मुख्य समाचार
‘ट्वीटरलाई सिध्याउने’ फेसबुकको तयारी, ल्याउँदैछ नयाँ एप
‘ट्वीटरलाई सिध्याउने’ फेसबुकको तयारी, ल्याउँदैछ नयाँ एप

फेसबुकको मातृ कम्पनी मेटाले एक नयाँ एप निर्माणमा काम गरिरहेको छ । उक्त एपको माध्यमबाट ट्वीटरको ठाउँ कब्जा गर्ने तयारी उसको छ ।

वास्तवमा एलन मस्कको आगमन, उनले ल्याएका नयाँ नयाँ नीतिहरू, सशुल्क सेवा जस्ता कदमहरुका कारण आम प्रयोगकर्ताहरुले ट्वीटरको उत्तम विकल्प खोजिरहेको ठम्याइ मेटाको छ । त्यसैले उसले यस्तो मौकालाई हातबाट फुस्किन दिन चाहँदैन । सोही कारण उसले ट्वीटर जस्तै आफ्नै नयाँ सोसल मिडिया एप बनाउँदैछ । उक्त एपमा प्रयोगकर्ताले टेक्स्टमा आधारित अपडेट पोस्ट गर्न सक्नेछन् । यो एपको निर्माण सुरुआती चरणमा रहेको बताइएको छ ।

के छ मेटाको तयारी ?

कम्पनीले Platformer लाई दिएको विशेष जानकारीमा भनेको छ-हामीले टेक्स्ट अपडेट शेयर गर्नका लागि एक Standalone Decentralized सोसल नेटवर्क तयार गरिरहेका छौं । हामीलाई लाग्छ कि अझै एउटा यस्तो स्पेस विद्यमान छ जहाँ सार्वजनिक व्यक्तित्वहरु तथा सर्जकहरुले आफ्नो रुचीको बारेमा समय समयमा शेयर गर्न सकुन् ।

मेटाको नयाँ एपका विषयमा पछिल्लो केही समयदेखि लगातार चर्चा सुन्न थालिएको हो । त्यसलाई P92 कोडनेमबाट देखिएको पनि थियो । जसमा प्रयोगकर्ताहरुले इन्स्टाग्राम क्रेडेन्सियलको सहयोगमा लगइन गर्न सक्नेछन् । रिपोर्ट अनुसार मेटाको यो प्रोजेक्टलाई इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले नेतृत्व गरिरहेका छन् ।

विकेन्द्रित हुनु खुबी र चुनौती दुवै हो

यो प्लाटर्फमको सबैभन्दा रोचक कुरा के भने मेटाले यसको नेटवर्क विकेन्द्रित राख्नेछ । मेटाको यो कदमले उसलाई अन्य सोसल मिडिया प्लाटर्फमसँग प्रतिस्पर्धा गर्न सहयोग गर्नेछ । पहिले पनि यस्तो विकेन्द्रित एपका विषयमा माग उठिसकेको छ ।

कुनै पनि एपको नेटवर्क डिसेन्ट्रलाइज्ड हुनुको मतलब यसको डेटा कुनै एक ठाउँमा वा सर्भरमा भण्डारण तथा नियन्त्रण हुँदैन । अर्थात् यसको कुनै केन्द्र नै हुनेछैन । यसलाई तपाईं क्रिप्टोकरेन्सीको रुपमा पनि बुझ्न सक्नुहुन्छ ।

स्मरण रहोस् ट्वीटरका संस्थापक ज्याक डोर्सीले पनि हालै यस्तै डिसेन्ट्रलाइज्ड एप ब्लू स्काई लञ्च गरेका छन् । उक्त एप हाल आईओएसमा बिटा भर्सनमा उपलब्ध छ र यसलाई प्रयोग गर्नका लागि प्राइभेट invitation आवश्यक पर्दछ । यसको डिजाइन धेरै हदसम्म ट्वीटर जस्तै छ ।

यद्यपि विकेन्द्रित एपका केही चुनौती पनि छन् । हालसम्म कुनै पनि यस्ता विकेन्द्रित एपहरु एक मुनाफायुक्त व्यवसायमा परिणत हुन सकेका छैनन् । यो चुनौती मेटाको सामुन्ने पनि रहनेछ जो पछिल्लो समय आम्दानीको गिरावटसँग जुधिरहेको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी कम्पनी, मेटा प्लाटफर्मले बनाएका ह्वाट्स्एप र थ्रेड्स एप चीनमा उपलब्ध नहुने गरी आफ्नो अनलाइन स्टोरबाट हटाउन चीनले एप्पललाई निर्देशन दिएको छ । त्यहाँको इन्टरनेट सेवाको नियामक ‘साइबरस्पेस एड्मिनिस्ट्रेसन’ ले राष्ट्रिय सुरक्षा चासोका कारण ती दुईसँगै टेलिग्राम र सिग्नल एप पनि चीनमा उपलब्ध नहुने बनाउन एप्पललाई निर्देशन दिएको रोयर्टसले जनाएको छ । एप्पलले रोयर्टसलाई पठाएको ...
— प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२४ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यस वर्ष टाइमले निकालेको सूचीमा कलाकार, आइकन, टाइटन, नेतृत्व, आविष्कारक र विभिन्न क्षेत्रका अगुवा विधालाई समेटेर १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ । जसमा कलाकारहरू देव पटेल, आलिया भट्ट, जेम्स म्याकब्राइडदेखि माइक्रोसफ्टका सीईओ सत्य नडेला र विश्व बैंकका ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको आज भएको १२औँ अधिवेशनका अवसरमा उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गरिन् । ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश गर्ने अन्तिम तयारीमा रहेको ...
एप्पलको आगामी आइफोन, अर्थात् आइफोन १६ सिरिज लञ्च हुनका लागि अझै महिनौँ बाँकी छ । तर बजारमा आगामी आइफोनका बारेमा विभिन्न समाचारहरु सार्वजनिक भईरहेका छन् । हुनत, यस्तो भएको पहिलो पटक भने होइन । एप्पलको कुनै नयाँ फोन सार्वजनिक हुने बित्तिकैबाट आउँदो नयाँ सिरिजका बारेमा चर्चा हुन सुरु भईसकेको हुन्छ । एप्पलले आगामी सेप्टेम्बरमै आइफोन १६ ...
। आगामी २८ वैशाख २०८१मा सरकारी स्वामित्वको नेपाल टेलिकमको दूरसञ्चार सेवाको अनुमतिपत्र (लाइसेन्स)को २५ वर्षे अवधि सकिंदैछ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अनुमतिपत्र अवधि सकिने दिन नजिकिंदै गर्दा अन्योल छ, टेलिकमले कसरी नयाँ अनुमतिपत्र पाउँछ ? सञ्चार तथा सूचना प्रविधि मन्त्रालय भने अन्योल रहेको दाबीलाई स्वीकार गरिरहेको छैन र टेलिकमलाई नयाँ अनुमति दिनुअघि कुनै नयाँ व्यवस्था ...