मुख्य समाचार
सूचना प्रविधि
— देशभर बिहीबार इन्टरनेट अवरुद्ध भएकामा नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई इन्टरनेट सेवा निरन्तर राख्न निर्देशन दिँदै अवरुद्ध भए कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार करिब ६ घण्टा अवरुद्ध भएको इन्टरनेट सेवा पूर्ववत् अवस्थामा आइसकेको छ । भारतीय ‘अपस्ट्रिम’ प्रदायक भारतीय ‘एयरटेल’ले नेपालतर्फ पठाउँदै आएको ‘ब्यान्डविथ’को ‘इन्टरनेसनल लिंक’ विच्छेद गरिदिएपछि केही समय सेवा प्रभावित भएको थियो । ...
— भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । अत्यावश्यक सेवाअन्तर्गत पर्ने इन्टरनेट सेवा अवरुद्ध गरे कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने पनि प्राधिकरणले विज्ञप्तीमार्फत सेवा प्रदायकहरूलाई जानकारी गराएको उल्लेख छ । बिहीबार (बैशाख २०) मा केही इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेट ...
। नेपाल टेलिकमले प्राविधिक र प्रणालीगत सुधार हुन नसक्ने गरी ६ वर्ष पुरानो कागजातका आधारमा बिलिङ प्रणालीको टेण्डर निकालेको भेटिएको छ । नेपाल टेलिकमको सञ्चालक समितिबाट भएको हस्तक्षेप र प्राविधिकहरूको मिलेमतोमा सीमित सूचना प्रविधि (टेक) कम्पनीहरूबीच मात्रै प्रतिस्पर्धा हुने गरी नयाँ बिलिङ प्रणालीका लागि टेण्डर आह्वान भएको हो । नेपाल टेलिकमको सञ्चालक समितिले ६ वर्षअघि अनुमोदन गरेको ...
— आउँदो भदौमा गरिनुपर्ने एनसेलको अनुमतिपत्र नवीकरणका लागि सरकारले सर्त अघि सारेको छ । गत फागुन ६ मा नै माइन्युट गरी शुक्रबार सार्वजनिक निर्णयमा पाँच वर्षपछि एनसेलको स्वामित्वमा रहेका सम्पूर्ण जायजेथा सरकार मातहत आउने सुनिश्चितता गरे मात्रै मोबाइल सेवाको अनुमतिपत्र नवीकरण गर्न सकिने उल्लेख छ । मन्त्रिपरिषद्को निर्णयअनुसार एनसेलको स्वामित्व सरकारमा आउन नदिने गरी सेयर स्वामित्वको हुन ...
सोसल मिडिया प्लाटफर्म फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटाका कर्मचारीको औसत वार्षिक तलब ३ लाख ७९ हजार डलर अर्थात् करिब ५ करोड रुपैयाँ रहेको खुलासा भएको छ। मेटा कम्पनीले अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) मा पेस गरेको विवरणमा मेटाका कर्मचारीहरुको गत वर्ष सन् २०२३ को वार्षिक औसत आम्दानी ३ लाख ७९ हजार डलर रहेको ...
— अमेरिकी कम्पनी, मेटा प्लाटफर्मले बनाएका ह्वाट्स्एप र थ्रेड्स एप चीनमा उपलब्ध नहुने गरी आफ्नो अनलाइन स्टोरबाट हटाउन चीनले एप्पललाई निर्देशन दिएको छ । त्यहाँको इन्टरनेट सेवाको नियामक ‘साइबरस्पेस एड्मिनिस्ट्रेसन’ ले राष्ट्रिय सुरक्षा चासोका कारण ती दुईसँगै टेलिग्राम र सिग्नल एप पनि चीनमा उपलब्ध नहुने बनाउन एप्पललाई निर्देशन दिएको रोयर्टसले जनाएको छ । एप्पलले रोयर्टसलाई पठाएको ...
— प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२४ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यस वर्ष टाइमले निकालेको सूचीमा कलाकार, आइकन, टाइटन, नेतृत्व, आविष्कारक र विभिन्न क्षेत्रका अगुवा विधालाई समेटेर १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ । जसमा कलाकारहरू देव पटेल, आलिया भट्ट, जेम्स म्याकब्राइडदेखि माइक्रोसफ्टका सीईओ सत्य नडेला र विश्व बैंकका ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको आज भएको १२औँ अधिवेशनका अवसरमा उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गरिन् । ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश गर्ने अन्तिम तयारीमा रहेको ...
एप्पलको आगामी आइफोन, अर्थात् आइफोन १६ सिरिज लञ्च हुनका लागि अझै महिनौँ बाँकी छ । तर बजारमा आगामी आइफोनका बारेमा विभिन्न समाचारहरु सार्वजनिक भईरहेका छन् । हुनत, यस्तो भएको पहिलो पटक भने होइन । एप्पलको कुनै नयाँ फोन सार्वजनिक हुने बित्तिकैबाट आउँदो नयाँ सिरिजका बारेमा चर्चा हुन सुरु भईसकेको हुन्छ । एप्पलले आगामी सेप्टेम्बरमै आइफोन १६ ...
। आगामी २८ वैशाख २०८१मा सरकारी स्वामित्वको नेपाल टेलिकमको दूरसञ्चार सेवाको अनुमतिपत्र (लाइसेन्स)को २५ वर्षे अवधि सकिंदैछ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अनुमतिपत्र अवधि सकिने दिन नजिकिंदै गर्दा अन्योल छ, टेलिकमले कसरी नयाँ अनुमतिपत्र पाउँछ ? सञ्चार तथा सूचना प्रविधि मन्त्रालय भने अन्योल रहेको दाबीलाई स्वीकार गरिरहेको छैन र टेलिकमलाई नयाँ अनुमति दिनुअघि कुनै नयाँ व्यवस्था ...
। च्याट जिपिटीले जेनेरेटिभ एआईको दुनियामा यस्तो तहल्का मच्चाइरहेको छ कि यो क्षेत्रमा गुगल जस्ता दिग्गज कम्पनी समेत फ्लप देखिएका छन् । सायद त्यहीँ कारणले गर्दा गुगल र एप्पलले एक आपसमा सहकार्य गर्नुपर्ने अवस्था आएको छ। आर्टिफिसियल इन्टेलिजेन्सको चर्चा यत्रतत्र छ । यहीँ क्रममा यो वर्षको सुरुवातमा सामसुंगले आफ्नो ग्यालेक्सी एआई सार्वजनिक गर्यो । आगामी दिनमा ...
— सरकारी निर्णय प्रक्रियामा रहेको चरम ढिलासुस्ती र नियामकीय निकायको कमजोरीको एउटा उदाहरण बन्यो– नेपाल टेलिकमको अनुमतिपत्र नवीकरण प्रक्रिया । टेलिकमले २०७६ वैशाखभित्रै बुझाइसक्नुपर्ने तेस्रो नवीकरणबापत्को रकम न सरकारले अहिलेसम्म तय गरिदिएको छ, न अघिल्ला नवीकरणमा झैँ किस्ताबन्दी वा एकमुष्ट तिर्नुपर्ने भनेर स्पष्ट पारेको छ । टेलिकमको जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्रको अवधि सकिन डेढ महिना मात्रै बाँकी ...
— सामाजिक सञ्जालहरूको प्रतिनिधि संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी) ले नेपालमा प्रयोग भइरहेका सामाजिक सञ्जाल कम्पनी दर्ता गरी सम्पर्क केन्द्र व्यवस्था गर्नुपर्ने प्रावधानले विश्वव्यापी इन्टरनेट प्लाटफर्मको पहुँचबाट अलग्याउन सक्ने भन्दै चेतावनी दिएको छ । सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० का सम्बन्धमा मंगलबार नेपाल ...
। पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि विश्वमा तीव्र रुपमा विकास र प्रयोग भैरहेको छ । यसले मानव जीवनको अस्तित्वमै प्रश्न उठाउने तथा रोजगारी र अर्थतन्त्रमै चुनौति खडा गर्ने खालका आँकलनहरु गरिँदै आएको छ । एआईले मानिसको ठाउँ नल्याउने तर मानिसको काम गर्ने तरिका मात्र परिवर्तन हुने यसका समर्थकहरुको दाबी छ । यद्यपि पछिल्लो समयमा एआई प्रविधिमा ...
। नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार पहिलोपटक भाइबर नेपालमा सूचीकरण भएको हो । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै गत २३ कात्तिकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यसलाई नियमन गर्न सूचीकरणको नियम ल्याएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ...
मेटा स्वामित्वको सोसल मिडिया एप इन्स्टाग्राम गत वर्ष सन् २०२३ मा विश्वमा सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको छ । चिनियाँ प्रतिस्पर्धी टिकटकलाई पछि पार्दै इन्स्टाग्रामले आफ्नो बढ्दो लोकप्रियतालाई पुष्टि गरेको छ । मार्केट इन्टेलिजेन्स कम्पनी सेन्सर टावरको रिपोर्ट अनुसार गत वर्ष इन्स्टाग्रामको डाउनलोडमा २० प्रतिशतले वृद्धि भयो र कुल ७६ करोड ८० लाख पटक डाउनलोड ...
1 2 3 4 5 6 ... Next Last