मुख्य समाचार
अर्थ वाणिज्य
: नेपाल चीन बीचको उत्तरी नाका तातोपानीबाट चालु वर्षको १० महिनामा साढे ४ अर्ब मूल्य बराबरका १ हजार ४ सय विद्युतीय सवारीसाधन आयात भएको छ। जेठको पहिलो साताभित्र मात्रै ५ सय १२ सवारीसाधन नाकाबाट भित्रिएका छन्। यसरी आउनेमा सबैभन्दा बढी ५१ देखि १ सय किलोवाटसम्मका गाडी छन्। त्यसबाहेक विद्युतीय माइक्रो २१ वटा भित्रिएका छन्। नाकाबाट ...
झण्डै टाट पल्टिन लागेको कम्पनीलाई विश्वकै तेसो ठूलो कम्पनी बनाउन सफल व्यक्ति हुन् जेन्सेन हुआङ । प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको नेतृत्वमै एआई चिपमेकर कम्पनी एनभिडिया २ ट्रिलियन डलरको कम्पनी बनेको छ । कूल बजार पुँजीकरण २.२२ ट्रिलियन डलर रहेको एनभिडिया माइक्रोसफ्ट र एप्पलपछि विश्वको तेस्रो मूल्यवान कम्पनी हो । कम्पनीलाई यो स्थानसम्म ल्याइपुर्‍याउने प्रमुख श्रेयचाहिँ यसको नेतृत्वलाई ...
। अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डकै प्रस्तावअनुसार ‘ब्रोकर कमिसन’ घटाउन स्वीकृत दिए पनि कार्यान्वयनमा भने आलटाल देखिएको छ । एक साताअघि अर्थमन्त्री वर्षमान पुनले मन्त्रीस्तरीय निर्णय गर्दै बोर्डको प्रस्तावअनुसार कमिसन दर घटाउन स्वीकृति दिएका थिए । तर, बोर्डले स्वीकृति पाइसकेपछि भने कार्यान्वयनमा आलटाल गरेको छ । खासगरी बोर्डमा अहिले अध्यक्ष नियुक्ति प्रक्रिया चलिरहेको छ । अध्यक्ष नियुक्तिका ...
। नेपाल सरकारले विश्व बैंकबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने १ सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो । विश्व बैंक नेपालको सबैभन्दा ठूलो विकास साझेदारमध्ये एक हो ।
। १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।
: आर्थिक वर्ष २०८०/०८१ को ९ महिनासम्ममा ११ वाणिज्य बैंकहरू कारबाहीमा परेका छन्। नेपाल राष्ट्र बैंकले निर्देशन गरेका नीतिनियम उल्लंघन गरेको भन्दै बैंकलाई जरिबानादेखि गल्ती नदोहोर्‍याउन सचेत गर्ने जस्ता कारबाही गरेको हो। केन्द्रीय बैंकको बैंक सुपरिवेक्षण विभागले गरेको कारबाहीमा सम्पत्ति शुद्धीकरणमा चुकेका पाँच विकास बैंक र वित्त कम्पनीलाई पनि यसबारे सचेत गराइएको छ। यसमा लुम्बिनी, ...
— आफ्नो निर्देशन पालना नभएको भन्दै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चार वटा वाणिज्य बैंक र दुई वटा विकास बैंक गरी ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ । यसरी राष्ट्र बैंकको कारवाहीमा पर्ने बैंकहरुमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र लक्ष्मीसनराइज बैंक छन् । बाँकी दुई ...
। उद्योग विभागले लगानी सम्मेलनमा ९ अर्ब १३ करोडको लगानी स्वीकृत गरेको छ । विभागका अनुसार विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको हो । विभागका अनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, काठमाडौंमा व्यावसायिक भवन निर्माणका लागि ३ अर्ब लगानी स्वीकृत भएको छ । यस्तै संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ ...
। नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज नाइनएन–एकेएक्स जहाज इजरायलबाट काठमाडौं ल्याइएको छ । इन्जिन मर्मतका लागि पछिल्लो तीन महिनायता इजरायलमा थियो । त्यसअघि नेपालमै लामो समय ग्राउन्डेड रहेको यो जहाजलाई लामो समय उडानयोग्य बनाउन नसक्दा राष्ट्रिय ध्वजाबाहक नेवानिले करोडौं आर्थिक क्षति बेहोर्नु परेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार जहाज दुबई हुँदै शनिबार राति ९ः५६ मा ...
: आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माण प्रक्रियामा जुटेको अर्थ मन्त्रालयले सबै पक्षको सुझावलाई बटुल्नमा जोड दिइरहेको छ। समग्रमा मुलुकको अर्थतन्त्र अपेक्षाअनुसार चलायमान नभइरहेका बेला अब्बल बजेट ल्याउन अर्थमन्त्री वर्षमान पुनले विभिन्न पक्षसँगको छलफलमा जुटेका हुन्। यसैक्रममा, अर्थमन्त्री पुनले बुधबार पछिल्लो २० वर्षयताका ७ पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिए। पूर्वअर्थमन्त्रीहरूले पनि ठूलो आकारको बजेट कार्यान्वयन नहुने ...
— विद्युत अभावमा देशकै ठूलो पर्सा–बारा औद्योगिक करिडोर संकटमा रहेको बेला भारतबाट जम्मा १ सय ५० मेगावाट विद्युत आयात भइरहेको छ । १ सय ३२ केभीए रक्सौल–परवानीपुर प्रशारण लाइनबाट हाल दैनिक १ सय २० देखि १ सय ५० मेगावाट मात्र बिद्युत प्राप्त भइरहेको विद्युत प्राधिकरण लोड डिस्प्याच सेन्टर कलंकी श्रोतले जनाएको छ । सेन्टर श्रोतका ...
First Prev ... 12 13 14 15 16 17