मुख्य समाचार
‘पाताल लोक २’ सिरिजबाट प्रशान्त तामाङको बलिउड डेब्यु
‘पाताल लोक २’ सिरिजबाट प्रशान्त तामाङको बलिउड डेब्यु

काठमाडौं । ‘गोर्खा पल्टन’ फेम्ड अभिनेता तथा गायक प्रशान्त तामाङले भारतीय सिरिज ‘पाताल लोक’को दोस्रो श्रृंखलामार्फत बलिउडमा डेब्यु गरेका छन् । तामाङले इन्स्टाग्राममार्फत ‘पाताल लोक २’ सिरिजको छायांकन सकिएको जानकारी गराएका छन् ।

गत महिनादेखि दार्जिलिङ क्षेत्रमा यो वेब-सिरिजको छायांकन हुँदै थियो । आइतबार सिरिजको छायांकन सकिएको प्रशान्तले जनाएका छन् । अमेजन प्राइमको यो सिरिजको शीर्ष भूमिकामा बलिउड अभिनेता जयदीप अलवात छन् । यो सिरिजले एक हाइप्रोफाइल घटनाको छानबिन गर्न खटिएको प्रहरी अधिकारीको कथा भन्छ । दोस्रो सिजनमा उक्त मुख्य पात्रले अन्डरवर्ल्ड समूहसँग गर्ने संघर्षलाई प्रस्तुत गरिनेछ ।

शीर्ष भूमिकामा जयदीप स्वयं छन् । नियो नोइर र क्राइम थ्रिलर जनरामा बनेको यो सिरिज तरुण तेजपालद्वारा लिखित पुस्तक ‘द स्टोरी अफ माइ असासिएन्स’मा आधारित छ । अविनाश अरुण र प्रसित रोयले सिरिज निर्देशन गरेका हुन् । प्रशान्त अभिनित नेपाली फिल्म ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली ट्यालेन्ट प्रजिनासँग भारतीय पपस्टार बादशाहको सहकार्य रहेको गीत ‘होला एट् योर ब्वाइ’ सार्वजनिक भएको छ । यो गीतमा प्रजिनासहित बादशाह र लोकप्रिय भारतीय र्‍यापर कृष्ण पनि फिचर्ड छन् । नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रजिनाले गाएकी छन् । उनको गायकीको प्रशंसक हुनुहुन्छ भने, पक्कै पनि यो ट्रयाक तपाईंलाई श्रुतिप्रिय हुनसक्छ । यो गीत युट्युवको ...
। ‘केजीएफ’ र ‘केजीएफ २’ अभिनेता यश अब खलनायक बन्दैछन् । रणवीर कपुर र साई पल्लवी स्टारर फिल्म ‘रामायण’मा उनी रावणको भूमिकामा देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो फिल्मलाई दंगल, छिछोरेजस्ता हिट फिल्म बनाएका नितेश तिवारीले निर्देशन गरेका हुन् । यशले यो भूमिकाका लागि १५० करोड भारु पारिश्रमिक लिएका छन् । हिन्दी फिल्मको इतिहासमा खलनायकले ...
। एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बेलुका सुन्धारास्थित सीडीसी सिनेमाजमा फिल्म ‘महाजात्रा’ हेरेका छन् । पूरै समय बिताएर फिल्म हेरेका उनले फिल्मको प्रशंसा गर्दै आफूलाई मनोरञ्जक लागेको बताए । फिल्मको कथाले मान्छेलाई सप्रिन प्रेरणा दिने ओलीको भनाइ छ । ‘यसले विभिन्न नेतालाई विभिन्न सन्देश दिन्छ । जस्तो नेता, त्यस्तै सन्देश’ कलाकार हरिवंश आचार्य, विपिन कार्की, ...
। भारतको मुम्बई प्रहरीले हुक्का पार्लरमा छापा मारेर स्ट्यान्ड–अप कमेडियन तथा टेलिभिजन रियालिटी शो ‘बिग बोस १७’ का विजेता मुनव्वर फारुकीसहित १३ जनालाई पक्राउ गरेको छ । यी सबैविरुद्ध मुद्दा समेत दर्ता भएको छ । फारुकी बिग बोसको पछिल्लो सिजनका विजेता समेत हुन् । फोर्ट क्षेत्रको होटल सबलान हुक्का पार्लरमा सुर्तीजन्य पदार्थ सेवन भइरहेको जानकारी प्राप्त ...
— सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) ले बलिउड कलाकार कंगना रनौतलाई आगामी लोकसभा चुनावमा उम्मदेवार बनाएको छ । आइतबार भाजपाले पाँचौँ सूची जारी गर्दै आगामी लोकसभा चुनावमा कंगनालाई गृहराज्य हिमाचलको मण्डी क्षेत्राबाट उठाउने निर्णय गरेको हो । भाजपाले कंगनालाई टिकट दिने अनुमान केही अघिदेखि नै गरिँदै आएको थियो । पार्टीले सूची जारी गर्नुअघि नै कंगनाले मण्डीबाट लोकसभा ...