मुख्य समाचार
चीनमा जापानको प्रवेशाज्ञा सेवा नियमित
चीनमा जापानको प्रवेशाज्ञा सेवा नियमित

टोकियो : चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको छ।

जापान सरकारले शनिबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ। यसअघि जापान सरकारले बेइजिङबाट दिने प्रवेशाज्ञा बन्द गरेको थियो।

कोभिड १९ का कारण जापानले चिनियाँ राजधानी बेइजिङबाट प्रवेशाज्ञा बन्द गरेको सूचना जारी गरेको थियो।

आइतबारदेखि सो सेवा पुनः सञ्चालनमा ल्याइएको जनाएको हो। राजधानी बेइजिङस्थित जापानी राजदूतावासको वेबसाइटमा यससम्बन्धी सूचना राखिएको समाचारमा उल्लेख छ।

चीनमा पछिल्लो समयमा बढ्दै गएको कोभिड १९ को सङ्क्रमणका कारण जापान सरकारले चिनियाँ नागरिकलाई प्रवेशाज्ञामा प्रतिबन्ध लगाएको थियो।

कोभिडका कारण अस्थायी रूपमा लगाइएको प्रतिबन्ध अब भने सञ्चालनमा ल्याइएको सो सूचनामा उल्लेख गरिएको समाचारमा जनाइएको छ।

चीनमा पछिल्ला केही हप्तामा कोभिडको संक्रमण निकै बढेको थियो। यहाँ दैनिक एक करोडभन्दा पनि बढी मानिसमा संक्रमण भएको तथ्यांक सार्वजनिक भएको थियो।

यसकारण चीनको राजधानी बेइजिङमा रहेका जापानलगायतका केही देशका दूतावासहरुले आफ्ना देशमा जानका लागि प्रवेशाज्ञा सेवा नै बन्द गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वसन्त ऋतुको आगामनसँगै आपासी मेलमिलापको सन्देश लिएर आउने फागु पर्व (होली) जापानमा रहेका नेपालीले पनि मनाएका छन् । विभिन्न पेशा व्यवसाय गर्न जापान पुगेका नेपालीहरुले टोकियोको सिन्जुकु स्थित तोयामा पार्कमा भेला भएर होली मनाएका हुन् । होली खेल्न जापानीज नागरिकसमेत तोयामा पार्क पुगेका थिए । राजधानी टोकियोमा आयोजना गरिएको होली कार्यक्रममा सहभागी हुन खानागावा केन, चिवा ...
जब पहिलोपटक मानिसले चन्द्रमामा पाइला टेकेको थियो त्यसलाई मानव इतिहासको एउटा ठूलो छलाङ मानिएको थियो । चन्द्रमामा मानव पाइला परेको पनि ५० वर्षभन्दा धेरै भैसकेको छ र अहिले विश्वका विभिन्न देशहरु चन्द्रमामा मानववस्ती बसाल्ने योजना बुनिरहेका छन् । सायद निकट भविष्यमा त्यस्तो दिन पनि आउनेछ जब चन्द्रमामा मानव बस्तीको स्थापना गरिनेछ र त्यहाँ मानिसहरु बस्न थाल्नेछन् ...
: हेटौंडा उपमहानगरपालिकामा स्थायी बसोबास गर्ने १९ जना विपन्न छात्रालाई निःशुल्क रुपमा अध्ययनका लागि जापान पठाइने भएको छ। जापानको फुकोउकास्थित क्यूसु मेडिकल स्पोट्स भोकेशनल विद्यालयले हेटौंडा उपमहानगरपालिकाको प्रत्येक वडाका एक/एक जना विपन्न छात्राहरूलाई अध्ययनका लागि सत प्रतिशत छात्रवृत्तिको व्यवस्था मिलाउने भएको हो। जापानस्थित उक्त विद्यालयका प्रमुख र उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँबीच केही दिनअघि विपन्न छात्राहरूलाई छात्रवृत्तिमार्फत् ...
: १६ देशका १० हजारभन्दा बढी स्वयम्सेवकले तीन वर्ष लगाएर बनाएको ‘विश्व शान्ति मण्डला’ विगत ८ वर्षदेखि नेपालमा हराएको छ। विश्वको सबैभन्दा ठूलो मण्डला दाबी गरिएको मण्डला सन् २०१६ मा नेपाल ल्याइएको थियो। त्यसयता यो मण्डला गायब छ। यसले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र इज्जत र छविमा नै आँच पुर्‍याएको छ। पछिल्लोपटक सन् २०१६ मा यो मण्डला ...
: राष्ट्रपति रामचन्द्र पौडेलले जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्न सामुदायिक विकासका लागि गरिएका कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। आइतबार नेपाल जाइका अलमनाई एसोसिएसन (जान) को ५० औँ वार्षिक समारोहको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो विश्वास व्यक्त गरेका हुन्। उनले नेपाल जापानबीचको मित्रतालाई अझै घनिभूत बनाउन नेपाल जाइका ...