मुख्य समाचार
ए डिभिजन लिग: आर्मीले फ्रेन्ड्ससँग खोस्यो तीन अंक
ए डिभिजन लिग: आर्मीले फ्रेन्ड्ससँग खोस्यो तीन अंक

काठमाडौं : दीपक गुरुङले इन्जुरी समयमा गरेको निर्णायक गोलप्रेरित त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा शनिबार फ्रेन्ड्स क्लबलाई २-१ को नतिजामा पराजित गरेको छ।


च्यासल रंगशालामा निर्धारित ९० मिनेटसम्म १-१ बराबरी भएको खेलको अन्तिम क्षणमा गोल गर्दै आर्मीको उत्कृष्ट पुनरागमनसहित अंक सुरक्षित गरे।

छैटौं मिनेटमा आर्मीका डिफेन्डर सुरोज बस्नेतसँग बल खोस्दै फ्रेन्ड्सका टोरिक जेब्रिनले पेनाल्टी एरिया भित्र अन्मार्क्ड रहेका रफिक अमिनुलाई पास दिएका थिए। सोही पासलाई अमिनुले उत्कृष्ट फिनिसिङ गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए।

त्यसअघि चौथो मिनेटमा दिनेश हेन्जनको क्रसमा आर्मीका जिलेस्पीजंग कार्कीले हेडरमार्फत गरेको प्रहार फ्रेममा परेको थिएन। प्रतिस्पर्धात्मक खेलको २४औं मिनेटमा दीपकले गरेको क्रसलाई ६ यार्ड बक्स अगाडिबाट जिलेस्पीजंगले हेडरमार्फत गोलमा परिणत गरे।

बराबरी गोल फर्काएसँगै आक्रमक बनेको आर्मी २९औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारलाई फ्रेन्ड्सका गोलकिपर विशाल सुनारले विफल पारिदिए। त्यसको दुई मिनेटपछि अमिनुको क्रसमा जेब्रिनले गरेको प्रहार फ्रेममा नपर्दा फ्रेन्ड्सले पुन: अग्रता लिने सुनौलो अवसर गुमाएको थियो।

आर्मीका दिनेशले ३९औं मिनेटमा प्रहार पोलमा लागेर फर्किँदा विभागीय टिम दुर्भाग्यशाली सावित भयो। दोस्रो हाफमा पनि लगातार आक्रमण गरेको आर्मीका दिनेशले ६८औं मिनेटमा सशक्त प्रहार फ्रेन्ड्सका गोलकिपरले रोकेका थिए।

फ्रेन्ड्समाथि निरन्तर दबाब बनाएको आर्मीका जिलेस्पीले ७८औं मिनेटमा गरेको लामो प्रहारले फ्रेन्ड्सको रक्षापंक्ति छिचोल्न सकेको थिएन। निर्धारित समयपछि फ्रेन्ड्सले गोलका लागि सुन्दर अवसर पाएको थियो। जेब्रिनले गरेको सशक्त प्रहार आर्मीका गोलकिपर विकेश कुथुले जोगाएका थिए। त्यसको एक मिनेट नबित्दै संजोग महर्जनले हेडरमार्फत गरेको प्रहार पनि कुथुले रोकेका थिए।

सुरुआतमै अग्रता लिएर पछि परेको फ्रेन्ड्स मौकाको सदुपयो गर्न नसक्दा पराजित हुनु परेको प्रशिक्षक उर्जन श्रेष्ठले बताए।

'हामीले गोलको अवसर सिर्जना गरे पनि फिनिसिङमा सकिएन, उनीहरूले मौकाको सदुपयोग गरे,' खेलपछि प्रशिक्षक श्रेष्ठले भने, 'हामीलाई ह्यान्डबल थियो जस्तो लागेको थियो। तर, दिएन सायद त्यो दिएको भए खेलको नतिजा फरक हुनेथियो।'

आर्मीविरुद्ध केही अवसर पाए पनि टिमले अपेक्षित प्रदर्शन गर्न नसकेको उनको तर्क थियो।

तुलनात्मकरूपमा दोस्रो हाफमा दबाबमा परेको बताउँदै श्रेष्ठले 'आर्मी अगाडि चढेर खेल्दा फ्रेन्ड्सलाई कठिन भएको' बताए।

'दोस्रो हाफमा हामीले मिडफिल्डमा बल होल्ड राखेर खेल्न सकेनौं,' उनले भने, 'अन्तिम समयमा गोल खानु हाम्रा लागि दुर्भाग्य भयो।'

फ्रेन्ड्सले जारी लिगका पाँचैँ खेलमा ८५ मिनेटपछि गोल खाएको छ। खेलको सुरुआती १०-१५ मिनेट र अन्तिमको पनि त्यति नै समय एकदमै उत्तरचढाव हुने भएकाले गोल पनि त्यही समयमा हुने प्रशिक्षक श्रेष्ठको तर्क थियो।

यस्तै, आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले रक्षापंक्तिको गल्तीले गोल खाँदा दबाबमा परेको प्रतिक्रिया दिए।

'हामीले सुरुदेखि नै मुभ बनाइरहेका थियौं,' उनले भने, 'डिफेन्डरको गल्तीले गोल खाएपछि हामीमाथि पनि दबाब बढ्यो। तैपनि हामीले निरन्तर मुभ बनाइरहेका थियौं।' आर्मीका लागि पहिलो पटक लिगमा पहिलो रोजाईमा परेका जिलेस्पीजंगलाई परीक्षण गरेको उनले आफूलाई सावित गरेको पनि प्रशिक्षक न्यौपानेले बताए।

'अन्तिम समयमा उनीहरूको गोल हुनुपर्ने जस्तो थियो। तर, हाम्रा खेलाडीले अन्तिम समयसम्म मेहनत गरे। त्यसैले तीन अंक लिन सफल भयौं।'

आर्मीको टिम निर्माणकै क्रममा रहेको बताउँदै नयाँ खेलाडीलाई परीक्षण गरिरहेको उनले बताए। पाँचौं चरणपछि करिब दुई साता विश्राम भएकाले आज अंक जित्नु महत्त्वपूर्ण रहेको प्रशिक्षक न्यौपानेले बताए।

null

'हाम्रो हरेक खेलमा कुनै एउटा सेन्टर ब्याकले ९० मिनेटभित्र गल्ती गरिरहेको छ, त्यसैले हामी परीक्षणकै क्रममा छौं,' उनले भने, 'अब यो विश्राममा दुई वटा मोफसलका प्रतियोगिता छन्, त्यहाँ हामी खेलाडीलाई मौका दिएर लिगमा लिएर आउने छौं। किनभने, हाम्रो रक्षापंक्तिमा अझै पनि कमजोरी छ।'

पाँचौं चरणमा आर्मीले 'ह्याप्पी इन्डिङ' गरेको बताउँदै विश्रामपछि पनि यो लयलाई कायम राख्ने उनले बताए। पाँच खेलबाट आठ अंक जोडेको आर्मी पाँचौं स्थानमा उक्लिएको छ। पराजित फ्रेन्ड्स पाँच खेलबाट ४ अंकसहित १२औं स्थानमा छ।

पुलिसले खाता खोल्यो

आजै दशरथ रंगशालामा भएको अर्को खेलमा नेपाल पुलिस क्लबले न्यूरोड टिम (एनआरटी)सँग १-१ गोलको बराबरी खेलेको छ। सन्जीव विष्टले ६४औं मिनेटमा गरेको गोलसँगै १-० ले पछि परेको पुलिसले गोल फर्काउँदै हार टार्यो।

पुलिसका लागि ७५औं मिनेटमा प्रताप गुरुङले गरेको गोलसँगै विभागीय टिमले चार खेलबाट पहिलो अंक जोडेको छ। समान खेलबाट दुई अंक जोडेको एनआरटी १३औं र पुलिस १४औं स्थानमा छ।

डबल राउन्ड लिगका २६ खेलपछि पुछारका दुई टिम बी डिभिजन लिगमा घटुवा हुनेछन्। अहिले पुलिस र एनआरटी नै तालिकाको पुछारमा छन्। पाँच खेलबाट १२ अंक जोडेको सातदोबाटो लिग तालिकाको शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
पेरिस — बेन्जामिन पाभार्डको उत्कृष्ट गोलको मद्दतले फ्रान्सले युरो २०२४ छनोटमा सोमबार आयरल्यान्डलाई १–० ले हराएको छ । डबलिनमा भएको समूह ‘बी’ को खेलमा पाभार्डले ५० औं मिनेटमा निर्णायक गोल गरेका हुन् । नथान एकेले दुई गोल गरेपछि यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरलाई ३–० ले हरायो । मेम्फिस डेपेले डच टिमका लागि अर्को गोल गरे ...
काठमाडौं : पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपालले भियतनामसँग मात्रै खेल्ने भएको छ। समूहका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्रै खेल्न लागेको हो। समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए। यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्रै खेल्न लागेको अखिल नेपाल फुटबल संघ ...
काठमाठौं । बंगलादेशको ढाकामा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो हार बेहोरेपछि उपाधिको सम्भावना सकिएको छ । आइतबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको आफ्नो तेस्रो खेलमा नेपाल रुससँग ३-० ले पराजित भएको हो । बलियो टोली रुस विरुद्ध नेपालले ६२ मिनेटसम्म रक्षात्मक खेल्दै गोल गर्न दिएको थिएन । तर त्यसपछि रुसले तीन गोल गर्‍यो । ...
। टी-२० क्रिकेट इतिहासमै सर्वाधिक लक्ष्य पूरा गर्दै दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई पराजित गरेको छ । क्विन्टन डे कक र रेजा हेन्ड्रिक्सको अर्धशतकमा दक्षिण अफ्रिकाले आइतबार २५९ रनको लक्ष्य पूरा गर्दै वेष्ट इन्डिजलाई ६ विकेटले हरायो । सेन्चुरियनमा भएको खेलमा दक्षिण अफ्रिकाले २५९ रनको लक्ष्य ७ बल अगावै ४ विकेट गुमाएर पूरा गर्‍यो । जितपछि दक्षिण अफ्रिकाले ...
। युरोकप २०२४ छनोट अन्तर्गत इंग्ल्याण्ड र इटली विजेयी भएका छन् । समूह सी अन्तर्गत आइतबार राति भएको खेलमा इंग्ल्याण्डले युक्रेनलाई २-० ले हरायो । इंग्ल्याण्डका लागि ह्यारी केनले ३७औं र बुकायो सकाले ४०औं मिनेटमा गोल गरे । समूह सी मा दुई जितपछि ६ अंक जोडेर इंगल्याण्ड शीर्ष स्थानमा छ । पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको इटलीले माल्टालाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम