मुख्य समाचार
काठमाडौं महानगरका ३२ वटै वडामा कोरोना खोप बुस्टर डोज अभियान
काठमाडौं महानगरका ३२ वटै वडामा कोरोना खोप बुस्टर डोज अभियान

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको कोरोनाविरुद्धको खोपको तीनदिने बुस्टर डोज अभियान सम्पन्न भएको छ ।

गत आइतबारदेखि मंगलबारसम्म महानगरका ३२ वटै वडामा खोप अभियान सञ्चालन गरेको सामुदायिक सहरी स्वास्थ्य क्लिनिककी इन्चार्ज सिर्जना खरेलले जानकारी दिइन् । कोरोनाविरुद्धको खोपको दुई मात्रा लगाएर बुस्टर डोज लगाउन छुटेकालाई अमेरिकाको फाइजर खोप लगाइएको उनले बताइन् ।

यसअघि कोभिशिल्ड वा भेरोसेल जुनसुकै खोप लगाएको भएपनि फाइजरको बुस्टर डोज लगाउन सकिने जनाइएको छ । यसका लागि अघिल्ला मात्रा खोप लगाइसकेको कार्ड अनिवार्य गरिएको छ भने खोप लगाएको अवधि ६ महिना पुगेको हुनुपर्नेछ ।

पहिलो र दोस्रो मात्रा लगाउनेको संख्या अत्यधिक भएपनि कोरोना संक्रमण कम भएसँगै बुस्टर डोज लगाउन आउनेको संख्या निकै कम देखिएकाले यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । अभियान सकिएपनि देशभरका अस्पतालबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
विश्व स्वास्थ्य संगठनले गत मे ५ मा विश्वव्यापी कोभिड संकटकाल अन्त्यको घोषणा गरेको छ । अर्थात् संगठनले कोभिड १९ अब अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकालको रुपमा नरहेको ठहर गरेको छ । अब आपतकालीन प्रतिकार्यको साटो कोभिड रोगको दीर्घकालीन दीगो व्यवस्थापनतर्फ लाग्ने सम्बन्धमा विश्वस्वास्थ्य संगठनले हालै नयाँ रणनीति अबलम्बन गरेको सन्दर्भसँगै पछिल्लो घोषणा मेल खाएको छ । यद्यपि यसले व्यवहारिक ...
इथियोपिया : संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) ले दक्षिणपूर्वी इथियोपियामा जारी हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको जनाएको छ। युएनओसीएचएले बिहीबार अबेर जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा हैजाको प्रकोप सबैभन्दा लामो भएको र सीमापार फैलिने उच्च जोखिम रहेको जनाएको छ। बाढीले पूर्वी अफ्रिकी मुलुकका प्रभावित क्षेत्रमा हैजालगायत स्वास्थ्य जोखिमलाई अझ बढाएको पनि चेतावनी ...
काठमाडौँ — सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप दिने भएको छ । बृहत् ‘खोज र खोप’ अभियानअन्तर्गत सरकारले वैशाख १५ गते पनि यो अभियान सञ्चालन गरेको थियो । यो खोप देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकाहरुलाई नियमित ...
विराटनगर । कोशी अस्पताल विराटनगरमा शरिर जोडिएका जुम्ल्याहा बच्चा जन्मिएका छन् । सप्तरीको कल्याणपुर घर भएकी दुखनीदेवी भगत चौधरीले शरीर जोडिएको जुम्ल्याहा बच्चा जन्माएकी हुन् । छातीदेखि पेटसम्मको भाग जोडिएका दुवै छोरीको जन्मिदाको तौल ३.४ किलोग्राम रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य रहेका जुम्ल्याहाको छात्तीदेखि माथि र पेटदेखि मुनिको भाग भने अलग–अलग छन् । अस्पतालले ...
विराटनगर : विराटनगरको कोसी अस्पतालमा एक महिलाले शरीर जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी छन् । अस्पतालले यस्तो शिशु पहिलोपटक जन्मिएको जनाएको छ । चिकित्सकले यस घटनालाई अनौठो र दुर्लभ मानेका छन् । सप्तरीको कल्याणपुर घर भएकी ३७ वर्षीया दुखनीदेवी भगत चौधरीले शरीरको अगाडिको भाग जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी हुन् । छातिदेखि पेटसम्मको भाग जोडिएका दुवै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम