मुख्य समाचार
जापानको मुद्रास्फीति दर ४१ वर्षकै उच्च
जापानको मुद्रास्फीति दर ४१ वर्षकै उच्च

टोकियो : जापानको मुद्रास्फीति दर ४१ वर्षपछि उच्च विन्दुमा पुगेको छ। बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ। उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ।

जीवनयापनको बढ्दो लागत कम गर्न ब्याज दर बढाउनल केन्द्रीय बैंकलाई दबाब परेको छ। खाद्यान्नदेखि इन्धनसम्मका सबै उपभोग्य वस्तुको बढ्दो लागतको बाबजुद ब्याज दर नबढाउने घोषणा गरेर बैंक अफ जापानले लगानीकर्ताहरूलाई चकित पारेको छ।

केही समयदेखि उपभोक्ता मूल्य भन्दा उत्पादन मूल्य तीव्र गतिमा बढ्दै गएको छ। शुक्रबार जारी गरिएको आधिकारिक तथ्यांकअनुसार मुद्रास्फीति सन् १९८१ यताकै उच्च विन्दुमा पुगेको छ।

बजार मूल्य लगातार नवौं महिनामा बढेको छ जुन केन्द्रीय बैंकको दुई प्रतिशतको लक्ष्यभन्दा माथि छ। मूल्य वृद्धि पछि पनि विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान संसारको सबैभन्दा कम मुद्रास्फीति दर भएका देशका सूचीबाट बाहिरिएको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
जापानीहरु किन लामो आयु बाँच्छन् ? नेशनल सेन्टर फर ग्लोबल हेल्थ एन्ड मेडिसिनको पछिल्लो रिपोर्टले भन्छ, ‘यसको पछाडि उनीहरुको आहार एक प्रमूख कारण हो ।’ त्यसो भए जापानीहरु के खान्छन् त ? यसको जवाफले मात्र पनि पुग्दैन । जापानीहरु कसरी खान्छन्, कति खान्छन् भन्ने प्रश्न यहाँ मूख्य रुपले जोडिन्छ । जापानमा खानपानप्रति जागरुकता र सचेतना बढी ...
। वसन्त ऋतुको आगामनसँगै आपासी मेलमिलापको सन्देश लिएर आउने फागु पर्व (होली) जापानमा रहेका नेपालीले पनि मनाएका छन् । विभिन्न पेशा व्यवसाय गर्न जापान पुगेका नेपालीहरुले टोकियोको सिन्जुकु स्थित तोयामा पार्कमा भेला भएर होली मनाएका हुन् । होली खेल्न जापानीज नागरिकसमेत तोयामा पार्क पुगेका थिए । राजधानी टोकियोमा आयोजना गरिएको होली कार्यक्रममा सहभागी हुन खानागावा केन, चिवा ...
जब पहिलोपटक मानिसले चन्द्रमामा पाइला टेकेको थियो त्यसलाई मानव इतिहासको एउटा ठूलो छलाङ मानिएको थियो । चन्द्रमामा मानव पाइला परेको पनि ५० वर्षभन्दा धेरै भैसकेको छ र अहिले विश्वका विभिन्न देशहरु चन्द्रमामा मानववस्ती बसाल्ने योजना बुनिरहेका छन् । सायद निकट भविष्यमा त्यस्तो दिन पनि आउनेछ जब चन्द्रमामा मानव बस्तीको स्थापना गरिनेछ र त्यहाँ मानिसहरु बस्न थाल्नेछन् ...
: हेटौंडा उपमहानगरपालिकामा स्थायी बसोबास गर्ने १९ जना विपन्न छात्रालाई निःशुल्क रुपमा अध्ययनका लागि जापान पठाइने भएको छ। जापानको फुकोउकास्थित क्यूसु मेडिकल स्पोट्स भोकेशनल विद्यालयले हेटौंडा उपमहानगरपालिकाको प्रत्येक वडाका एक/एक जना विपन्न छात्राहरूलाई अध्ययनका लागि सत प्रतिशत छात्रवृत्तिको व्यवस्था मिलाउने भएको हो। जापानस्थित उक्त विद्यालयका प्रमुख र उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँबीच केही दिनअघि विपन्न छात्राहरूलाई छात्रवृत्तिमार्फत् ...
: १६ देशका १० हजारभन्दा बढी स्वयम्सेवकले तीन वर्ष लगाएर बनाएको ‘विश्व शान्ति मण्डला’ विगत ८ वर्षदेखि नेपालमा हराएको छ। विश्वको सबैभन्दा ठूलो मण्डला दाबी गरिएको मण्डला सन् २०१६ मा नेपाल ल्याइएको थियो। त्यसयता यो मण्डला गायब छ। यसले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र इज्जत र छविमा नै आँच पुर्‍याएको छ। पछिल्लोपटक सन् २०१६ मा यो मण्डला ...