मुख्य समाचार
अर्थ वाणिज्य
— बैंकहरूबीचको सापटी दर (अन्तरबैंक ब्याजदर) तीन प्रतिशतभन्दा तल जान नदिन नेपाल राष्ट्र बैंकले बजारबाट धमाधम पैसा तानिरहेको छ । ब्याजदरलाई स्थायित्व दिन भन्दै पछिल्लो डेढ महिनामा राष्ट्र बैंकले निक्षेप संकलन उपकरणबाट मात्र २ खर्ब ८२ रुपैयाँभन्दा बढी तानिसकेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनमा प्रयोग गर्ने अल्पकालिन उपकरण हो, निक्षेप संकलन । यिनको परिपक्व अवधि ...
— नेपालको कृषि, पर्यटन, जलविद्युत् र सूचना प्रविधिमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री प्रकाशशरण महतले आग्रह गरेका छन् । लगानीका विविध क्षेत्रमध्ये कृषि, पर्यटन, जलविद्युत् र सूचना प्रविधिमा उच्च प्रतिफलको सम्भावना रहेकाले ढुक्क भएर लगानी गर्न अर्थमन्त्री महतले आग्रह गरेका हुन् । ‘लगानीका हिसाबले यी क्षेत्रमा मुख्य आकर्षण भए पनि शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा समेत लगानी गर्दा उत्कृष्ट प्रतिफल ...
— अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि अबको लगानीका सम्भाव्य क्षेत्र भएको बताएका छन् । उनले नेपालमा यी क्षेत्रमा उल्लेख्य सम्भावना रहेको भन्दै लगानीकर्ताहरुलाई यी क्षेत्रमा लगानी गर्न आग्रह गरे । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरु फराकिलो बन्दै गएको बताए । ‘यी चार क्षेत्र ...
— सामानको खरिद बिल, बजार मुल्य र घोषणाको तुलनामा अस्वभाविक मूल्यांकन बढाएर कारोबार गर्नै नसक्ने परिस्थिति बनाएको भन्दै व्यापारीले रसुवा नाकाबाट हुने आयात दुई दिनदेखि ठप्प बनाएका छन् । भन्सारको व्यवहारले केही महिनायता निकै ठूलो आर्थिक नोक्सानी बेहोरे पनि आफूहरूको सुनुवाइ कतै नभएको व्यापारीहरूको गुनासो छ । काम बन्द गरेर छलफलमा रहेका व्यापारीका प्रतिनिधि बुद्धराज बस्नेतले ...
— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले सहजीकरण गरिदिए निजी क्षेत्रले ५ वर्षमै १० हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने बताएका छन् । ‘तामाकोसी बनाउन १२ वर्ष लागेछ, सरकारले १० हजार मेगावाट १० वर्षमा बनाउन सक्छ कि सक्दैन ?’ उनले भने, ‘सरकारले झन्झटिलो प्रक्रियाको अन्त्य गरिदिए ५ वर्षमा १० हजार मेगावाट विद्युत् ...
— अर्थमन्त्री प्रकाशशरण महतले उद्योगी व्यवसायीहरुलाई यथेष्ट सूचना र तथ्यांकका आधारमा मात्रै अभिव्यक्ति दिन आग्रह गरेका छन् । चितवन उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारण सभामा मन्त्री महतले भने, ‘तथ्यमा आधारित भएर बोलिदिनुस्, यथार्थ कुरा ग्रासरुटमा पुग्छ । नभए हामीले जे लक्ष्य लिएर काम गरिरहेका छौँ, त्यसको विपरित परिणाम आउँछ ।’ उनले तथ्यांकलाई एकातिर राखेर ...
— बजारमा पैसा धेरै भएपछि नेपाल राष्ट्र बैंकले निरन्तरजसो बजारबाट पैसा तानिरहेको छ । सोही क्रममा पछिल्ला चार दिनमा मात्र निक्षेप संकलनमार्फत ७५ अर्ब २५ करोड रुपैयाँ बजारबाट तानेको हो । उल्लिखित रकममध्ये ५५ अर्ब २५ करोड रुपैयाँ तानिसेकेको छ भने बाँकी २० अर्ब रुपैयाँ आज बिहीबार तान्नका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । ...
: २०७२ साउनतिर मुलुकले १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेको थियो। घण्टौं विद्युत आपूर्ति नहुँदा सर्वसाधारण आजित थिए। तर, विद्युत् प्राधिकरणले भने ठूला–ठूला उद्योगहरूलाई सहुलियत दिने भन्दै ‘डेडिकेटेड फिडर’ र ‘ट्रंकलाइन फिडर’ नामक प्रणालीको विकास गरेको थियो। सबस्टेशनबाट उद्योगसम्म जाने लाइनलाई डेडिकेडेट फिडर भनिन्छ। २०७२ सालमा महसुलको प्रिमियम दर लागू हुनुभन्दा पहिला डेडिकेडेट फिडर जडान गर्ने गरिन्थ्यो। ...
गोरखा । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन् । एक वर्षको अवधिमा यस वर्ष नौ हजार १६६ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का प्रमुख सन्तोष शेरचनले जानकारी दिए । ‘यस वर्ष अहिलेसम्मकै सर्वाधिक विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा ...
— अर्थमन्त्री प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सधैँ खुला रहेको बताएका छन् । मोरङ व्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री महतले व्यवसायीका समस्या लिखित पठाउन आग्रह गरेका हुन् । उनले उद्योगी व्यवसायीका समस्या छलफलबाटै हटाउन सकिने बताएका छन् । ‘विदेशबाट फर्केर आएका युवाहरुले पूँजी र सीप लिएर आएका ...
— बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिरेको छ । हिमाल आइरनले सोमबार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । हिमालको ८ करोड १२ लाख रुपैयाँ बक्यौता छ । ...
। अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी–व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सधैं खुला रहेको बताएका छन् । मोरङ व्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले उद्योगी–व्यवसायीका समस्या लिखित रुपमा पठाउन वा प्रत्यक्ष भेटेर समस्या हटाउन आग्रह गरे । उनले नेपालमै उद्योग व्यवसायको माहोल बढाउन र रोजगारी सिर्जना गर्न समेत आह्वान गरेका ...
। नेपालले एक वर्षको अवधिमा १० लाख १५ हजार पर्यटकलाई स्वागत गर्न सफल भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२३ देखि डिसेम्बर २०२३ को एक वर्षको अवधिमा १० लाख १४ हजार ८७६ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् । यस वर्ष भारतीय र अमेरिकी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । यो आगमन सन् ...
। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई बढीमा ६० किस्तासम्म बिजुलीको महसुल तिर्न पाउने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समिति -बोर्ड)को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल ...
: पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले भारतबाट सामान्य वृद्धि भएर आए पनि पेट्रोलको मूल्य यथावत राखेको हो। निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा ०.४१ रुपैयाँ मूल्य बढाएर पठाइएको थियो भने डिजेलमा ०.१२ र ग्यासमा प्रतिसिलिण्डर ०.२० रुपैयाँ घटाएर पठाएको थियो। ग्यासमा प्रतिसिलिण्डर ३००.४१ रुपैयाँ नोक्सानी रहेको भन्दै निगमले पेट्रोलियम पदार्थको ...
— डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्रमाण नदेखाएसम्म बक्यौता नतिर्ने उद्योगीहरूले अडान लिएका छन् । उद्योगीहरूले आइतबार पत्रकार सम्मेलन गरी नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेको बिजुलीको प्रमाण नदेखाउने तर एकोहोरो बिजुली काटिरहेको दाबी गरे । गत भदौ १७ मै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरे १५ दिनभित्र लाइन काट्ने सूचना जारी गरेको प्राधिकरण प्रधानमन्त्रीको निर्देशनका कारण ...