मुख्य समाचार
मनोरञ्जन
। विश्वप्रसिद्ध गायिका एडेलले अहिले भैरहेको सांगीतिक टूरपछि आफूले ‘सांगीतिक विश्राम’ लिने खुलासा गरेकी छन् । ‘मेरो ट्यांकी यो समय रित्तो छ’ जर्मनीको म्युनिखमा जेडडीएफ मिडियासँग उनले भनिन्, ‘मसँग यो समय नयाँ संगीतको लागि कुनै योजना छैन ।’ उनले भनिन्, ‘म यो सबैपछि ठूलो ब्रेक चाहन्छु र मलाई लाग्छ कि म केहि समयको लागि अन्य रचनात्मक ...
। शुक्रबार अक्षयकुमार स्टारर बलिउड फिल्म ‘सरफिरा’ रिलिज भयो । ठूलो बजेट र स्टार कास्टका बाबजुद पनि फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन । फिल्मले पहिलो दिन २.५ करोड, शनिबार ४.२५ करोड र आइतबार ५.२५ करोड भारु कमायो । सप्ताहन्तको अन्त्यसम्ममा कुल १२ करोड भारु कलेक्सन गरेको छ । अक्षय जस्ता स्टारका लागि यो दयनीय कमाइ ...
। पूर्वपत्नी एम्बर हर्डविरुद्ध मानहानिको मुद्दा लड्दा हलिउड अभिनेता जोनी डेपको सन् २०२२ नराम्रोसँग प्रभावित बन्यो । अदालतको समर्थन र सार्वजनिक समर्थन दुवै जित्दा संसारको ध्यान उनीतिर खिचियो । त्यो घटनापछि अभिनेता डेप बेलायतमा चर्चाभन्दा टाढाको जीवन बाँचिरहेका छन् । यतिबेला उनको डेटिङ लाइफलाई लिएर नयाँ कुरा छ । उनी २८ वर्षीया रुसी मोडल तथा ब्युटिसियन ...
। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल साउन ८ मा सकिंदैछ । कार्यकाल सकिन एक साता बाँकी रहँदा अध्यक्ष पदलाई लिएर सत्तारुढ एमाले निकट फिल्मकर्मी आकांक्षी देखिएका छन् । कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको र चलचित्र विकास बोर्डको तालुकदार मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एमालेकै मन्त्री भएकाले एमाले निकट फिल्मकर्मी आकांक्षीको रुपमा बढी देखिएका छन् ...
। भारतीय गायक तथा अभिनेता दिलजीत दोसाँझलाई यस वर्ष फापेको देखिन्छ । इम्तियाज अलीसँगको फिल्म ‘चमकिला’मा दिलजीतको निकै प्रशंसा भयो । विदेश भ्रमणमा समेत उनले सफलताको स्वाद चाखिरहेका छन् । दिलजीतका लागि यतिबेला अर्को गौरवको क्षण आइपुगेको छ । क्यानडामा उनको शो हेर्न प्रधानमन्त्री जस्टिन ट्रुडो आफैं पुगेका थिए । सो कन्सर्टमा अचानक पुगेका ट्रुडोले दिलजीतसँग ...
। वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । परिवर्तित नाम ७५ झलारी २९ कुमारी (ओडकी पत्नी)ले जेठ २ गते गायक ओड (७५ झलारी २९ (क) कुमार)विरुद्ध वैवाहिक जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । आइतबार न्यायाधीश अर्यालको मुद्दा फाँट २ ...
। अभिनेता विपिन कार्कीले आफूले भारतीय ब्लकबस्टर फिल्म ‘एनिमल’मा काम नगर्नुको मुख्य कारण ‘प्रसाद २’ भएको खुलासा गरेका छन् । केही साताअघि अमेरिकामा एक भडकास्ट (पडकास्टको भिडियो संस्करण) अन्तर्वार्तामा कार्कीले उक्त कुरा बताएका हुन् । उनले भने, ‘मैले एनिमलमा काम नगर्नुको प्रमुख कारण प्रसाद २ हो । प्रसाद २ नभएको भए मैले निश्चय नै एनिमल गर्थें ...
के-पप प्रशंसकलाई अहिले एउटा समस्याले विभाजित गरिरहेको छ । त्यो हो, कृत्रिम बौद्धिकता (एआई) । हरेक विधाका ठूला स्टारले सांगीतिक भिडियो सिर्जना गर्न र गीत लेखनका लागि अहिले एआई प्रविधिको उपयोग गरिरहेका छन्, जसमा युवकहरुको ब्याण्ड ‘सेभेन्टिन’ लगायत छन् । गत वर्ष के–पप क्षेत्रमा १६ मिलियन प्रति एल्बम बिक्री भए । यो बिक्री के–पपको इतिहासमा सर्वाधिक हो ...
। भारतीय अर्बपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त र प्रेमिका राधिका मर्चेन्ट शुक्रबार विवाह बन्धनमा बाँधिंदैछन् । एक महिनादेखि चलेको वैवाहिक समारोहको सिलसिला आगामी सप्ताहन्तसम्म चल्नेछ । रिहाना, जस्टिन बिबर लगायतका अन्तर्राष्ट्रिय सेलिब्रेटीको उपस्थितिले अम्बानीको विवाह समारोहलाई चर्चामा ल्याएको छ । शुक्रबार मुम्बईमा हुने वैवाहिक समारोहमा ए–लिस्टर कलाकारलाई समेत निम्तो गरिएको छ । फेसन डिजाइनर प्रबल गुरुङ ...
। मीनबहादुर भाम निर्देशित कथानक फिल्म ‘शाम्बाला’को फेस्टिभल यात्रा जारी छ । यो फिल्म स्वीट्जरल्याण्डको विश्वप्रसिद्ध फिल्म फेस्टिभल लोकार्नोको ७७ औं संस्करणमा छनोट भएको छ । फेस्टिभलको आधिकारिक वेबसाइटका अनुसार पियाजा ग्राण्डे विधामा फिल्म छनोट भएको हो । बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको यो फिल्म अर्को प्रतिष्ठित फेस्टिभलमा छानिएको हो । ‘लोकार्नो बोल्ड र नवीन ...
। यस शरद ऋतुको प्रतीक्षितमध्येको एक हलिउड फिल्मको पहिलो ट्रेलर आइपुगेको छ । सन् २००० मा अस्कर जितेको निर्देशक राइड्ली स्कटको ब्लकबस्टर ‘ग्लाडिएटर’को दोस्रो श्रृंखलाको ट्रेलर सार्वजनिक भएको हो । नोभेम्बरमा हलमा रिलिज हुने फिल्मको ट्रेलरले रसेल क्रोको ठाउँमा देखिएका पौल मेस्कलको फस्टलुक प्रस्तुत गर्छ । मेस्कलले लुसिला (कोनी निल्सन) र दिवगंत लुसियस भेरसको छोरा लुसियसको ...
। दक्षिण कोरियाली अभिनेता मा दोङ सेओकलाई प्रभास स्टारर भारतीय फिल्म ‘स्पिरिट’मा खलनायकको भूमिका प्रस्ताव गरिएको छ । पिंकभिल्लाका अनुसार सन्दीप रेड्डी वाङ्गाले निर्देशन गर्ने यो फिल्मलाई धेरै एसियाली भाषामा रिलिज गरिने योजना छ । ‘कल्की २८९८ एडी’ मार्फत यस वर्ष धेरै कमाउने भारतीय फिल्मको रेकर्ड राखेपछि प्रभासले आफ्नो सबै ध्यान आगामी फिल्मतर्फ केन्द्रित गरेका छन् ...
। दुई ठूला हलिउड स्टुडियो स्काइ डान्स मिडिया र प्यारामाउण्ट ग्लोबलबीच मर्जरको सम्झौता भएको छ । भेराइटीका अनुसार स्काइ डान्सले ८ बिलियन डलरमा अर्को स्टुडियो प्यारामाउण्ट किनेको छ । यो सम्झौतापछि अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा स्काइडान्सका डेभिड एलिसन हुनेछन् भने युनिभर्सलका पूर्व सीइओ जेफ सेलले प्रशासकीय नेतृत्व गर्नेछन् । हलिउडका यी दुई ठूला स्टुडियोबीच मर्जरका ...
। अभिनेत्री मनिषा कोइराला सञ्जयलीला भन्सालीको नेटफिल्क्स सिरिज ‘हीरामण्डी’मा मल्लिकाजानको भूमिका निर्वाह गरेर चर्चामा छिन् । फिल्मफेयर म्यागेजिनसँगको अन्तर्वार्तामा उनले हालै करिअरको सुरुवाती दिनबारेका कुरा गरिन् । त्यतिबेला नायक-नायिकाका लागि फरक नियम हुने गरेको सम्झना उनको छ । धेरै केटीसँग सम्बन्ध हुने नायकलाई ‘माचो’ भनिने तर नायिकालाई उनीहरुको सम्बन्ध गोप्य राख्न भनिने गरेको स्मरण पनि उनको ...
। क्यानडेली गायक जस्टिन बिबरले हालैको आफ्नो भारत भ्रमणमा निकै रमाइलो गरेको देखिन्छ । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहको संगीत समारोहमा उनले आफ्ना हिट गीतमा प्रस्तुति दिए । इन्स्टाग्राम पोस्टबाट बिबरले अम्बानीको विवाह समारोहका रमाइला भिडियो र तस्वीर पोस्ट गरेका छन् । उनले अम्बानीको परिवारसँगका क्याजुअल तस्वीरहरु पनि पोस्ट गरेका छन् । मुम्बईको नीता मुकेश अम्बानी ...
। ‘अवतार’का दुवै श्रृंखला र ‘टाइटानिक’ जस्ता विश्वचर्चित ब्लकबस्टर फिल्मका निर्माता जोन लान्डाउको निधन भएको छ । भेराइटीका अनुसार ओस्कार अवार्ड विजेता निर्माता लान्डाउको ६३ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको हो । निर्देशक जेम्स क्यामरुनसँग लामो समयदेखि फिल्म निर्माणमा साझेदार समेत रहेका लान्डाउले अहिलेसम्म विश्वमा धेरै कमाउने चार फिल्मको निर्माण गरेका छन् । उनले निर्माण गरेको ...