मुख्य समाचार
घानामा २५ यात्रु सवार डुङ्गा दुर्घटना, ५ जनाको मृत्यु
घानामा २५ यात्रु सवार डुङ्गा दुर्घटना, ५ जनाको मृत्यु

घाना : दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुङ्गा पल्टिँदा ५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। ग्रेटर अक्रा क्षेत्रको अडानजिकैको अजिजान्याबाट करिब २५ जना लिएर जाँदै गरेको यात्रुबाहक डुङ्गा एक शक्तिशाली आँधीपछि पल्टिएको अजिजाकपे निर्वाचन क्षेत्रका सभासद ड्यानियल एडजाक्पाले बताए।


उनले डुङ्गामा क्षमता भन्दा बढी सवार रहेका र सबै यात्रुले लाइफ ज्याकेट नलगाएका बताएका छन्। आँधीले डुङ्गालाई दुई टुक्रा पारेको र सबै यात्रुहरूलाई नदीमा फ्याँकेको बताएका छन्।

उद्धारकर्ताहरूले अन्यको खोजी गरिरहेका राष्ट्रिय प्रकोप व्यवस्थापन संगठनका आडा जिल्ला संयोजक एबेनेजर तेये–नार्टे किसेहले सिन्ह्वालाई बताए। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सोमबार दुई ठूला यातायात युनियनहरूले राष्ट्रव्यापी हड्तालको आह्वान गरेपछि जर्मनीमा अधिकांश रेल, बस र विमान सेवा रद्द गरिएको छ । फोहोरमैला व्यवस्थापन कर्मचारीहरू गत दुई सातादेखि हड्तालमा उत्रिएकाले मुन्स्टर, हेमबर्ग, बर्लिनलगायतका सहरमा फोहोरको डंगुर थुप्रिएको छ । 'सहरभरि फोहोर थुप्रिएको छ । मानिसहरू बसपार्क, रेल स्टेसनमा घुइँचो लागेर बसेका छन्, बिजोग छ,' जर्मनीको मुन्स्टरका ...
नयाँ दिल्ली : भारतका प्रतिपक्षी दलका नेता राहुल गान्धीले लोकतन्त्रका निम्ति निरन्तर लडिरहने बताएका छन्। देशको लोकतन्त्रको रक्षाका लागि त्यो अपरिहार्य भएको उनले बताए। उनले संसद् सदस्य हुनु र नुहुनुमा कुनै अन्तर नभएको उल्लेख गर्दै वेथितिविरुद्धको आफ्नो संघर्ष जारी रहने बताए। प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख व्यापारिक सहयोगीमाथि आफूले छानबिनको माग गरेपछि घुमाउरो पाराले आफूलाई संसद्‍बाट ...
: युरोपेली संघ (ईयू) र जर्मनीबीच सन् २०३५ सम्ममा जीवाश्म इन्धन प्रयोग गर्ने कार बिक्रीलाई चरणबद्ध बनाउने पूर्व विवादित विषयमा सम्झौता भएको छ। सन् २०३५ देखि जीवाश्म इन्धन कारहरूको नयाँ बिक्रीमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताले सन् २०५० सम्ममा शुद्ध-शून्य हरितगृह ग्याँस उत्सर्जनको साथ ‘जलवायु–तटस्थ’ अर्थव्यवस्था बन्ने ईयूको महत्वाकांक्षी योजनाको लागि महत्वपूर्ण छ। तर यस महिनाको सुरुमा एक ...
ट्युनिसिया : उत्तरी ट्युनिसियाको सामुद्रिक तटमा आप्रवासी चढेको एक डुङ्गा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । डुङ्गामा यात्रा गरिरहेका अन्य ६७ जना बेपत्ता रहेका ट्युनिसियाली सामुद्रिक सुरक्षा अधिकारीले पुष्टि गरेका छन् । पछिल्लो दुई दिनमा महिला र बालबालिका सवार रहेको डुङ्गा दुर्घटना भएको यो पाँचौं घटना हो। डुङ्गा यूरोप छिर्ने आप्रवासी बोकेर इटालीतर्फ ...
वासिङ्टन/मिसिसिपी (एजेन्सी) : अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिणी राज्य मिसिसिपीमा विनाशकारी आँधीका कारण गरिएको संकटकाल घोषणालाई अनुमोदन गरेका छन्। उनले यससँगै शुक्रबारदेखि शनिबारसम्म ‘भीषण आँधीबेहरी र चक्रवात’ बाट प्रभावित क्षेत्रमा पुनःस्थापना प्रयासहरूलाई पूरक बनाउन संघीय सहायताको आदेश दिएका छन्। राज्य सरकारले यसअघि संकटकाल घोषणा गरेको थियो। मिसिसिपी आपत्कालीन व्यवस्थापन निकायले विज्ञप्ति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम