मुख्य समाचार
मनोरञ्जन
। रिलिजको एक सातामै ‘स्क्विड गेम’को सिजन २ नेटफ्लिक्समा सातौं सबैभन्दा लोकप्रिय गैरअंग्रेजी शो बनेको छ । नेटफ्लिक्सले सार्वजनिक गरेको सूचीमा यो कुरा उल्लेख छ । सूचीको शीर्षस्थानमा ‘स्क्विड गेम’को पहिलो भाग छ, जसलाई अहिलेसम्म २५६.२ मिलियन पटक हेरिएको छ । डिसेम्बर २६ मा स्ट्रिमिङ सुरु भएको दोस्रो सिजनले थप कीर्तिमान रच्ने अपेक्षा गरिएको छ । ...
। सन् २०२४ मा हामीले हलिउडमा एनिमेटेड, हृदयभित्रका संवेदना, उत्परिवर्तन, ग्लाडिएटर र बोक्सीको कथाले भरिएका फिल्म हेर्‍यौं । नयाँ वर्ष २०२५ मा हलिउडले नयाँ कथामा फिल्म ल्याउने अपेक्षा गरिएको छ । अब आउने फिल्म सिक्वेल, रिबुट र फ्रेन्चाइजीका विस्तार हुनेछन् । यो भनेको हलिउड व्यावसायिक रुपमा सफल फिल्मलाई दर्शकमाझ ल्याउन चाहन्छ भन्ने हो । यो भनेको ...
। विश्वचर्चित युट्युबर मिस्टर बिस्ट्ले प्रेमिका थिया बुसनसँग इन्गेजमेन्ट गरेका छन् । एक घुँडा टेकेको क्षणको तस्वीर सेयर गर्दै २६ वर्षीय युट्युबरले क्रिसमसको दिनमा प्रस्ताव राखेको बताएका छन् । मिस्टर बिस्टको वास्तविक नाम जिमी डोनाल्डसन हो । ३४० मिलियनले उनलाई युट्युवमा पछ्याएका छन् । उनी विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएका लोकप्रिय युट्युबर हुन् । उनकी प्रेमिका थिया ...
: पोखराको फेवाताल दोस्रो ड्रागन बोट रेस प्रतियोगिता सुरु भएको छ। चिनियाँ दूतावासको मुख्य आयोजनामा भएको प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी र प्राविधिक सहितको टोली चाटर्ड उडानमा पोखरा आएका थिए। ड्रागन बोट रेस गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा हुन लागेको हो। नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ...
। नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । गण्डकी प्रदेश सरकार, ...
। नेटफ्लिक्सको बहुप्रतीक्षित सिरिज ‘स्क्विड गेम’को सिजन २ यतिबेला स्ट्रिमिङ भइरहेको छ । नेपालमा समेत यो सिरिजलाई हेर्ने दर्शकको संख्या उल्लेख्य छ । नेटफ्लिक्सले आधिकारिक तथ्यांक त सार्वजनिक गरिसकेको छैन । यद्यपि, प्रिमियर भएको दिन २६ डिसेम्बरदेखि यो सिरिज विश्वभर धेरै हेरिने श्रृंखला बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रिलिजको भएको २४ घण्टाभित्रै ९२ मुलुकमा यो श्रृंखला ...
। ‘ओपेनहाइमर’बाट गतवर्ष सर्वोत्कृष्ट निर्देशकको रुपमा अस्कर अवार्ड जितेका निर्देशक क्रिस्टोफर नोलनको नयाँ फिल्मको नाम ‘द ओडिसी’ तय भएको छ । यो फिल्म ग्रीक साहित्यका महान होमरको प्रसिद्ध कविता ‘द ओडिसी’मा आधारित छ, जुन ईसापूर्व ८ औं शताब्दीमा लेखिएको थियो । आइम्याक्स प्रविधि प्रयोग गरी विश्वका विभिन्न स्थानमा फिल्मको छायांकन गरिनेछ । हलिउड स्टुडियो युनिभर्सलले मंगलबार ...
। सन् २०२४ नेपाली फिल्म बजारको लागि ‘कीर्तिमानी वर्ष’ बनेको छ । यसवर्ष ‘पूर्णबहादुरको सारंगी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रच्यो । यो फिल्म अहिले ५० करोडको कीर्तिमानी दौडमा छ । यसबीच नयाँ खबर छ ! अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ नेपालमा सबैभन्दा धेरै कमाउने विदेशी फिल्म बनेको छ । ...
। क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन चर्चित भारतीय गायक सोनु निगम अपरान्ह काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे । निगमको सांगीतिक समूहका सदस्यहरू बुधबार बिहानै तयारीका लागि आइसकेका थिए । प्रशस्तै हिट नेपाली पनि गाइसकेका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन् ...
। चलचित्र विकास बोर्डले विशेष प्रदर्शन, च्यारिटी शो र प्रचारप्रसारको क्रममा हुनसक्ने सम्भावित घटना, झडप, दुर्घटनालाई रोक्न आवश्यक सुरक्षाको प्रबन्ध निर्माता, वितरक, प्रदर्शक वा कलाकार आफैंले गर्नुपर्ने बताएको छ । चलचित्र क्षेत्रका नौ संघसंस्थालाई पत्र लेख्दै बोर्डले सार्वजनिक प्रदर्शनको क्रममा कलाकार दर्शकमाझ जाँदा हुनसक्ने झडपलाई रोक्न ध्यानाकर्षण गराएको हो । ‘चलचित्रका निर्माता, वितरक, प्रदर्शक वा कलाकार आफैंले ...
। चर्चित के–पप ब्याण्ड इन्स्टारकी गायिका तथा डिजे एन–ए–सङलाई दुर्घटनाको घटनामा आठ वर्षको जेल सजाय सुनाइएको छ । उनले हाँकेको गाडीको ठक्करबाट ५० वर्षीय एक डेलिभरी म्यानको मृत्यु भएको थियो । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार त्यहाँको सर्वोच्च अदालतले डिसेम्बर १० मा जेल सजायको फैसला सुनाएको हो । गायिका ए–सङले हाँकेको मर्सिडिज बेन्ज गाडी एसयूभीको ठक्करबाट ती ...
— भिडियो सेयरिङ प्लाटफर्म टिकटकले १३ देखि १८ वर्षका प्रयोगकर्ताका लागि ब्युटी फिल्टर र बडी फिल्टरमा प्रतिबन्ध लगाउने भएको छ । बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर यस्तो नीति अवलम्बन गर्न लागेको टिकटकको प्यारेन्ट कम्पनी, बाइटडान्सका ग्लोबल कम्युनिकेन्स प्रतिनिधि इमाद जफरले बताएका छन् । शनिबार साँझ टिकटकले आयोजना गरेको ‘टिकटक सेफ्टी एम्बासडर कार्यक्रम’ का ...
। प्रधानमन्त्री केपी शर्मा ओलीले रिलिज तयारीमा रहेको नेपाली लोकपप ब्याण्ड कन्दराको नयाँ गीतमा हस्ताक्षर गरेका छन् । ओलीलाई भेट्न ब्याण्डका गायक विवेक श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । रिलिज तयारीमा रहेको कन्दराको नयाँ गीत ‘हुनेछ : द सङ अफ होप’मा प्रधानमन्त्रीले हस्ताक्षर गर्दै ब्याण्डको कन्सर्टमा आफू सहभागी हुने बताएका छन् । ‘प्रधानमन्त्रीज्यूलाई मैले गीत ...
— एक करोड रुपैयाँ पुरस्कार राशिका दुई नेपाली अन्तर्राष्ट्रिय रियालिटी शोहरु 'मेरो भ्वाइस यूनिभर्स' र 'मेरो डान्स यूनिभर्स'को सिजन-२ को आउँदो माघ १२ गतेबाट विश्वभर अडिसन सुरु हुने भएको छ । इन्ट्रा- नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनको आयोजनामा हुन लागेको यो रियालिटी शोको अडिसन अमेरिका, क्यानडा, बेलायत, पोर्चुगल, हङकङ, जापान, दुबई, कतार, थाइल्यान्ड, अस्ट्रेलिया, भारतको ...
। पपस्टार एड सिरनले दक्षिण एसियाली मुलुक भुटानमा कन्सर्ट गर्ने भएका छन् । राजधानी थिम्पुमा २५ जनवरी, २०२५ मा सांगीतिक प्रस्तुति दिन लागेको जनाइएको छ । यो कन्सर्ट भुटानमा हुन लागेको पहिलो अहिलेसम्मकै भव्य कन्सर्ट हुने जनाइएको छ । भुटानको चाङ्लीमिथाङ रंगशालामा हुने कन्सर्टको सबैभन्दा सस्तो टिकट शुल्क १० डलर तोकिएको छ । सिरनको टूरको भेन्युमा भुटानसहित ...
— अल्लु अर्जुन अभिनित फिल्म 'पुष्पा २: द रुल' ले बक्स अफिसमा इतिहास रचेको छ । फिल्म एक सातामै विश्वभरबाट एक हजार ६२ करोड कमाएको हो । फिल्मले भारतीय सिनेमाको इतिहासमा सबैभन्दा छिटो एक हजार करोड कमाउने रेकर्ड तोडेको छ । 'पुष्पा २: द रुल'ले केवल ६ दिनमै रेकर्ड तोडेको हो । यसअघि 'बाहुबली २ : ...
First Prev 1 2 3 4 5 6 7 8 9 ... Next Last