मुख्य समाचार
साउदीमा अलपत्र परेका २४ नेपाली स्वदेश फिर्ता
साउदीमा अलपत्र परेका २४ नेपाली स्वदेश फिर्ता

: रोजगारीका क्रममा साउदी अरेबिया पुगेका २४ जना नेपाली ४ महिनापछि स्वदेश फिर्ता भएका छन्। काठमाडौंमा रहेको पिजन एचआर सोलुसन मेनपावरबाट २१ अक्टोबर २०२१ मा साउदी पुगेका २४ जना नेपाली ४ महिनादेखि रियादमा अलपत्र परेका थिए।


साउदीको दुरत अलनखिल होटल नामक कम्पनीमा किल्नर र वेइटरको रूपमा काम गर्न पुगेका उनीहरूले आवश्यक सेवा सुविधा र सम्झौता अनुसार काम नपाएर अलपत्र परेका थिए। उद्दारको लागि अन्नपूर्णकर्मी, नेपाली दूतावास, लगायत विभिन्न निकायलाई अनुरोध गरेका थिए ।

साउदी जान उनीहरूले प्रतिव्यक्ति १ लाख पचास हजारदेखि २ लाखसम्म मेनपावर सञ्चालक विष्णु सापकोटालाई बुझाएका थिए । आफूहरु अलपत्र परेको सुचना नेपाली दूतावास रियादमा १४ नोभेम्बर २०२२ का दिन जानकारी दिएका थिए । अलपत्र परेका समाचार अन्नपूर्ण पोस्टले १२ माघ २०७९ मा प्रकाशित गरेको थियो।

दूतावासमका अनुसार पिजन मेनपावरले कामदार माग प्रमाणीकरणमा २ वर्ष भिसा भनी डकुमेन्ट संकलन गरेको थियो। तर, मेनपावरले नेपालबाट भिजिट भिसा जारी गरेको पाइनुको साथै भिसा स्टामिङमा टेम्पोररी भिसा लेखिएता पनि वैदेशिक रोजगार विभागले कामदार भिषा भनी श्रम स्वीकृति दिएको थियो ।

भिजिट भिसा ३ अथवा ६ महिनाको भएता पनि कम्पनीले १ वर्षसम्म वर्किङ भिसा भनी काममा लगाएको थियो। साउदीको नियमअनुसार भिजिट भिसामा साउदी आउने जो कसैको पनि अकामा कार्ड नबन्ने नियम रहेको छ । जसले गर्दा उनीहरु इलिगल समेत भएका थिए ।

स्वदेश फिर्ता हुनेहरुमा चितवनका सुरज जिसी, दाङका प्रमोद चौधरी, पाल्पाका जितबहादुर सार्की, रुपैन्देहीका प्रदीप पोखरेल, लमजुङका मिलन राना मगर, सिन्धुपाल्चोकका सोनाम खोले, राजेश सुवेदी, चितवनका प्रकाश गुरुङ, प्युठानका रुमबहादुर घर्ती मगर, मकवानपुरका शम्भू घिसिङ, गुल्मीका सुरज नेपाली छन्। त्यस्तै, अर्घाखाँचीका सन्दीप श्रेष्ठ, गुल्मीका अर्जुन क्षेत्री, अर्घाखाँचीका राजकुमार श्रेष्ठ, रोल्पाका निरन घर्ती मगर, पाल्पाका शेरबहादुर थापा, बर्दियाका जोगेन्द्र नगरकोटी, दाङका दिनेश चौधरी, सुशिल पुन मगर, झापाका बालकृष्ण रिजाल, रूपन्देहीका बलबहादुर खत्री, कास्कीका राजन दरलामी मगर, पाल्पाका विष्णु नेपाली, पर्वतका रमेश सुनार गरी २४ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजरायली भूमिमा इरानले ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायलमा रहेका नेपाली अब के होला ? भन्ने चिन्तामा छन्। इरानले शनिबार राति इजरायलमा आक्रमण गर्‍यो। त्यहाँका नेपालीले आफूहरू त्रासमा रहेको प्रतिक्रिया दिएका छन्। इजरायलस्थित नेपाली दूतावासले भने इजरायलमा रहेका अधिकांश सबै नेपाली सुरक्षित स्थानमा रहेको स्पष्ट पारेको छ। दूतावासले त्यहाँ रहेका नेपालीलाई सजग रहन पनि ...
: सन् २०२३ मा युनाइटेड अरब इमिरेट्स (यूएई) मा १ सय ६५ जना नेपालीको मृत्यु भएको छ। तीमध्ये बिरामी वा हृदयघात (प्राकृतिक) भई मृत्यु हुने ९२ जना र आत्महत्या गर्नेको संख्या ४२ जना रहेको छ। २७ जनाको दुर्घटनामा मृत्यु भएको थियो। त्यसैगरी यो वर्ष ४ जनाको हत्या भएको छ। सन् २०२२ को यही अवधिमा १ ...
: इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न अनुरोध गरेको छ। आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गर्दै स्थानीय सुरक्षा प्रोटोकलहरू पालना गर्न,आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकारी रहन र आफ्नो सुरक्षामा ध्यान दिन अनुरोध गरेको हो। दूतावासले ...
: बेलायतमा नेपालकै झल्को दिलाउने लन्डन बिस्का जात्रा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ। पासा पुचः गुथि यूकेको आयोजनामा लन्डनको प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा सम्पन्न जात्रामा १७ सय बढी बेलायतवासी नेपाली सहभागी बने। जात्रामा लण्डन र आसपासबाहेक केन्ट, अल्डरसट, रेडिङ, बर्मिङहम, म्यान्चेस्टरदेखि स्कटल्याण्डबाट समेत सहभागीहरू आएका थिए। उनीहरूमध्ये झण्डै आधा गैरनेवार थिए। गैरनेवार समुदायका नेपालीसहित ...
। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन आग्रह गरेको हो । ‘इजरायलमाथि इरानी हमला सुरू भएको सन्दर्भमा हालै इजरायली होम ...