मुख्य समाचार
भारतबाट पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटेर आएको छ
भारतबाट पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटेर आएको छ

काठमाडौँ — भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार यसअघिको तुलनामा पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटेर आएको छ ।

हरेक १५–१५ दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । सो अनुरुप बिहीबार पठाएको मूल्य सामान्य घटेको हो । आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल १७५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल वायुसेवा निगमलाई जहाज बेच्न तीनवटा कम्पनी इच्छुक देखिएका छन् । भारतको हिन्दुस्तान एरोनोटिक्स लिमिटेड, चेक रिपब्लिकको एयरक्राफ्ट इण्डस्ट्रिज र क्यानडाको डी हेभिल्याण्ड क्यानडाले नियमलाई सानो आकार (सर्ट टेकअफ एन्ड ल्यान्डिङ) जहाज बेच्न इच्छा व्यक्त गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले गत २२ अक्टोबरमा जहाज किन्न बोलपत्र आह्वान गरेको थियो । त्यसको ...
। बिहीबार बिहान करीब ९ः३० बजे भारतको झुलाघाटमा भेटिए बैतडीको पुर्चौडी नगरपालिका–६ का गोविन्द साउद (५०) । नाम्लो र बोरा बोकेर हिँडेका उनी कतै भारी बोक्ने काम पाइन्छ कि भनेर खोज्दै थिए । साउदले भारतको झुलाघाटमा ज्यालादारी गर्न थालेको २५ वर्ष बितिसकेको छ । बिहान सबेरै कामको खोजीमा निस्किने साउदको दिनचर्या साहुका बोझा (भारी) बोक्ने, गाडीबाट ...
। लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा रोक्का भएको जग्गा खरिदबिक्रीका लागि फुकुवा गरिएको छ । मालपोत कार्यालय लमहीले बुधबार सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा फुकुवा भएको जानकारी दिएको हो । एकल स्वामित्वको जग्गाधनी कायम रहने आधारमा मात्र कित्ताकाट नहुने गरी र जुनसुकै प्रकारको भवन जग्गा आदि अचल सम्पत्तिको स्वरुप परिर्वतन गर्न ...
— विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा रेमिट्यान्स रकम प्राप्त गर्नेहरूलाई नेपाल प्रहरीले अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो । यसरी विदेशी रकम प्राप्त ...
: अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा अहिलेसम्मकै धेरै पर्यटकले पदयात्रा गरेका छन्। सबैभन्दा धेरै पर्यटक पुगेको वर्ष सन् २०१९ मा १ लाख ८१ हजार पदयात्रा र भ्रमणका लागि पुगेका थिए। सन् २०२३ मा पर्यटक याम एक महिना बाँकी रहँदा ११ महिनामा सन् २०१९ को पदयात्रामा गएका पर्यटकको संख्याभन्दा ४ सय ८९ बढी पर्यटकले अन्नपूर्ण ...