मुख्य समाचार
मनोरञ्जन
। टेलिभिजन पर्सनालिटी समेत रहेका सुरजसिंह ठकुरीले फिल्म अभिनयमा पुनरागमन गर्ने पक्का भएको छ । आफूले ५ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेको जानकारी उनले दिएका छन् । प्रदीप शाहीले निर्देशन गर्न लागेको साइन्स-फिक्सन फिल्म ‘एक्लो’मा उनी ‘काल’ नामक भूमिकामा देखिँदैछन् । उनी पछिल्लोपटक ‘समर लभ’मा न्यारेटरको रोलमा देखिएका थिए । इन्स्टाग्राममार्फत उनले आफू फिल्ममा अनुबन्धित भएको जनाएका ...
। सन् २०१८ मा रिलिज भएको श्रद्धा कपुर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बनर्जी र अपारशक्ति खुराना अभिनित हरर कमेडी फिल्मले बक्स अफिसमा धमाका मच्चाएको थियो । फिल्म हेर्ने हरकोही दर्शकले यसको सिक्वेलको माग गरेका थिए । निर्माताले त्यसपछि ‘स्त्री २’ को घोषणा गरे । अब मेडोक फिल्म्सले आफ्नो हरर युनिभर्सलाई अगाडि बढाउँदै ‘स्त्री २’ को ...
। कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इट्स माइ शो’ को पछिल्लो एपिसोडको विवाद सेलाएको छैन । उक्त कार्यक्रममा उठाइएको विषयवस्तुलाई लिएर थुप्रै सेलिब्रेटी र दर्शकहरुले आपत्ति जनाइरहेका छन् । यसैबीच, ‘इट्स माइ शो’का पूर्वप्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले पनि यसबारेमा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पछिल्लो कार्यक्रमले आफूले यो कार्यक्रमका लागि निर्वाह गरेको ...
। फिल्ममेकर दिनेश विजनको हरर युनिभर्सका फिल्मले बक्स अफिसमा एकपछि अर्को सफलता हासिल गरिरहेका छन् । सन् २०१८ मा श्रद्धा कपुर स्टार ‘स्त्री’ बाट सुरु भएको यो युनिभर्सको पछिल्लो फिल्म ‘मुन्ज्या’ हो भने ‘स्त्री २’ प्रदर्शन तयारीमा छ । अब यो हरर युनिभर्सले अब अर्को फिल्म ल्याउने तयारी गर्दैछ, जसमा आयुष्मान खुराना मुख्य भूमिकामा रहने तय ...
। टेलिभिजन कार्यक्रम ‘इट्स माइ शो’को पछिल्लो एपिसोड विवादमा परेको छ । सुरज सिंह ठकुरीले छाडेसँगै गत एपिसोडदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रम ओसिन सिटौलाले सञ्चालन गर्ने थालेकी हुन् । उनको पहिलो एपिसोड नै विवादमा परेको छ । ओसिनले होस्ट गरेको पहिलो एपिसोडमा अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहलाई अतिथि रुपमा आमन्त्रण गरिएको थियो । उक्त ...
। हलिउड अभिनेता ब्राड पिटले पुनः विवाह गर्न सक्ने अमेरिकी संचारमाध्यमले जनाएका छन् । विवरणअनुसार, उनी प्रेमिका इनेस डे रामोनसँग धेरै खुसी छन् र उनैसँग विवाह गर्न उत्साहित छन् । उनीहरुले सँगै परिवार सुरु गर्ने कुराको चर्चा पनि छ । उनले विवाहको निर्णय यतिबेला लिन लागेका हुन् जतिबेला पूर्वपत्नी एन्जेलिना जोलीका सबै छोराछोरीले एक एक गरेर ...
: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल ‘सिजन ५ ’का विजेता करण परियारले बधाइ दिएका छन्। बुधबार बिहान प्रधानमन्त्री निवासमा बालुवाटार नेपाल आइडलका विजेता परियारलाई बोलाएर बधाईसहित गितार उपहार दिएका हुन्। बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए। विजेता परियारको ...
। दक्षिण भारतीय निर्देशक एट्लीले बलिउड बादशाह शाहरुख खानलाई लिएर फिल्म ‘जवान’बाट बलिउडमा डेब्यु गरे । उनी निर्देशित यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाइ गर्‍यो । फिल्मले उठाएका मुद्दालाई लिएर पनि समीक्षक र दर्शकले प्रशंसा गरे । एट्ली अब इतिहासमै पहिलोपटक दुई सुपरस्टार जोडीलाई एकसाथ काम गराउने तयारीमा छन् । स्रोतलाई उद्धृत गर्दै भारतीय मिडिया बलिउड ...
। उमंग क्रिएसनले सौन्दर्य प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल-२०२४’ आयोजना गर्ने भएको छ । आयोजक संस्थाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । प्रतियोगिताको विजेतालाई ‘मिस ग्रान्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गराउँदै विदेश पठाइने उमंग क्रिएसनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताए । मिस ग्राण्ड नेपालमा सहभागी हुन १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित युवतीले ...
। सन् २०१८ मा मी टू अभियानका दौरान बलिउड अभिनेत्री तनुश्री दत्तले अभिनेता नाना पाटेकरमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । तनुश्रीको यो आरोपका विषयमा नाना पाटेकरले नयाँ बयान दिएका छन् । तनुश्रीले सन् २००८ मा रिलिज भएको फिल्म ‘हर्न ओके प्लिज’ को एक गीतको सुटिङका ​​क्रममा नानाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । भारतीय ...
। मिस नेपाल नर्थ अमेरिकाले सन् २०२४ को संस्करणको लागि २० फाइनलिस्ट प्रतियोगी सुन्दरीको घोषणा गरेको छ । सूचीमा नर्थ क्यारोलिनाबाट एन्ना कोइराला, मिनेसोटाबाट आयुषा तुलाधर, टेक्सासबाट अदिश्री रेग्मी, क्यानडाबाट अनु सुवेदी, न्यूयोर्कबाट अस्मी गिरी, मिसिगनबाट अस्मिता तुलाधर छन् । ओहायोबाट दृश्य धिताल, मेरिल्याण्डबाट न्यान्सी क्षेत्री, न्यूजर्सीबाट ओनिका बानियाँ, न्यूयोर्कबाट प्रिजा राणा, बोस्टनबाट रिजा पुरी, मेरिल्याण्डबाट रुबिना ...
। अल्लु अर्जुन स्टारर तेलुगू फिल्म ‘पुष्पा : द रुल’लाई लिएर दर्शकहरु अधैर्य छन् । यो फिल्मको पहिलो शृंखला ‘पुष्पा : द राइज’ ब्लकबस्टर भएको थियो । त्यसैले पनि दर्शकहरु अल्लु अर्जुनको पुष्पराज लुक्स हेर्न आतुर छन् । यसअघि यो फिल्म अगस्ट १५ मा रिलिज हुने घोषणा गरिएको थियो । तर काम पूरा नभएको भन्दै निर्माताले ...
। पत्रकार सुविना श्रेष्ठले निर्देशन गरेको डकुमेन्ट्री फिल्म ‘देवी’ न्युजिल्यान्डको डकएज फेस्टिभलमा छानिएको छ । अस्कर अवार्डमा न्युजिल्यान्डबाट फिल्म मनोनयन गर्ने फेस्टिभल डकएजमा नेपालको सशस्त्र युद्धमा यौनहिंसा बेहोरेका देवी खड्का लगायत महिलाबारे श्रेष्ठले बनाएको फिल्म चयन भएको हो । सत्यनिष्ठा र मेलमिलाप भन्ने थिममा आधारित भएर प्रतिष्पर्धा गरेका फिल्ममध्ये श्रेष्ठको देवी परेको फेस्टिभलले आफ्नो वेबसाइटमा सार्वजनिक ...
। नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को अमेरिका प्रदर्शन मिति घोषणा भएको छ । वितरक प्याट्रिक सुवेदीले यो फिल्मलाई जुन २१ (असार ७)देखि अमेरिकाब्यापी रिलिज गर्न लागेका हुन् । दुई चरणमा फिल्म रिलिज हुने जनाइएको छ । जसअनुसार, जुन १९ मा लस एन्जलस, सनफ्रान्सिस्को र सिकागोमा फिल्म रिलिज हुनेछ । जुन १९ मा मेरिल्याण्डको सिल्भर स्प्रिङ्समा ...
। यो साता ओटीटी प्लाटफर्ममा चर्चित फिल्म र सिरिज रिलिज हुँदैछन् । यसपटक धेरै हिट शो ओटीटीमा फर्किएका छन् भने हलमा कमजोर व्यापार गरेका फिल्म पनि दोस्रो मौका खोज्दै ओटीटीमा आएका छन् । यी हुन् यो साता आउन लागेका केही फिल्म र सिरिज हाउस अफ द ड्रागन सिजन २ एचबीओको सुपरहिट काल्पनिक नाटक ‘गेम अफ थ्रोन्स’को प्रिक्वेल सन् ...
। पर्यटन प्रवर्द्धनको उद्देश्यले युरोपेली मुलुक माल्टाको सौन्दर्य प्रतियोगिता मिस माल्टाको टोलीले नेपाल भ्रमण गर्ने भएको छ । फेसबुक पेजमार्फत मिस माल्टाले यसबारे जानकारी दिएको छ । भ्रमण टोलीमा सहभागी हुने सदस्यबारे विस्तृत नखुलाइएपनि अगस्टमा भ्रमण हुने जनाइएको छ । उक्त भ्रमण दलले मिस नेपाल-२०२४ ग्राण्ड फिनालेमा समेत सहभागिता जनाउने उल्लेख छ । मिस नेपाल आयोजक द ...
First Prev ... 12 13 14 15 16 17 18 19 20 21 22 ... Next Last