू टिकटकमा अपलोड गर्नुपर्दा ती सामाग्रीहरु बनाबटी हुन् भनेर जानकारी दिनै पर्दछ । जसका कारण टिकटक प्रयोगकर्तामा पर्नसक्ने भ्रम रोकिन्छ । टिकटकमा अब सर्वसाधारणको डिपफेक बनाउनचाहिँ प्रतिबन्ध लागेको छ ।

टिकटकले घृणाजन्य अभिव्यक्तिको नियन्त्रणमा पनि कडाइ गरेको छ । जस अन्तरगत कुनै आदिवासी समुदाय अर्थात् ट्राइबलाई पनि पनि घृणाजन्य अभिव्यक्ति नियन्त्रण नीतिमा समावेश गरेको छ। साथै टिकटकले राजनीतिक पार्टी तथा सरकारको टिकटक अकाउन्टको सुरक्षाका साथै चुनावका बेला फैलिन सक्ने अफवाह तथा गलत सूचनाको नियन्त्रणका लागि समेत विशेष नियम बनाएको छ ।

टिकटकले अद्यावधिक गरिएको आफ्नो मापदण्डमा विभिन्न चारवटा स्तम्भ उल्लेख गरेको छ । जसमा नियम उल्लंघन गर्ने सामग्रीलाई हटाइदिने, वयस्कहरुले मात्र हेर्न मिल्ने सामग्रीहरू तय गर्ने, आम प्रयोगकर्तासम्म पुग्न उपयुक्त नरहेको सामग्री For Your Feed मा देखिनका लागि अयोग्य बनाउने तथा प्रयोगकर्तालाई सूचना साधन तथा श्रोतको माध्यमबाट समुदायलाई सशक्तीकरण गर्ने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आगामी २८ वैशाख २०८१मा सरकारी स्वामित्वको नेपाल टेलिकमको दूरसञ्चार सेवाको अनुमतिपत्र (लाइसेन्स)को २५ वर्षे अवधि सकिंदैछ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अनुमतिपत्र अवधि सकिने दिन नजिकिंदै गर्दा अन्योल छ, टेलिकमले कसरी नयाँ अनुमतिपत्र पाउँछ ? सञ्चार तथा सूचना प्रविधि मन्त्रालय भने अन्योल रहेको दाबीलाई स्वीकार गरिरहेको छैन र टेलिकमलाई नयाँ अनुमति दिनुअघि कुनै नयाँ व्यवस्था ...
। च्याट जिपिटीले जेनेरेटिभ एआईको दुनियामा यस्तो तहल्का मच्चाइरहेको छ कि यो क्षेत्रमा गुगल जस्ता दिग्गज कम्पनी समेत फ्लप देखिएका छन् । सायद त्यहीँ कारणले गर्दा गुगल र एप्पलले एक आपसमा सहकार्य गर्नुपर्ने अवस्था आएको छ। आर्टिफिसियल इन्टेलिजेन्सको चर्चा यत्रतत्र छ । यहीँ क्रममा यो वर्षको सुरुवातमा सामसुंगले आफ्नो ग्यालेक्सी एआई सार्वजनिक गर्यो । आगामी दिनमा ...
— सरकारी निर्णय प्रक्रियामा रहेको चरम ढिलासुस्ती र नियामकीय निकायको कमजोरीको एउटा उदाहरण बन्यो– नेपाल टेलिकमको अनुमतिपत्र नवीकरण प्रक्रिया । टेलिकमले २०७६ वैशाखभित्रै बुझाइसक्नुपर्ने तेस्रो नवीकरणबापत्को रकम न सरकारले अहिलेसम्म तय गरिदिएको छ, न अघिल्ला नवीकरणमा झैँ किस्ताबन्दी वा एकमुष्ट तिर्नुपर्ने भनेर स्पष्ट पारेको छ । टेलिकमको जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्रको अवधि सकिन डेढ महिना मात्रै बाँकी ...
— सामाजिक सञ्जालहरूको प्रतिनिधि संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी) ले नेपालमा प्रयोग भइरहेका सामाजिक सञ्जाल कम्पनी दर्ता गरी सम्पर्क केन्द्र व्यवस्था गर्नुपर्ने प्रावधानले विश्वव्यापी इन्टरनेट प्लाटफर्मको पहुँचबाट अलग्याउन सक्ने भन्दै चेतावनी दिएको छ । सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० का सम्बन्धमा मंगलबार नेपाल ...
। पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि विश्वमा तीव्र रुपमा विकास र प्रयोग भैरहेको छ । यसले मानव जीवनको अस्तित्वमै प्रश्न उठाउने तथा रोजगारी र अर्थतन्त्रमै चुनौति खडा गर्ने खालका आँकलनहरु गरिँदै आएको छ । एआईले मानिसको ठाउँ नल्याउने तर मानिसको काम गर्ने तरिका मात्र परिवर्तन हुने यसका समर्थकहरुको दाबी छ । यद्यपि पछिल्लो समयमा एआई प्रविधिमा ...