मुख्य समाचार
‘बुस्टर डोज’ लगाउन मन्त्रालयको आग्रह
‘बुस्टर डोज’ लगाउन मन्त्रालयको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ।


मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड-१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन आग्रह गरिएको बताए।

उनका अनुसार कोभिड-१९ विरुद्धको पूर्ण मात्रा लगाएका तीन महिना पूरा भएका र पहिले बुस्टर मात्रा खोप लगाउन छुटेकालाई बुस्टर मात्रा लगाउन भनिएको छ।

५५ वर्षभन्दा माथिका उमेर समूह, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षभन्दा माथिका (दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका)लाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएकालाई पनि खोप लगाउन भनिएको छ।

यस्तै कोभिड-१९ को सङ्क्रमण भएकाले पनि सङ्क्रमण भएको एक महिनापछि बुस्टर डोज लगाउन सक्ने जनाइएको छ।

यसअघि स्वास्थ्य कार्यालय काठमाडौंको समन्वयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल प्रहरी अस्पताल, निजामती कर्मचारी अस्पताल, वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पतालबाट बुस्टर डोजको खोप लगाइरहेको छ।

जर्मन सरकारले उपलब्ध गराएको बुस्टर डोजका लागि मात्र प्रयोग हुने ‘बाइभ्यालेन्ट’ खोप करिब १५ लाख मात्रा खोप नेपाल आएको छ। मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा बुस्टर डोजको खोप लगाउन जान आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसहितको टोली बुधबार कान्तिबाल अस्पतालको आकस्मिक अनुगमन गरेको छ । अनुगमनको क्रममा स्वास्थ्यमन्त्री यादवसहित सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहसहितको टोली अस्पताल पुगेको थियो । अस्पतालको अनुगमन गरेपछि मन्त्री यादवले अस्पताल प्रशासनलाई उपचारका लागि आएका बिरामीलाई कुनैपनि कारणले फर्काउन बन्द गर्न निर्देशन दिएका छन् । अनुगमनका क्रममा ...
। आनुवांशिक रुपले संशोधित सुँगुरको मिर्गौला जीवित मानिसमा पहिलोपटक प्रत्यारोपण गरिएको छ । अमेरिकी डाक्टरहरुले गत विहीबार यसको जानकारी गराएका छन् । चिकित्सा क्षेत्रको यो अहम् सफलताले मिर्गौला रोगसँग जुधिरहेका मानिसहरुका लागि सम्भावनाको नयाँ ढोका खोलिदिएको छ । गत शनिबार अमेरिकाको म्यासाच्युसेट्स जनरल अस्पतालमा ४ घण्टाको शल्यक्रिया पश्चात् डाक्टरहरुले एकजना ६२ वर्षीय पुरुषमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका ...
होली रंगहरुको पर्व हो । एकअर्कामा रंग लगाएर मनाइने यो पर्वले रमाइलो माहोल बनाउँछ । तर होली खेल्दा रंगबाट छाला र कपाललाई असर पर्नबाट कसरी जोगाउने भन्ने विषयमा भने चनाखो हुन जरुरी छ । यस्तोमा होली खेल्नुअघि र पछि अनुहार र कपालको हेरचाह गर्न जरुरी हुन्छ । ताकि, होली पनि मनाउन सकियोस्, अनुहार र कपालको सौन्दर्यमा ...
अमेरिकी वैज्ञानिकहरुले एउटा यस्तो औषधि बनाएका छन् जसको सेवनपछि तपाईंले तन्दुरुस्त रहनका लागि कुनै व्यायाम गर्नुपर्ने छैन । उक्त चक्की खाएपछि शरीरमा यस्तो परिवर्तन आउनेछ जुन व्यायामपछि देखा पर्दछ। हाल वैज्ञानिकहरुले यो औषधिको परीक्षण मुसामा गरिरहेका छन् र उक्त परीक्षणमा महत्वपूर्ण सफलता पनि प्राप्त भएको छ। उक्त औषधिको नाम हालका लागि Exercise Pill अर्थात् व्यायाम चक्की राखिएको ...
। संसारमा दुई तरिकाले बच्चा जन्माइन्छ, भजाइना (सामान्य) र सिजरियन डेलिभरी (शल्यक्रिया) । भजाइना डेलिभरी पनि धेरै तरिकाले गर्न सकिन्छ जस्तै, उठेर, बसेर, घोप्टो परेर गरिन्छ । भजाइना डेलिभरीअन्तर्गत पर्छ, पानीमा बसाएर गर्ने प्रसूति पनि । अर्थात् वाटर वर्थ डेलिभरी । यस्तो प्रचलन अहिले विश्वमा बढ्दो छ । तर नेपालमा भने यो अभ्यास त्यति पाइँदैन । हामीकहाँ ...