मुख्य समाचार
संसद्‌मा अनुपस्थित भएपछि जापानका युटुबर सांसद पदबाट निष्कासित
संसद्‌मा अनुपस्थित भएपछि जापानका युटुबर सांसद पदबाट निष्कासित

टोकियो : युटुबरबाट सांसद बनेका जापानका एकजना सांसदलाई संसद्‌मा प्रवेश गर्नै नपाई निष्कासन गरिएको छ। यसरी निष्कासनमा पर्ने उनी जापानको पहिलो सांसद बनेका छन्।


योशिकाजु हिगाशितानीलाई सिनेटका उनका सहकर्मीहरूले काममा नआएको भन्दै मङ्गलबार निष्कासन गरेका हुन्। सात महिनाअघि सांसदमा निर्वाचित भएदेखि उनी एक दिन पनि संसद्को बैठकमा गएका थिएनन्।

लगातार अनुपस्थित भएका कारण संसदको अनुशासन समितिले उनको संसद् सदस्यको हैसियत खोसेको हो। मतदाताले हिगाशितानीलाई गत जुलाईमा माथिल्लो सदनको सदस्यका रूपमा निर्वाचित गरेका थिए।

उनी यूट्यूबमा गासीको रूपमा परिचित छन्। उनी त्यहाँ सेलिब्रिटी गसिपबारे भिडिओहरू बनाउँछन्। जापानमा निष्कासन एक जना सांसदले पाउन सक्ने सबैभन्दा कठोर सजाय हो।

सन् १९५० यता दुई पटक मात्रै यस्तो भएको छ र लगातार अनुपस्थित भएका कारण सांसद निष्कासन भएको यो पहिलो पटक हो। संसद्‌ले यसै साताको अन्त्यमा निष्कासन सम्बन्धी निर्णयलाई औपचारिकता दिनेछ।

'नो-शो एमपी' उपनाम दिइएका ती सांसद संयुक्त अरब इमिरेट्समा बसोबास गरिहेको विश्वास गरिन्छ। उनले हालसम्म संसद्‌मा उपस्थित हुन अस्वीकार गरेका छन् किनभने उनीमाथि ठगीको आरोप लागेकाले उनलाई पक्राउ परिने डर छ।

त्यस्तै उनमा सेलिब्रिटीहरूले मानहानीको मुद्दा लगाउनसक्ने डर पनि रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

उनी सेईजीका–जोशी–४८ नामको विपक्षी दलबाट निर्वाचित दुईजना सदस्यमध्ये एक हुन्। उक्त दलले एकल मुद्दा बोकेर हिँडेको छ र उसले जापानको सार्वजनिक प्रसारणकर्ता एनएचकेको सुधारका लागि आह्वान गर्ने गर्छ। पहिले उक्त दललाई एनएचके पार्टी भनेर चिनिन्थ्यो।

उक्त पार्टीले प्रचारप्रसारका लागि नियमित नाम परिवर्तन गर्ने गरेको आसाही शिम्बुन पत्रिकाले जनाएको छ।

अन्तिम मौका गुमाए

गत साता संसदले हिगाशितानीलाई टोकियोमा आफ्नो अनुपस्थितिको लागि संसद्‌समक्ष माफी माग्न आग्रह गरेको थियो। ​​​​​​​सांसदहरूले यो उनका लागि अन्तिम मौका हुने बताएका थिए। तर हिगाशितानी संसद्‌को त्यो पूर्ण सत्रमा देखा पर्न सकेनन्।

त्यसको साटो उनले आफ्नो युट्युब च्यानलमा आफू टर्की जाँदै गरेको र आफ्नो तलब टर्कीका भूकम्प पीडितलाई राहतमा प्रदान गर्ने योजना बनाइरहेको घोषणा गरे। उनको अनुपस्थितिले सिनेट आक्रोशित भयो र सिनेट सदस्यहरूले उनको निष्कासनको पक्षमा मतदान गरे।

उनको दलका एकमात्र उनका सहकर्मी हमादा सातोशीले संसद् सत्रमा अनुपस्थित भएका कारण हिगाशितानीलाई निष्कासन गर्नु गैरकानुनी भएको तर्क गरेका थिए।

तर समितिले सर्वसम्मतिले उनलाई निष्कासन गर्ने निर्णय गर्‍यो। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
जापानीहरु किन लामो आयु बाँच्छन् ? नेशनल सेन्टर फर ग्लोबल हेल्थ एन्ड मेडिसिनको पछिल्लो रिपोर्टले भन्छ, ‘यसको पछाडि उनीहरुको आहार एक प्रमूख कारण हो ।’ त्यसो भए जापानीहरु के खान्छन् त ? यसको जवाफले मात्र पनि पुग्दैन । जापानीहरु कसरी खान्छन्, कति खान्छन् भन्ने प्रश्न यहाँ मूख्य रुपले जोडिन्छ । जापानमा खानपानप्रति जागरुकता र सचेतना बढी ...
। वसन्त ऋतुको आगामनसँगै आपासी मेलमिलापको सन्देश लिएर आउने फागु पर्व (होली) जापानमा रहेका नेपालीले पनि मनाएका छन् । विभिन्न पेशा व्यवसाय गर्न जापान पुगेका नेपालीहरुले टोकियोको सिन्जुकु स्थित तोयामा पार्कमा भेला भएर होली मनाएका हुन् । होली खेल्न जापानीज नागरिकसमेत तोयामा पार्क पुगेका थिए । राजधानी टोकियोमा आयोजना गरिएको होली कार्यक्रममा सहभागी हुन खानागावा केन, चिवा ...
जब पहिलोपटक मानिसले चन्द्रमामा पाइला टेकेको थियो त्यसलाई मानव इतिहासको एउटा ठूलो छलाङ मानिएको थियो । चन्द्रमामा मानव पाइला परेको पनि ५० वर्षभन्दा धेरै भैसकेको छ र अहिले विश्वका विभिन्न देशहरु चन्द्रमामा मानववस्ती बसाल्ने योजना बुनिरहेका छन् । सायद निकट भविष्यमा त्यस्तो दिन पनि आउनेछ जब चन्द्रमामा मानव बस्तीको स्थापना गरिनेछ र त्यहाँ मानिसहरु बस्न थाल्नेछन् ...
: हेटौंडा उपमहानगरपालिकामा स्थायी बसोबास गर्ने १९ जना विपन्न छात्रालाई निःशुल्क रुपमा अध्ययनका लागि जापान पठाइने भएको छ। जापानको फुकोउकास्थित क्यूसु मेडिकल स्पोट्स भोकेशनल विद्यालयले हेटौंडा उपमहानगरपालिकाको प्रत्येक वडाका एक/एक जना विपन्न छात्राहरूलाई अध्ययनका लागि सत प्रतिशत छात्रवृत्तिको व्यवस्था मिलाउने भएको हो। जापानस्थित उक्त विद्यालयका प्रमुख र उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँबीच केही दिनअघि विपन्न छात्राहरूलाई छात्रवृत्तिमार्फत् ...
: १६ देशका १० हजारभन्दा बढी स्वयम्सेवकले तीन वर्ष लगाएर बनाएको ‘विश्व शान्ति मण्डला’ विगत ८ वर्षदेखि नेपालमा हराएको छ। विश्वको सबैभन्दा ठूलो मण्डला दाबी गरिएको मण्डला सन् २०१६ मा नेपाल ल्याइएको थियो। त्यसयता यो मण्डला गायब छ। यसले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र इज्जत र छविमा नै आँच पुर्‍याएको छ। पछिल्लोपटक सन् २०१६ मा यो मण्डला ...