मुख्य समाचार
अर्थ वाणिज्य
। अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८३ पैसा कायम भएको छ भने खरिददर मूल्य १३३ रुपैयाँ २३ पैसा कायम भएको छ । इरान र इजरायलको द्वन्द्व बढेसँगै अमेरिकी डलर महँगिएको हो । इरानको आक्रमणपछि इजरायलले अमेरिका बेलायतसहित अन्तर्राष्ट्रिय मुलुकहरूको समर्थन ...
। नेपाल वायुसेवा निगम (नेवानि) ले अन्तर्राष्ट्रिय उडानका लागि जहाज खरिद गर्न लिएको ऋणको चैतको किस्ता भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई नेवानिले चैत महिनाको किस्ता भुक्तानी गरेको हो । नेवानिले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्न ती दुई कोषबाट ऋण लिएको थियो । नेवानिका अनुसार दुई न्यारोबडी जहाजको चैत ...
: पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य भोलि विहान १ बजेदेखि लागू हुनेछ। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य १६१ रुपैयाँ पुगेको छ।
। चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२ दशमलव २४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख ...
। पर्यटनसँग सम्बन्धित संघ संस्थाले विलासिता कर हटाउन अर्थमन्त्री वर्षमान पुनसँग माग गरेका छन् । आगामी बजेटलाई सुझाव दिन अर्थ मन्त्रालय पुगेका व्यवसायीले यस्तो माग गरेका हुन् । पर्यटन संघ संस्थाहरूको तर्फबाट आगामी बजेटले सम्बोधन गर्नुपर्ने विषयहरु राख्दै होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपालको वर्तमान पर्यटन क्षेत्रले ३५ लाख पर्यटक लगायतका सेवाग्राहीलाई स्तरीय सेवा प्रदान ...
। लगानी बोर्ड नेपालले आफ्नो वेबसाइटको होमपेजमा ‘ह्वाई इन्भेष्ट इन नेपाल ?’ (नेपालमा किन लगानी गर्ने ?) भनेर केही बुँदाहरू उल्लेख गरेको छ । जसमा दक्षिण एशियाका मुलुकसँग तुलना गरेर नेपाललाई दोस्रो औद्योगिक वातावरण भएको देश भनिएको छ । यस्तै प्रतिस्पर्धी व्यापार लजिस्टिक र प्रतिस्पर्धी अर्थतन्त्र भएको देश उल्लेख गरिएको छ । त्यसका साथै ७१.५ प्रतिशत ...
— वैदेशिक लगानीका लागि नेपालमा सहज वातावरण रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) को टोलीसँगको भेटमा गभर्नर अधिकारले वैदेशिक लगानीका लागि राज्यले सबै प्रकारको सहजता उपलब्ध गराउने बताएका हुन् । गभर्नर अधिकारीले नेपालमा वैदेशिक लगानी स्वीकृति प्रक्रिया र संस्थागत व्यवस्थाबारे भ्रमण टोलीलाई जानकारी गराएका ...
: एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो । भेटका क्रममा मन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए । जवाफमा प्रतिनिधि मण्डलको नेतृत्व गरेका एआईआईबी निर्देशक आरएमपी ...
— नेपालमा निर्माणाधीन आयोजनालाई छिटो कार्यान्वयन गर्न नेपाल र चीनबीच छलफल भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका विदेशमन्त्री वाङ यी बीच मंगलबार बेइजिङमा भएको भेटवार्तामा नेपालमा चिनियाँ लगानी र सहयोगमा निर्माणाधीन आयोजना छिटो कार्यान्वयन गर्ने सम्बन्धमा जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको हो । उपप्रधानमन्त्री श्रेष्ठ र विदेशमन्त्री वाङबीच नेपालले सन् २०१७ मा हस्ताक्षर ...
। विश्व बैंकले नेपालको लेखा प्रणाली उत्कृष्ट रहेको बताएको छ । विश्व बैंककी उपाध्यक्ष एवम् फाइनान्स र अकाउन्ट हेर्ने निर्देशक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताइन् । ‘मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गरेकी थिएँ,’ उनले भनिन्, ‘नेपालको लेखा ...
। सरकारले प्राथमिकता दिई निर्माण गरेको चोभारस्थित सुक्खा बन्दरगाहबाट पछिल्लो आठ महिनामा ६५ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । तर, निर्यात ठप्प छ । सरकारले संरचना निर्माण गरे पनि यसको सञ्चालनका लागि आवश्यक पूर्वतयारीका काम समयमै सम्पन्न नगर्दा अपेक्षित व्यापार हुन सकेको छैन । चोभार सुक्खा बन्दरगाहमा अहिले भारतीय नाका हुँदै आएका सामानमात्र ...
। साना तथा मझौला कम्पनीका सेयरको कारोबारका लागि ल्याउन लागिएको ‘एसएमई प्लेटफर्म’ सम्बन्धी फाइल अर्थ मन्त्रालयमा गएर रोकिएको छ ।साना कम्पनीले सर्वसाधारणलाई सेयर तथा ऋणपत्र निष्कासन गरी पूँजी जुटाउने र ती धितोपत्र नेपाल स्टक एक्स्चेन्जमा कारोबार गराउने उद्देश्यले ‘एसएमई प्लेटफर्म’को योजना अघि सारिएको छ । साना कम्पनीको सेयरको कारोबारलाई नेप्सेको समग्र इन्डेक्सबाट छुट्याएर छुट्टै प्लेटफर्मबाट गराउन ...
। अर्थमन्त्री वर्षमान पुनले मन्त्रालय सम्हालेसँगै आफूले भुक्तानी बढाएको र यसले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताउँदै आएका छन् । तथ्यांक अनुसार पछिल्लो १५ दिनमा अर्थले साढे ५५ अर्ब रुपैयाँ भुक्तानी गरेको देखिन्छ । तर, यसको ठूलो हिस्सा पुनः चालु खर्च र वित्तीय व्यवस्थामा हुँदा अर्थमन्त्रीले दाबी गरेजस्तै अर्थतन्त्र चलायमान बनाउन भने उल्लेख्य भूमिका खेल्दैन । महालेखा ...
। बैंकबाट व्यावसायिक ऋण लिएका व्यक्तिलाई सञ्चालक बन्न कडाइ गर्ने गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन हुने भएको छ । बिहीबार अर्थमन्त्री वर्षमान पुनले बाफिया संशोधन विधेयक प्रस्तुत गर्दै चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी व्यावसायिक ऋण छ भने त्यस्तो व्यक्ति बैंक सञ्चालक बन्न आयोग्य हुने व्यवस्था प्रस्ताव गरेका हुन् । ‘सम्बद्ध व्यक्ति वा निजको ...
। काठमाडौं चोभारस्थित सुक्खा बन्दरगाहबाट गत आठ महिनामा ६५ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा चोभारबाट उक्त रकम बराबरको सामान आयात भएको हो । चोभारबाट निर्यात भने नगण्य छ । नेपालमा कुल ३० भन्सार बिन्दुबाट सामान आयात–निर्यात हुने गर्छ । आठ महिनामा कुल ...
। डिजिटल मुद्रा ल्याउन कानुन संशोधनको प्रस्ताव गरेको छ । प्रतिनिधि सभामा दर्ता भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा यस सम्बन्धी व्यवस्था छ । डिजिटल मुद्रालाई परिभाषा खण्डमै राखिएको छ । ‘डिजिटल मुद्रा भन्नाले राष्ट्र बैंकबाट जारी भएको डिजिटल मुद्रा सम्झनुपर्छ’ प्रस्तावित विधेयकमा छ । प्रचलित ऐनको परिच्छेद ७ मा ...
First Prev ... 8 9 10 11 12 13 14 15 16 17 18 ... Next Last