मुख्य समाचार
सगरमाथाबाट १० हजार किलो फोहोर संकलन गरिने
सगरमाथाबाट १० हजार किलो फोहोर संकलन गरिने

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथाबाट नेपाली सेनाले १० हजार किलो फोहोर संकलन गर्ने भएको छ।


‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत सेनाले यही चैत १४ गतेदेखि आउँदो जेठ २२ सम्म कुहिने र नकुहिने गरी १० हजार किलो फोहोर संकलन गर्ने लक्ष्य राखेको हो।

प्रकृति र पर्यावरण प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रम कार्यान्वनलाई सेनाले प्राथमिकतामा राखेको छ।

विश्व वातावरणमा परेको प्रतिकूल असरबारे सचेतना फैलाउन र हिमशृङ्खलाको मनोरम सौन्दर्यलाई अक्षुण राख्न सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ।

सन् १९५३ मा तञ्जिङ नोर्गे र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरे यता सगरमाथामा मात्रै करिब १४ हजार टन फोहर तथा तीन सयभन्दा बढी मृत शरीर रहेको अनुमान गरिएको छ।

यो अभियानअन्तर्गत सगरमाथासहित ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार किलो फोहर संकलनको लक्ष्य राखिएको छ।

जसमा ल्होत्सेबाट पाँच हजार, बरुञ्चेबाट १० हजार र अन्नपूर्णबाट पनि १० हजार किलो फोहर संकलन गर्ने लक्ष्य रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनले पर्यावरणमा पुर्‍याएका असरलाई कम गर्ने तथा पर्वतीय अर्थतन्त्र अभिवृद्धि गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको छ।

पर्यटक र पर्वतारोहीलाई आकर्षित गर्न तथा भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न अभियानले ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।

अभियानमा सगरमाथा र ल्होत्सेका प्रमुख सेनानीसहित १३, बरुञ्चेमा सेनानीसहित नौ, अन्नपूर्णमा सहसेनानीसहित १० जना सैनिक टोलीसहित अन्य शेर्पा सहयोगी रहने छन्।

नेपाल र नेपालीको पहिचानलाई सगरमाथाको उचाइले संसारभर नै गौरव बढाएको छ। सगरमाथासहित नेपालका विभिन्न हिमाल आरोहणको यात्रामा स्वदेशी तथा विदेशी गरी हजारौँको सहभागी भइसकेका छन्।

पछिल्ला वर्षमा हिमाल आरोहण देखिएको आकर्षणले हिमाल र हिमाली क्षेत्रमा भएको प्रदूषणले हिमालको साख र सुन्दरता कायम राख्न चुनौती खडा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
काठमाडौँ — खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह नेपालमा लुकेर बसेको काठमाडौंस्थित भारतीय दूतावासले दाबी गरेको छ । भारतीय सुरक्षा एजेन्सीको सर्वाधिक खोजीको सूचीमा रहेका सिंह पछिल्लो समय पञ्जाबबाट भागेर नेपाल आएको दूतावासको दाबी छ । शिखहरूका लागि पञ्जाबमा छुट्टै देश 'खालिस्तान' बनाउने अभियानमा रहेका सिंहलाई पक्राउ गर्ने भारतमा खोजी अभियान गरेपछि उनी लुक्दै आएका छन् । भारतीय ...
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश सोचेभन्दा फरक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ६२ औं रंगमञ्च दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताए । मन्त्री किरातीले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबैकुरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर ...
काठमाडौँ — निर्धारित समयमै मलेसियाको नागरिक उड्डयन कार्यालयमा फरेन एयर अपरेटर सर्टीफिकेट (एफएओसी) नवीकरण नगरेका कारण नेपाल वायुसेवा निगमले त्यहाँ गर्दै आएको नियमित उडान मंगलबारदेखि गर्न नपाउने भएको छ । नेपाल वायुसेवा निगमको वाणिज्य विभागका एक अधिकारीका अनुसार मलेसियाको नागरिक उड्डयन कार्यालय (सिभिल एभिएसन अथोरीटी अफ मलेसिया) ले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई धेरै लामो समयदेखि ...
— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरूलाई उत्ताउलो रुपमा प्रस्तुत नहुन निर्देशन दिएका छन् । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा सोमबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । एमालेमा प्रवेश गरेपछि गंगा नदी जस्तै शालीन हुनुपर्ने उनले बताएका थिए । ‘कालीगंगामा सबै गएपछि गंगा नै हुन्छ । तिनको खहरे ...
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याउने सरकारको प्रतिबद्धता आश्वासनमै सीमित भएको टिप्पणी गरेका छन् । उनले पीडितहरू सधैं काठमाडौंमा आएर आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बसेको उनको भनाइ छ । सोमबार खुलामञ्चको गेट अगाडि मिटरब्याज पीडितहरूले प्रदर्शन गरिरहेका बेला मेयर शाहले समाजिक सञ्जालमा लेखेर सरकारको आलोचना गरेका हुन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम