मुख्य समाचार
बचत गर्ने बानीको विकास गराैं : गभर्नर अधिकारी
बचत गर्ने बानीको विकास गराैं : गभर्नर अधिकारी

काठमाडौँ — हाल नेपाली बैंक तथा वित्तीय संस्थामा बचत गरेरै भए पनि राम्रो आम्दानी गर्न सकिने अवसर नागरिकलाई उपलब्ध रहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । नागरिकको बचत रकमबाटै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने भएकाले राष्ट्रिय पुँजी निर्माणका लागि पनि बचत आवश्यक रहेको भन्दै गभर्नर अधिकारीले बचत गर्ने बानीको विकास गर्न आग्रह गरे ।

नेपाल राष्ट्र बैंकले सोमबारदेखि आयोजना गरेको ‘विश्वव्यापी मुद्रा सप्ताह-२०२३’को शुभारम्भ कार्यक्रममा गभर्नर अधिकारीले तुलनात्मक रुपमा विश्वका धेरै राष्ट्रको तुलनामा नेपालीमा खर्च गर्ने प्रवृति धेरै रहेको बताएका हुन् । ‘विश्वका अन्य मुलुकहरुमा भन्दा नेपालमा बचत गर्ने भन्दा बढी खर्च गर्ने प्रवृति छ,’ उनले भने, ‘त्यो प्रवृतिलाई निरुत्साहित गर्न पनि मुद्रालाई बचत गर्न जरुरी छ । बचतबाट नै आम्दानी पनि बढ्छ ।’

नागरिकसँग रहेको पैसा बैंकमा बचत नगरेर आफूसँगै राख्दा कम महत्त्वका क्षेत्रमा पनि खर्च हुने भएकाले त्यो नियन्त्रणका लागि पनि बचत गर्नुपर्ने उनको सुझाव छ। नेपाली बैंक तथा वित्तीय संस्थाले निक्षेप दोब्बर हुने बचत योजना ल्याएकाले पनि त्यसबाट भरपुर फाइदा लिन गभर्नर अधिकारीले नागरिकलाई सुझाव दिए । कहिलेकाही सेयरमा लगानी गरेर पनि राम्रो आम्दानी गर्न सकिने गभर्नर अधिकारीले बताए । ‘वि‍सं‍.२०५२ सालमा कुनै कम्पनीको वित्तीय अवस्था मूल्यांकन लागि खरिद गरिएको १० कित्ता सेयरको मूल्यांकन अहिले बढेर लाखौ पुगेको छ,’ उनले भने, ‘पुँजी निर्माणमा बचत र लगानीको ठूलो महत्त्व छ ।’

आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य बनाउनुस् भन्ने नारासहित सोमबारदेखि ग्लोवल मनी विक–२०२३ सुरु भएको छ । ग्लोवल मनी विकको यो एघारौं संस्करण हो । नेपाल राष्ट्र बैंकले अभियानको पहिलो दिन उपत्यकास्थित विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामुलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हिमाली जिल्ला मुस्ताङमा १२ महिनाको अवधिमा ४ लाख २५ हजार ९६४ जना पर्यटक भित्रिएका छन्। २०८० को वैशाखदेखि चैत महिनाको अन्तिमसम्म बेनी–जोमसोम सडकमार्ग तथा पोखरा–जोमसोम हवाईमार्ग हुँदै उक्त संख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ। मुस्ताङ भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको रेकर्डका लागि म्याग्दी र मुस्ताङको सीमाना घाँसा ...
। अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ भने खरिदर मूल्य १३३ रुपैयाँ ३६ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा डलरको मूल्य १३ पैसा बढेको हो भने यो मूल्य हालसम्मकै उच्च हो । इरान र इजरायलको ...
। अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८३ पैसा कायम भएको छ भने खरिददर मूल्य १३३ रुपैयाँ २३ पैसा कायम भएको छ । इरान र इजरायलको द्वन्द्व बढेसँगै अमेरिकी डलर महँगिएको हो । इरानको आक्रमणपछि इजरायलले अमेरिका बेलायतसहित अन्तर्राष्ट्रिय मुलुकहरूको समर्थन ...
। नेपाल वायुसेवा निगम (नेवानि) ले अन्तर्राष्ट्रिय उडानका लागि जहाज खरिद गर्न लिएको ऋणको चैतको किस्ता भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई नेवानिले चैत महिनाको किस्ता भुक्तानी गरेको हो । नेवानिले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्न ती दुई कोषबाट ऋण लिएको थियो । नेवानिका अनुसार दुई न्यारोबडी जहाजको चैत ...
: पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य भोलि विहान १ बजेदेखि लागू हुनेछ। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य १६१ रुपैयाँ पुगेको छ।