मुख्य समाचार
रोजगारीका लागि साउदी पुगेका ९ नेपाली युवा दुई महिनादेखि अलपत्र
रोजगारीका लागि साउदी पुगेका ९ नेपाली युवा दुई महिनादेखि अलपत्र

: वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब गएका नौ नेपाली युवक दुई महिनादेखि अलपत्र अवस्था रहेका छन् । एक वर्षअघि साउदी पुगेका उनीहरूलाई कम्पनीले कामबाट निकालेपछि पाँच दिनदेखि एउटै कोठामा बन्दी भएर बस्न बाध्य भएका छन् ।


साउदीमा अलपत्र पर्नेहरूमा झापा मेचीनगर ५ का सुनिल कटुवाल,मकवानपुर हेटौडाका दिलबहादुर भोलन, कञ्चनपुर पुनरबास ९ का देवबहादुर लोहार, मोरङ अमरदहका विजय थापा, लमजुङ बाहुनडाडा ४ का धनबहादुर भुजेल, बारा आदासपुत्वाल ४ का जाबेत हुसेन, दाङ लमहीका ५ लेलिनप्रकाश रावत र दोलखाका जपे २ का विकेन्द्र थापा रहेका छन् ।

हाउस किपिङ भिषामा काम लगाइदिने भन्दै इन्सपायर इन्टरनेशनल म्यानपावर काठमाडौंले साउदी पुर्‍याए पनि उनीहरूलाई होटेल र प्लाइ उद्योगमा काम लगाइएको थियो । उनीहरूले काम गर्ने कम्पनीले समयमा पैसा नदिने र पैसा माग्दा काम छाडेर जाने धम्की दिँदै आएको थियो । कार्यरत कम्पनीले निकालेपछि स्वदेश फर्काइदिन उनीहरूले सरकारसँग हारगुहार गरिरहेका छन् ।

म्यानपावरले हाउस किपिङ कामको आश्वासन देखाउँदै उनीहरूसँग जनही १ लाख १५ हजार देखि डेढ लाखसम्म रकम लिएको पीडितहरू बताउँछन् ।

हामी अहिले जीवन र मृत्युको दोसाँधमा रहेको बताउँदै साउदीबाट सुनिल कटुवालले भिडियो कलमार्फत गुहार गर्दै भने– ‘दुई दिनभित्र कोठा छोडेर नगए हामीलाई मार्ने धम्की दिएको छ ।’ यो अवस्थामा हामी कहाँ जाने गोजीमा पैसा पनि छैन । ‘अलि अलि भएको रकम पनि सकिसक्यो, अब हामी स्वदेश फर्कन चाहन्छौँ,'उनले भने ।

केहीदिन सुनिलले आफूहरू अलपत्र परेको विषयलाई सामाजिक सञ्जालमा पोस्ट गर्दा कम्पनीका म्यानेजर महमदले उनीहरू बसेको कोठामै पुगेर कुटपिट गर्दै मार्ने धम्की समेत दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्न लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार भएको त्रिपक्षीय वार्ता विना निष्कर्ष टुंगिएको छ । विभिन्न चरणको प्राविधिकस्तरको छलफल पछि भएको यसपटकको मन्त्रिस्तरीय वार्ता पेन्सनमा केन्द्रित भएपनि कुनै निचोड ननिस्किएको वार्ताका सहभागीले बताएका छन् । उक्त बैठकमा यसअघि भएका द्विपक्षीय समितिका बैठक तथा प्राविधिक तहमा भएको छलफलको संक्षिप्त समीक्षा गर्दै ...
— चिनियाँ आपराधिक समूहको जालोमा परेर म्यान्मार पुगेका १३ नेपालीको उद्धार गरिएको छ । म्यान्मारको विकट गाउँ पुर्‍याएर डिजिटल ठगी धन्दामा लगाएकामध्ये ती १३ जनालाई उद्धार गरी शुक्रबार नेपाल ल्याइएको हो । चिनियाँ आपराधिक समूहको फन्दामा लामो समयदेखि परेका उनीहरूलाई थाइल्यान्ड र म्यान्मारस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासले राजधानी ...
। दुई वर्षअघि घर छोड्दै गर्दा रुकुम मुसिकोटकी लीला बोहराले श्रीमान्लाई रोक्न खोजिन् । अनि माया भरिएको भावमा सम्झाएकी थिइन्– ‘घरमा साना बच्चा छन्, टाढाको बाटो यत्तिकै न हिंड्नुस् !’ तर गाउँ छिरेको अमेरिका जाने लहरले उनका श्रीमान् रमेश गौतमलाई रोक्न सकेन । सेनाको जागिर, श्रीमती र घरमा दुई साना सन्तान छोडेर उनले गाउँका युवाले जस्तै ...
। थाइल्याण्डमा अलपत्र बनेका १३ नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासले १३ जनाको उद्धार गरी नेपाल फिर्ता गरेको जनाएको छ । थाइल्याण्ड र म्यानमार सीमा नजिक म्यानमारको म्याबड्डीमा लामो समयदेखि समस्यामा परेका १३ जनाको उद्धार गरिएको हो । थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली दूतावास यांगोनको समन्वयमा उद्धार गरी ...
। आप्रवासन नीतिमा बदलावसँगै अष्ट्रेलियाले विद्यार्थी भिसामा पनि कडाइ गर्न थालेको छ । यसबाट वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीको ठूलो सङ्ख्या प्रभावित भएका छन् । तर, शैक्षिक तथा आर्थिक रूपमा सक्षम विद्यार्थीलाई अष्ट्रेलियाको भिसा पाउन समस्या नरहेको शैक्षिक परामर्शदाताहरू जिकिर गर्छन् । विद्यार्थी भिसालाई पढ्नेभन्दा अष्ट्रेलिया प्रवेश गर्न चाहने बाटो बनाउन चाहनेहरू यसबाट ...