मुख्य समाचार
अर्थ वाणिज्य
। नेपाल राष्ट्र बैंकले आइतबारसम्म ४ सय १० किलो चाँदी बेचेको छ । केन्द्रीय बैंकले पछिल्लो समय तिहार लक्षित चाँदीका सिक्का मार्फत उक्त परिमाणको चाँदी बिक्री गरेको हो । सुनको मूल्य र आपूर्तिका कारण केन्द्रीय बैंकले यसपालि सुनका असर्फी सर्वसाधारणलाई बिक्री गरेन । केन्द्रीय बैंकले सुनका असर्फी नयाँ नछापेका कारण सर्वसाधारणलाई बिक्री नगरेको जनाएको छ । राष्ट्र बैंकको ...
: कञ्चनपुरमा यस वर्षको धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित सूचना अनुसार मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकिएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार जिल्लामा समर्थन मूल्य निर्धारण गरिएको ...
। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । त्यसैगरी राष्ट्र बैङ्कले ...
— अब एक पटकमा तीन करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार गर्ने कम्पनीले अनिवार्य रुपमा अनुमति लिनुपर्ने भएको छ । सरकारले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै देशभरका महानगर र उपमहानगरपालिकाभित्र कम्पनीमार्फत एक पटकमा तीन करोड रुपैयाँभन्दा माथिको घरजग्गा किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था गरेको हो । सरकारले महानगर र उपमहानगरभित्र जतिसुकै क्षेत्रफलको घरजग्गा कारोबार कम्पनीमार्फत हुन्छ ...
— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने जनाएको छ । विभागले मंगलबार एक सूचना प्रकाशित गरी दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लाष्टिकका बोतल तथा जारको पानीको शुल्क निर्धारण गरिएकाले शुल्कभन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने जनाएको हो । विभागले काठमाडौँ उपत्यकामा एक लिटर बोतलको ...
: कोशी प्रदेशको चालु आर्थिक वर्ष २०८२/०८३ को एक चौथाइ बजेट कटौती भएको छ। पुनर्निर्माणमा खर्च गर्ने गरी बजेट कटौती गरिएको हो। चालु आर्थिक वर्षको कुल बजेटबाट २५ प्रतिशत रकम तत्काल खर्च नहुने गरी रोक्का गर्ने निर्णय प्रदेश सरकारले गरेको छ। सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै आगजनी र बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई ...
। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई आफ्नो नियमनको दायरामा ल्याउने प्रक्रिया सुरु गरेको छ । प्राधिकरणले अनिवार्य दर्ताको व्यवस्था गरी बचत तथा ऋण सहकारी संस्थालाई आफ्नो नियमन तथा सुपरीवेक्षणको दायरा भित्र राख्न लागेको हो । प्राधिकरणले सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थालाई दर्ता नभइ कारोबार गर्न नपाउने व्यवस्था गरेको छ । प्राधिकरणले सञ्चालनमा ...
: १० प्रतिशत निःशुल्क शेयरको माग गर्दै १ महिनादेखि बन्द गरिएको सिन्धुपाल्चोकको भोटेकोशीमा सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना खुलेको छ। भोटेकोशी पावर कम्पनीद्वारा सञ्चालित आयोजनाका प्रतिनिधि, आन्दोलनरत भोटेकोशी जेन–जी समूह, गाउँपालिका जनप्रतिनिधि तथा स्थानीय प्रतिनिधिहरूबीचको सर्वपक्षीय बैठकले स्थानीयलाई १० प्रतिशत निःशुल्क शेयर प्रदान गर्नेसहितको ५ बुँदे सम्झौतासहित सहमति जुटाएको हो। सम्झौतापछि ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ फर्म तथा पसललाई जरिबाना गरेको छ भने १३ वटालाई सामान्य निर्देशन दिएको छ । विभागले नियमित अनुगमन अन्तर्गत आइतबार २९ फर्म तथा पसल अनुगमन गरेको थियो । विभागको अनुगमन टोलीले अनुगमन क्रममा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) र मूल्यसूची नराख्ने १५ फर्मलाई ३ लाख ६५ हजार रुपैयाँ जरिबाना ...
। भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुका किसानहरू मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका छन् । तिहार नजिकिएसँगै मखमली फूलको पकेट क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानहरू मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका हुन् । गुण्डुका प्राय सबै किसानका बारी यतिखेर मखमली फूलले ढकिढकाउ भएका छन् भने घर–घरमा माला गाँस्न किसानहरू व्यस्त छन् । गुण्डुमा ...
। नेपाली किसानहरुले मखमली फूलको मालाको उचित मूल्य नपाएको गुनासो गरेका छन् । साथै उनीहरुले मूल्य निर्धारण गरिदिन पनि माग गरेका छन् । भक्तपुर गुण्डुका किसान सहदेव बस्नेतले पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको बताए । पछिल्लो तीन/चार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनको भनाइ छ। ‘१० वर्ष अगाडिसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो ...
: बैंकिङ प्रणालीमार्फत हुने डिजिटाइजेसन हुने कारोबारलाई थप प्रवर्धन गर्न नेपाल राष्ट्र बैंकले एटीएममार्फत डेबिट कार्डबाट नगद झिक्ने सीमा घटाएको छ । केन्द्रीय बैंकले शुक्रबार भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई जारी गरेको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन,२०८१’मा संशोधन गर्दै डेबिट कार्डको सीमा घटाएको हो । संशोधित व्यवस्थाअनुसार अब ग्राहकहरूले बैंकको एटीएममार्फत डेबिट कार्डको प्रयोग गर्दा प्रतिकारोबार २० हजार, प्रतिदिन ...
। जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा बीमा कम्पनीहरूले डेढ अर्ब रुपैयाँभन्दा धेरै अग्रिम भुक्तानी दिएका छन् । बीमा प्राधिकरणको निर्देशन अनुसार बीमा कम्पनीले उक्त रकम अग्रिम भुक्तानी दिएका हुन् । २३ र २४ भदौमा भएको जेजजी आन्दोलन क्रममा आगजनी, तोडफोडका कारण भएको क्षतिमा दाबी परेको रकमको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिन प्राधिकरणले निर्देशन दिएको थियो । सोही ...
। मनास्लु हिमाल आरोहीबाट १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् १५ करोड ७६ लाख ४० हजार १९५ रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ । आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ३१ ...
। नेपाल राष्ट्र बैंकले क्यासिनो लगायत संस्थालाई विदेशी विनिमय कारोबार गर्दा लाइसेन्स अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले ती संस्थालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अनुसार अनुमति लिएर मात्रै विदेशी मुद्रा कारोबार गर्न निर्देशन दिएको हो । ऐनको दफा ३ बमोजिम विदेशी विनिमय कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र (लाइसेन्स) लिएर विदेशी विनिमय कारोबार गर्नुपर्ने ...
: यसपालीको दशैँमा सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोका बिक्री गत वर्षको तुलनामा घटेको छ। लगातारको वर्षा, बाढी–पहिरोका कारण खसीबोकाको आपूर्ति र बिक्री दुवैमा असर परेको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए। उनका अनुसार असोज महिनाभर अविरल वर्षा परेपछि पहाडी जिल्लाबाट ल्याइने खसीबोकाको ढुवानीमा कठिनाइ भएको हो।। ʻगाउँठाउँबाट ल्याइने खसी सडक ...
First Prev 1 2 3 4 5 6 7 8 ... Next Last