भारतमा अध्ययनरत नेपाली विद्यार्थी मृत भेटिए, हत्या गरिएको आशंका
भारतमा अध्ययनरत नेपाली विद्यार्थी मृत भेटिए, हत्या गरिएको आशंका

— भारतमा अध्ययनरत बझाङका एक विद्यार्थी मृत फेला परेका छन् । बझाङको मष्टा गाउँपालिका वडा नं ४ बास्तोली घर भएका १९ वर्षीय रोहित चँदाराको शव इनारमा फालिएको अवस्थामा फेला परेको थियो ।

उनी भारतको कर्नाटक प्रदेशमा पर्ने बैंगलुरुमा रहेको क्राइस्ट युनिभर्सिटीमा स्नातकोत्तर तहमा अध्यनरत थिए । गत फेब्रुअरी २६ तारिखका दिन बैंगलुरुकै सज्जापुरस्थित कोठाबाट हराएका उनको शव सज्जापुरबाट ३४ किलोमिटर टाढा चन्दापुरा भन्ने ठाउँमा भेटिएको हो ।

त्यहाँस्थित एक इनारमा कपडा खोलिएको, कान र मुखबाट रगत आएको अवस्थामा चँदराको शव फेला परेको उनका बुवा खड्क चँदाराले बताए । उनको शव शनिबार फेला परेको थियो । 'लास पानीमाथि नआओस् भनेर रुखको हाँगाहरु माथि राखेर ढुङगाले छोपेको रहेछ,' खड्कले भने, 'बाहिर हत्या गरेर लास लुकाउन इनारमा फालेको हो । मेरो छोराको हत्या भएको हो ।'

मृतकका बावुका अनुसार सधैँ क्याम्पसबाट आएपछि घरमै बसेर पढ्ने रोहितलाई त्यस दिन उनका भारतीय साथीहरु श्रीनिवास, सुदर्शन र रिहान घरमै आएर घुम्न लिएर गएका थिए । साँझसम्म रोहित घर नफर्किएपछि उनीहरुका साथीहरुलाई सोध्दा आफूसँग नगएको र रोहितको बारेमा थाहा नभएको जवाफ दिएको मृतकका छिमेकी दिपक खड्काले बताए ।

हत्याको आशंकामा कर्नाटक प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि भारतमा नेपालीको हत्यालाई प्रहरीले सामान्य रुपमा लिने गरेकाले न्याय नपाइने हो कि भन्ने मृतकका परिवारको आशंका छ । 'नेपालीलाई कसैले मार्‍यो भने पक्राउ गरेर एक/दुइ हप्ता थुन्छन् । पछि छोडिदिन्छन्,' मृतकी आमा आशा चँदाराले भनिन्, 'मेरो छोराको हकमा पनि त्यस्तै हुन्छ कि भन्ने डर लागेको छ ।' मृतकका बुवाआमाले लामो समयदेखि भारतमा मजदुरी गरेर छोरा र छोरीलाई उतै पढाउँदै आएका थिए । उनीहरूले आफ्नो छोराको हत्या भएको भन्दै घटनाबारे गम्भीर छानबिन हुनुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजरायली भूमिमा इरानले ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायलमा रहेका नेपाली अब के होला ? भन्ने चिन्तामा छन्। इरानले शनिबार राति इजरायलमा आक्रमण गर्‍यो। त्यहाँका नेपालीले आफूहरू त्रासमा रहेको प्रतिक्रिया दिएका छन्। इजरायलस्थित नेपाली दूतावासले भने इजरायलमा रहेका अधिकांश सबै नेपाली सुरक्षित स्थानमा रहेको स्पष्ट पारेको छ। दूतावासले त्यहाँ रहेका नेपालीलाई सजग रहन पनि ...
: सन् २०२३ मा युनाइटेड अरब इमिरेट्स (यूएई) मा १ सय ६५ जना नेपालीको मृत्यु भएको छ। तीमध्ये बिरामी वा हृदयघात (प्राकृतिक) भई मृत्यु हुने ९२ जना र आत्महत्या गर्नेको संख्या ४२ जना रहेको छ। २७ जनाको दुर्घटनामा मृत्यु भएको थियो। त्यसैगरी यो वर्ष ४ जनाको हत्या भएको छ। सन् २०२२ को यही अवधिमा १ ...
: इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न अनुरोध गरेको छ। आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गर्दै स्थानीय सुरक्षा प्रोटोकलहरू पालना गर्न,आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकारी रहन र आफ्नो सुरक्षामा ध्यान दिन अनुरोध गरेको हो। दूतावासले ...
: बेलायतमा नेपालकै झल्को दिलाउने लन्डन बिस्का जात्रा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ। पासा पुचः गुथि यूकेको आयोजनामा लन्डनको प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा सम्पन्न जात्रामा १७ सय बढी बेलायतवासी नेपाली सहभागी बने। जात्रामा लण्डन र आसपासबाहेक केन्ट, अल्डरसट, रेडिङ, बर्मिङहम, म्यान्चेस्टरदेखि स्कटल्याण्डबाट समेत सहभागीहरू आएका थिए। उनीहरूमध्ये झण्डै आधा गैरनेवार थिए। गैरनेवार समुदायका नेपालीसहित ...
। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन आग्रह गरेको हो । ‘इजरायलमाथि इरानी हमला सुरू भएको सन्दर्भमा हालै इजरायली होम ...