मुख्य समाचार
अर्थ वाणिज्य
। सडकले विकासका धेरै सम्भावना खोल्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिकामा सोमबार आयोजित बृहत गोरु जुधाइ तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सो भेगबाट मध्यपहाडी लोकमार्ग लैजाने प्रस्ताव आफूले गरेको बताए । सुरुमा पाँचखालबाट काठमाडौं हुँदै झोरबाट छहरे झार्ने योजना रहेको भन्दै उनले काठमाडौंबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर ...
— चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुस) मा सरकारी खाता (वित्त) करिब साढे ४८ अर्ब रुपैयाँले घाटामा देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्ममा पाँच खर्ब १८ अर्ब १५ करोड आम्दानी गरेको छ भने यो अवधिमा पाँच खर्ब ६६ अर्ब ६२ करोड खर्च भएको छ । यसमा पनि पुँजीगत खर्च भने करिब १६ ...
— अर्थमन्त्री प्रकाशशरण महतले सन् २०२३ मा अर्थतन्त्र समस्यामा रहेको र अब बिस्तारै सुधारका संकेत देखिन थालेको दाबी गर्दै आएका छन् । पछिल्ला हरेक कार्यक्रममा यही कुरा दोहोर्‍याउने गरेका छन् । सरकारी वित्तका सूचकअनुसार लक्ष्यअनुसार प्राप्ति नभए पनि यसअघिको तुलनामा प्रगति भएको उनको दाबी छ । मुलुकको अर्थतन्त्र विगतको प्रतिकूल अवस्था छिचोलेर बिस्तारै सकारात्मक दिशातर्फ उन्मुख हुँदै ...
: पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजेल र मट्टितेलमा १/१ रुपैयाँ मूल्य घटाएको हो। भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य राति १२ बजेदेखि ...
: राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक सेवाग्राहीको ३ लाख ४३ हजार रकम गायब भएको छ। झापाको शिवसताक्षी नगरपालिका–६ स्थित राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाको खाताबाट स्थानीय आशाकुमारी राजवंशीको रकम गायब भएको हो। उनको महालक्ष्मी सेभिङ खाता नम्बर २१७०१०००००२६३००४ बाट सो रकम गायब भएको उनका श्रीमान् कृष्णकुमारले इलाका प्रहरी कार्यालय दमकमा आइतबार लिखित उजुरी दिएका छन्। ...
: सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी प्रक्रिया अगाडि बढाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार निर्माण व्यवसायीहरूसँग छलफल गर्दै भुक्तानी प्रक्रियालाई अगाडि बढाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री सचिवालयका अनुसार आजैदेखि भुक्तानी प्रक्रिया अगाडि बढाइने छ। लामो समयदेखि भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू आन्दोलित बनेका थिए। काम गरेको भुक्तानी माग गर्दै निर्माण व्यवसायीहरूले सिंहदरवारदेखि बालुवाटारसम्म घेराउ गरेका थिए। प्रधानमन्त्री ...
— पुर्वी नवलपरासीका किसानले आफूहरुले उत्पादन गरेको तरुलले उचित मुल्य नपाएको गुनासो गरेका छन् । अघिल्लो वर्ष प्रति धार्नी १ सय ५० देखि १ सय ८० रुपैयाँसम्म बिक्री गरेका उनीहरुले यसवर्ष विचौलियाका कारण प्रति धार्नी १ सय २० देखि १ सय ४० रुपैयाँमात्रै पाएको गुनासो गरेका छन् । बुलिङ्गटार गाउँपालिका-५ का किसान कृष्णबहादुर सारुले यसवर्ष ...
— अर्न्तराष्ट्रिय बजारअनुसार मूल्य समायोजन नगरेको आयल निगमले गत आर्थिक वर्षमा ११ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको छ । निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार यो रकम कर बाहेक हो । गत वर्ष करसहित करिब १६ अर्ब रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको असोजदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटेपनि ...
। नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ । शुक्रवार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषद बैठकले लाइन काटिएका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको ...
— गत मंसिर महिनामा मुलुकको कुल विदेशी विनिमय (मुद्रा) सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो १४.८ प्रतिशतले बढेको हो । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड ...
— गत मंसिरमा मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । डेढ वर्षअघि निकै कमजोर अवस्थामा रहेको भनिएको विदेशी मुद्रा सञ्चिति गत मंसिरमा अमेरिकी डलरमै हालसम्मकै सबैभन्दा धेरै रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत मंसिरसम्म नेपालको कुल विदेशी मुद्रा सञ्चिति १३ अर्ब ३१ करोड अमेरिकी डलर (१७ खर्ब ६७ अर्ब रुपैयाँ) ...
— अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको संख्या अझ बढ्ने प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ । आईएलओले ‘२०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै बढ्दो सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तर्राष्ट्रिय श्रम बजारमा बेरोजगार हुनेको संख्या बढ्ने भन्दै चिन्ता जनाएको छ । आईएलओले कोरोनापछि आर्थिक अवस्था कमजोर भएकाले श्रम ...
— आगामी वर्षमा नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावना प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको हो । विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको वृद्धि तुलनात्मक रूपमा राम्रो रहने प्रक्षेपण विश्व बैंकले गरेको हो । चालु आर्थिक वर्षमा नेपालको आर्थिक ...
। विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो देखाएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ अनुसार सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने छ । यसै वर्ष अर्थात चालु ...
। अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री डा. महतले निम्तो दिएका हुन् । सम्बोधनका क्रममा मन्त्री डा. महतले भने, ‘नेपालमा ...
। नेपालका ठूला जलविद्युत् आयोजनामध्ये एक अपर अरूण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । ईआईए प्रतिवेदन तयार भई स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइएको छ । अपर अरूण नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर अरूण हाइड्रोइलेक्ट्रिक लिमिटेडबाट अगाडि बढाइँदैछ । संखुवासभाको भोटखोला गाउँपालिकामा पर्ने यो आयोजनामा विश्व बैंकको नेतृत्वमा लगानीकर्ताहरुले ...
First Prev ... 15 16 17 18 19 20 21 22 23 24 25 ... Next Last