मुख्य समाचार
सूचना प्रविधि
— नेपाल टेलिकमले मंगलबार आफ्नो २१औँ वार्षिकोत्सवका अवसरमा ‘भीओवाइफाई’ सेवाको व्यावसायिक सञ्चालन सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो सेवाको औपचारिक उद्घाटन गरेसँगै सेवा सञ्चालनमा आएको हो । भ्वाइस ओभर वाइफाई वा ‘भीओवाईफाई’ मार्फत वाइफाई नेटवर्कबाटै भ्वाइस तथा एसएमएस सेवा प्रयोग गर्न सकिने टेलिकमकी प्रबन्ध निर्देशक संगीत पहाडीले जानकारी दिइन् । उनका ...
। नेपाल टेलिकमका २०१ जना कर्मचारीहरुले दीर्घ सेवा पदक पाएका छन् । २१ औं वार्षिकोत्सवका अवसरमा टेलिकमले दीर्घ सेवा पदक वितरण गरेको हो । ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक पाउनेहरुमा प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत कर्मचारीहरु छन् । उनीहरुलाई एक महिना बराबरको तलब समेत थपेर दिइएको छ । नेपाल टेलिकमका सहप्रवक्ता नवीन कुमार ...
। नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवमा १५ दिनका लागि विभिन्न प्याकेजहरू ल्याएको छ । टेलिकमले माघ २२ गतेदेखि फागुन ८ गतेसम्‍म १५ दिनका लागि विभिन्न प्याकेज ल्याएको टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले बताइन् । उनका अनुसार एनटीसीका ग्राहकले ५९ रुपैयाँमै १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डेटा र १२० मिनेटको भ्वाइस प्याकेज पाउनेछन् । यस्तै ग्राहकले ...
। आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र राखिएको छ । नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच तालमेल मिलेपछि परिचयपत्र एपमा राखिएको सूचना प्रविधि विभागका निर्देशक रमेश शर्मा पौडेलले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘हामीले मंगलबार दिउँसोबाट नागरिक एपभित्रै राष्ट्रिय परिचयपत्र देखिने गरी ल्याएका छौं।अब राष्ट्रिय परिचय पत्र छापिएर आएका सबै नागरिकको परिचयपत्र त्यहाँ हेर्न सकिनेछ।’ उनका अनुसार नागरिक ...
— टिकटकले अमेरिकामा आफ्नो सञ्चालन बन्द गर्ने तयारी गरेको छ । जनवरी १९ सम्मको समयसीमा सकिने भएपछि टिकटकले यही आइतबारदेखि अमेरिकामा टिकटक उपलब्ध नहुने बनाउन लागेको रोयटर्सले जनाएको छ । योसँगै अमेरिकाका १७ करोड टिकटक प्रयोगकर्ताले एप चलाउन पाउने छैनन् । सोमबार ह्वाइट हाउस प्रवेशसँगै राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गर्नुअघि नै अमेरिकामा टिकटक ...
— फेसबुक, इन्स्टाग्राम, थ्रेड्सजस्ता मेटाका चर्चित एपहरूमा पोस्ट हुने कन्टेन्टहरूमार्फत गलत सूचना नफैलियोस् भनेर कम्पनीले तथ्य जाँचका लागि विभिन्न निकायसँग सहकार्य गर्दै आएकोमा अब त्यसलाई निरन्तरता नदिने घोषणा गरेको छ । मेटाका प्रमुख मार्क जकरबर्गले अमेरिकामा आफ्नो तथ्य-जाँच कार्यक्रम अन्त्य गर्ने बताएसँगै विज्ञहरूले यस कदमको व्यापक आलोचना गरेका छन् । तथ्य-जाँच कार्यक्रम बन्द गर्ने मेटाको ...
— एप्पलले आफ्नो नयाँ एआई फिचर ‘एप्पल इन्टेलिजेन्स’ अपडेट गर्ने भएको छ । समाचारको गलत नोटिफिकेसन पठाएको विवादपछि एप्पलले यस्तो निर्णय लिएको हो । एप्पल एआईको खराब प्रर्दशनका कारण एप्पललाई यो प्रविधि हटाउन दबाब आइरहेको थियो । तर एप्पलले नयाँ एआई फिचर बन्द नभइ अपडेट गरिने जनाएको हो । सोमबार एप्पल इन्टेलिजेन्सको समस्या स्वीकारेको कम्पनीले ...
— नियामक नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिमा नेपाल टेलिकमले लागू गरेको नयाँ दरअनुसार एक्सेस कोड १४२४ प्रयोग गरेर भारतमा कल गर्न प्रतिमिनेट शुल्क ३.७६ रुपैयाँ निर्धारण गरिएको छ । यो कर बाहेकको दस्तुर हो । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भारतमा सस्तो दरमा कल गर्न लागि लागू विभिन्न विकल्पमध्ये एक्सेस कोड १४२४ मार्फत हुने ...
— निर्धारित समयभित्र अनुमतिपत्र नवीकरणलगायत प्रक्रिया पूरा नगरेपछि गत वर्ष खारेजीमा परेर सरकार मातहत आएको स्मार्ट टेलिकमसँग सम्बन्धित समस्या थप पेचिलो बन्दै गएको छ । उक्त टेलिकमका टावर भाडामा राख्न दिएका घरधनीले लामो समयको विद्युत् महसुस बक्यौता तिर्न अन्यथा कारबाही भोग्न विद्युत् प्राधिकरणले चेतावनी दिएको छ । प्राधिकरणको चेतावनीपछि अन्यायमा परेको भन्दै दुई साताअघि विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा ...
— केही दिनअघि मात्र टिकटकले १३ देखि १८ वर्षका प्रयोगकर्ताका लागि ब्युटी फिल्टर र बडी फिल्टरमा प्रतिबन्ध लगाउने घोषणा गर्‍यो । बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर यस्तो नीति अवलम्बन गर्न लागिएको टिकटकको प्यारेन्ट कम्पनी, बाइटडान्सका ग्लोबल कम्युनिकेसन प्रतिनिधि इमाद जफरले बताए । जफरले किशोरकिशोरीहरु यस्ता फिल्टरहरुको प्रयोगको असरबारे जानकार नभएकाले कम्पनीले नै प्रयोगमा ...
— सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबीच क्षेत्राधिकारको विषय उठेपछि तीन वर्षअघि नै तर्जुमा भएको अनलाइन बाल सुरक्षा कार्यविधि, २०७८ कार्यान्वयनमा आउन सकेको छैन । सञ्चार मन्त्रालयले अनलाइन जोडिएको विषयमा आफ्नो दाबी पेश गर्दै सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा नै बालबालिकाको सुरक्षाको विषय पनि समावेश गर्ने जनाएपछि महिला, बालबालिका मन्त्रालयले कार्यविधि ...
First Prev ... 2 3 4 5 6 7