मुख्य समाचार
अर्थ वाणिज्य
काठमाडौं : सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो। “रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको छ। यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिनेछ।” कृषि ...
काठमाडौं । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान कटौती गरेको छ । यससँगै समयमा मल पाउन नसकेका किसानले अब मूल्य पनि बढी तिर्नुपर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंले सम्हालेको कृषि तथा पशुपन्छी मन्त्रालयले २७ फागुनमा मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको हो । यसअनुसार सोमबार (२९ फागुन) मध्यान्ह १२ बजेपछि आयात ...
: हजारौं बचतकर्ताको करोडौं रकम ठगी गरेको कसुरमा मोरङ प्रहरीले तुलसी सहकारीका ८ जनाविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ। बचतकर्ताहरुले आइतबार दिएको लिखित उजुरीका आधारमा प्रहरीले सहकारीका क्षेत्रीय प्रबन्धकसहित आठै जनाविरुद्ध ठगी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको हो। हालसम्म १२१ जना बचतकर्ताहरुले सहकारीविरुद्ध मुद्दा दर्ता गराएका छन्। बचतकर्ताहरुको उजुरीका आधारमा प्रहरीले हाल ...
: बैंकहरुको चर्को ब्याजदरका कारण उद्योग व्यपार टाट पल्टने अवस्थामा पुग्दा समेत सरकार र राष्ट्र बैंक मुकदर्शक बनेर बसेको निजी क्षेत्रले आरोप लगाएको छ। आइतबार वीरगन्ज उद्योग वाणिज्य संघको ४७ औं वार्षिक साधारणसभामा उद्योगी व्यापारीले कोरोना महामारीले थलिएको निजी क्षेत्र विस्तारमै लयमा फर्कदै गरेका बेला अहिले बैंकहरुले ब्याजदर दोहोरो अंकमा पुरयाएका कारण निजी क्षेत्र फेरि ...
काठमाडौँ — आइतबार एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बजार बन्द हुँदा सुन एकै दिन प्रतिऔंस ३५.९ डलर बढेकाले नेपाली बजारमा आइतबार त्यसको असर परेको हो । अन्तराष्ट्रिय बजारको मूल्यअनुसार नेपालमा समायोजन हुन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख १ हजार ...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदनअनुसार साउनदेखि माघसम्म कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रकम गत वर्षको यसै अवधिको तुलनामा २७.१ प्रतिशतले बढी हो । गत वर्षका यस अवधिमा रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । ...
काठमाडौँ — सात महिनामा देशको वैदेशिक विनिमय (मुद्रा) सञ्चिति १३.८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वित्तीय विवरणअनुसार माघ मसान्तसम्म कुल १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर यस्तो सञ्चिति रहेकोमा ७ ...
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहीले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढी समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय ...
काठमाडौं । निजी डेरीहरुले दुग्ध पदार्थको उपभोक्ता मूल्यमा मनोमानी मूल्य निर्धारण गरेका छन् । बिहीबार देशभरका निजी डेरीहरुको संस्थाले दूधको मूल्य लिटरमै १४ रुपैयाँले बढाएका छन् । उनीहरुले पनिरको मूल्य किलोमा १४० रुपैयाँले वृद्धि गरेका छन् भने घिउको मूल्य पनि लिटरमा २०० रुपैयाँले बढेको छ । यस्तै दहीको मूल्य लिटरमा २५ रुपैयाँले बढेको छ । सरकारले किसानले ...
काठमाडौँ — अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजस्व विभागले खोजबिन सुरु गरेको छ । प्रत्येक आर्थिक वर्षको आय विवरण असोज मसान्तसम्म कर कार्यालयमा दाखिला गरिसक्नुपर्छ । यस्तो विवरण बुझाइसक्न पुस मसान्तसम्मको म्याद थपिएकोमा सो अवधिसम्म पनि केही करदाताले विवरण नबुझाएपछि विभागले छानबिन थालेको हो । ...
काठमाडौं । नेपाल आयल निगमले डिजेलमा मिसावट गर्ने चार वटा ट्यांकरका चालकलाई बर्खास्त गरेको छ । मंगलबार बसेको निगम व्यवस्थापन बैठकले आजीवन इन्धन ढुवानीमा संलग्न हुन नपाउने गरी चार वटा ट्यांकरका चालक र सहचालकलाई बर्खास्त गरेको हो । डिजेलमा मिसावट गरेर निगमलाई क्षति गराउने ८ जना ट्यांकर चालक र सहचालकलाई बर्खास्त गर्दै आजीवन ढुवानीमा प्रतिबन्ध लगाएको ...
— सन् २०२२ मा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोनहरूको उत्कृष्ट १० सूचीमा एप्पलको वर्चस्व देखिएको छ । धेरै बिक्री भएका १० मध्ये ८ वटा एप्पलका मात्रै स्मार्टफोन रहेको एक अध्ययनले देखाएको छ । प्रविधिसम्बन्धी रिसर्च कम्पनी काउन्टरपोइन्टले सार्वजनिक गरेको प्रतिवेदनअनुसार धेरै बिक्री भएका पहिलो, दोस्रो, तेस्रो, पाँचौ, छैटौं, सातौं, आठौं र नवौं नम्बरमा एप्पलका फोन ...
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल सरकारका नाममा रहेका कोषहरुको विवरण संकलन थालेको छ । चालु आर्थिक वर्ष २०७९/८० को बजेटले नेपाल सरकारका मन्त्रालय र निकाय मातहत छरिएर रहेका कोष एकीकृत गर्ने र आवश्यक नदेखिएका कोष खारेज गर्ने घोषणा गरेको थियो । यस घोषणाको कार्यान्वयनका लागि अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयले अन्य मन्त्रालयहरुलाई चिठी काटी ...
First Prev ... 29 30 31 32 33 34