मुख्य समाचार
अर्थ वाणिज्य
: नेपाल एयरलाइन्सले भोलिदेखि साउदीबाट हप्तामा ३ उडान गर्ने भएको छ। साउदी अरबियाको दमाम-काठमाडौं, काठमाडौं-दमाम नियमित रूपमा हप्तामा ३ उडान भर्ने भएको हो। उडान आइतबार, मंगलबार र बिहीबार हुनेछ। नेपाल एयरलाइन्सका साउदी कन्ट्री म्यानेजर अन्जु शर्मा मरासिनीका अनुसार हप्तामा तीन पटक उडान हुने बताइन्। यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै सो उडान गर्न लागेको उनको भनाइ छ। ...
— अन्तर्राष्ट्रिय सीमा क्षेत्र वरपर क्यासिनो व्यवसाय दर्ता तथा सञ्चालनका लागि दुईथरी प्रावधान राखेर सरकारले नयाँ नियमावली ल्याएको छ । नियमावलीअनुसार सीमा क्षेत्रबाट पाँच किलोमिटरसम्म नयाँ क्यासिनो दर्ता गर्न नमिल्ने भएको छ । यसअघि तीन किलोमिटरको सीमा तोकिएको थियो । पाँच किलोमिटरभित्रै तोकिएका सर्त पालना गरेर चलिरहेका पुराना क्यासिनोलाई भने नियमावलीले सञ्चालनमा छुट दिएको छ । पर्यटनसम्बन्धी कानुन संशोधन ...
— अन्नको भण्डार भनिने तराई/मधेश क्षेत्रमै बर्खायाममा निम्तिएको खडेरीका कारण रोपाइँ प्रभावित हुँदा देशव्यापी धान उत्पादनमै २० प्रतिशतले कमी आउने अनुमान गरिएको छ । धान औसत फल्दा पनि माग धान्न नसक्ने र आयातमा ठूलो रकम बाहिरिने गरेको पृष्ठभूमिमा यस वर्ष आयात झनै बढ्ने निश्चित छ । गत वर्ष धान (बीउसहित) आयातमा २० अर्ब ३५ करोड रुपैयाँ विदेशिएको ...
: वीरगन्ज नाकाबाट नेपाल उत्पादित मालसामानको विदेशमा निर्यात बढेको छ। गत आर्थिक वर्ष २०८१/८८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा २ सय २७ प्रतिशतले बढी मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात बढेको हो। गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको नेपालमा उत्पादित मालसामान भारत तथा तेस्रो ...
। गत आर्थिक वर्ष २०८१/८२ को कुनै पनि महिना लक्ष्य अनुसार भन्सार राजस्व संकलन हुन नसकेको देखिएको छ । भन्सार विभागका अनुसार गत आव विभागले ४ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ बराबर राजस्व उठाएको छ । यो लक्ष्यको ८३.०१ प्रतिशत हो । यस आव विभागको लक्ष्य ५ खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँ थियो । विभागले ...
: नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङ बन्द हुने अवस्थामा पुगेको छ। २००९ सालमा स्थापना भएको केन्द्रमा किसानले दूध न्यून मात्रामा मात्र ल्याउन थालेपछि केन्द्र बन्द हुने अवस्थामा पुगेको हो। सरकारले उचित मूल्य नदिँदा चौँरीपालक किसान घटेका छन् जसले गर्दा दूध उत्पादन घटेको छ। केन्द्र प्रमुख ग्याल्बु तामाङका अनुसार केन्द्रमा अहिले दैनिक ८० देखि ...
: वीरगन्ज नाका हुँदै एक वर्षमा करिब १ खर्ब ९२ अर्ब रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यसबाट वीरगन्ज भन्सार कार्यालयले ८१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज नाकाबाट डिजेल, पेट्रोल, एलपी ग्यास, एटीएफ र मट्टितेलजस्ता पेट्रोलियम पदार्थ आयात भएको हो। वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा ...
। इन्धन आयातमा एक वर्षमै ३ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ विदेशिएको छ । भन्सार विभागका अनुसार डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र अन्य प्रकारका इन्धन आयातमा उक्त रकम बराबर विदेशिएको हो । सरकारले इन्धन आयातका माध्यमबाट मात्र १ खर्ब २९ अर्ब ४३ करोड बराबर राजस्व उठाउन सफल भएको छ । यस आवमा कुल १८ खर्ब ...
। नेपाल र भारतका निजी क्षेत्रबीचको सहकार्य नै दुई मुलुकको साझा समृद्धिको कोसेढुंगा रहेको अडानी ग्रुप अन्तर्गतको थिंक ट्यांक चिन्तन रिसर्च फाउन्डेसन अध्यक्ष शिशिर प्रियदर्शीले बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘आइडा डिस्टिङ्गुइस्ड लेक्चर’ को तेस्रो संस्करण सम्बोधन गर्दै सीआरएफका अध्यक्ष, अडानी ग्रुपका विश्वसम्बध प्रमुख तथा विश्व व्यापार संगठनका पूर्वनिर्देशक समेत रहेका प्रियदर्शीले नेपालले भारतीय ...
। मुलुककै अग्रणी मध्येको औद्योगिक घराना पञ्चकन्या ग्रुपले रुपन्देहीको सियारीमा नेपालकै ठूलो यूपीभीसी उद्योग ‘पञ्चकन्या डिमेक्स’स्थापना गरेको छ । उद्योगबाट उत्पादित यूपीभीसीका झ्याल–ढोका एक वर्षदेखि बिक्रीवितरण गर्दै आएको कम्पनीले सोमबार औपचारिक रुपमा आफ्ना चार ब्राण्डका उत्पादन सार्वजनिक गरेको छ । उद्योगले सोमबार अनलाइनखबर डटकम मार्फत पञ्चकन्या डिमेक्स, निओ प्लास्ट, टोनिस र साल गरी चार थरिका यूपीभीसी प्रोफाइलको ...
। बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४.१२ प्रतिशत राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशतअर्थात् ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व सङ्कलन भएको छ । प्रदेश सरकारले आव २०८१/८२ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, ...
: आर्थिक वर्ष २०८१/०८२ मा करिब पौने ३ खर्ब रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ । सरकारले विभिन्न परियोजना विकास र कार्यान्वयनका लागि विकास सहायता निकायसँग ऋण र अनुदानको प्रतिबद्धता पाएको हो । अर्थमन्त्रालयले आर्थिक वर्षको अन्तिम दिन सार्वजनिक गरेको तथ्यांकअनुसार विकास सहायता निकायहरूले नेपालका विभिन्न परियोजना विकासका लागि २ खर्ब ७३ अर्ब रुपैयाँबराबरको प्रतिबद्धता व्यक्त गरेका ...
: आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा ...
: वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय भन्सार विभागले दिएको लक्ष्य पूरा गर्न नसके पनि अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा बढी नै राजस्व संकलन गरेका छन्। नेपालमा हुने आयात–निर्यातको अन्तर्राष्ट्रिय कारोबारको ७० प्रतिशत हिस्सा वीरगन्ज नाकाबाटै ...
। आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो एक खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा १४ ...
: नेपाल राष्ट्र बैंकले सेयरसम्बन्धी मार्जिन ऋणको सीमा बढाएको छ। शुक्रबार आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिगत मार्जिन सीमा बढाएको जानकारी गराएका हुन्। यसअघि व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्‍याइएको हो। सेयर लगानीकर्ताहरूले पनि मार्जिन कर्जाको सीमा हटाउन माग गरेका थिए। उक्त निर्णयले सेयर ...
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 ... Next Last