मुख्य समाचार
खेलकूद
। ‘मिनी विश्वकप’ मानिने युरो २०२४ को सेमिफाइनल खेल्ने ४ वटा टोलीको टुङ्गो लागिसकेको छ । २४ टिमबाट सुरु भएको खेलमा स्पेन, फ्रान्स, इंग्ल्यान्ड र नेदरल्यान्ड्स सेमिफाइनल पुगेका छन् । सेमिफाइनलमा स्पेन र फ्रान्स तथा नेदरल्यान्ड्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यस पटक क्वाटर फाइनलमै हेभिवेट टिमहरूको भिडन्त भयो । आयोजक तथा ३ पटकको विजेता जर्मनी क्वाटरफाइनलबाटै ...
। ३० महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण सक्ने गरी भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ । भरतपुर महानगरपलिका कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र निर्माण कम्पनीको तर्फबाट विकास गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा रंगशालाको काम २०८३ पुस २२ गतेभित्र सक्ने ...
। यही जुलाई २६ देखि अगष्ट ११ सम्म फ्रान्समा हुने ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीहरूसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छलफल गरेका छन् । ओलम्पिकका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूको तयारी र सरकारका तर्फबाट गर्नुपर्ने कामका विषयमा सदस्य सचिव घिसिङले खेलाडीहरूसँग छलफल गरेका हुन् । ओलम्पिकमा नेपालका तर्फबाट ६ खेलमा ७ खेलाडी सहभागी हुँदैछन् । त्यसमध्ये ...
। कोपा अमेरिका २०२४ मा कोलम्बियाले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगिसकेको छ । कोलम्बियाको यो यात्रामा कोही खेलाडी लयमा छन् भने ३२ वर्षीय मिडफिल्डर जेम्स रोड्रिगेज नै हुन् । कोलम्बियाले अहिलेसम्म चार खेल खेल्दा रोड्रिगेज तीन पटक त प्लेअर अफ दि म्याच नै बने । उनले मैदानमा पनि त्यही अनुसार प्रदर्शन गरेका छन् । सन् २०१४ को ...
। इंग्ल्याण्डका फरवार्ड बुकायो साकाले आफ्नो टिमका खेलाडीहरुको जीवन परिवर्तन गर्न र इतिहास बनाउनका लागि अब दुई खेल मात्र टाढा रहेको बताएका छन् । जर्मनीमा जारी युरो २०२४ अन्तर्गत स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनल पुगेपछि साकाले यस्तो बताएका हुन् । सन् २०२० को युरो फाइनलमा इटलीविरुद्ध साकाले पेनाल्टी मिस गरेका थिए। जहाँ इंग्लयाण्ड पेनाल्टी सुटआउटमा पराजित हुँदै ...
। जर्मनीमा भइरहेको युरो २०२४ को सेमिफाइनल समीकरण तय भएको छ । शनिबार राति भएको अन्तिम दुई क्वाटरफाइनल पछि सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो । तीन पूर्वविजेता स्पेन, फ्रान्स र नेदरल्याण्ड्ससँगै साविक उपविजेता इंग्ल्याण्ड अन्तिम चारमा पुगेका छन् । अब पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्ससँग र दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सले इंग्ल्याण्डसँग खेल्नेछ । नेदरल्याण्ड्सले टर्कीविरुद्ध २-१ को पुनरागमन जित्दै ...
। ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । लसभेगासमा आइतबार बिहान भएको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो । निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । उरुग्वेका लागि फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन डे अराकास्टा र मानुएल उगार्टेले पेनाल्टीमा ...
। पानामालाई ५-० ले पराजित गर्दै कोलम्बिया कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । अरिजोनास्थित स्टेट फार्म स्टेडियममा आइतबार बिहान भएको क्वाटरफाइनलमा कोलम्बियाले सहज जित निकालेको हो । कोलम्बियाले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गर्‍यो । उसका लागि जुवान कोर्डोबाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । जेम्स रोड्रिगेजले १५औं मिनेटमा ...
। टर्कीविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्याण्ड्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनस्थित ओलम्पिक स्टेडियममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्डले एक गोलले पछि परेको स्थति उल्ट्याएर टर्कीलाई २-१ ले हरायो । नेदरल्याण्ड्सको जितमा आत्मघाती गोल निर्णायक बनेको थियो । टर्कीका मेरट मुलडुरले ७६ औं मिनेटमा गरेको आत्मघाती गोलमा नेदरल्याण्ड्स विजयी भएको हो । त्यसअघि समेट ...
। स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मनीको डुसेलडर्फमा शनिबार राति भएको क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराएको हो । निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । इंग्ल्याण्डका लागि ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले अन्तिम पेनाल्टी गोलमा परिणत गर्दै ...
। एसिया कपको अनुभवले टी–२० विश्वकप खेल्दा छुट्टै आत्मविश्वास आएको अनुभव साट्दै राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले महिला टोलीलाई शुभकामना दिए, ‘यो अवसरलाई इन्जोय गर्नुस् । अनि, एक ओभरले पनि खेल परिवर्तन हुन्छ, त्यो विश्वास राखिराख्नुस् ।’ रोहितले जस्तै पूर्वकप्तान समेत रहेका नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्का र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले ...
– भारत पहिलो टी-२०आई खेलमा घरेलु टोली जिम्बावेसँग १३ रनले पराजित भएको छ । योसँगै पाँच खेलको सिरिजमा जिम्बावेले १(-०को अग्रता लिएको छ । ११६ रनको लक्ष्य पछ्याएको भारत १९.५ ओभरमा १०२ रनमा अल आउट भयो । कप्तान शुभमन गिलले २९ बलमा ५ चौकासहित सर्वाधिक ३१ रन बनाए । वासिन्टन सुन्दर २७, आवेश खान १६, ऋतुराज ...
। युरो २०२४ को चौथो तथा अन्तिम क्वाटरफाइनलमा आज राति टर्कीले नेदरल्यान्ड्सको सामना गर्दैछ । टर्कीका डिफेन्डर मेरिह डेमिरलले अस्ट्रियासँगको खेलमा अतिवादी राष्ट्रिय इसारा गरेका थिए र यसै कारण उनीमाथि दुई खेलको प्रतिबन्ध लागेको छ । यही प्रतिबन्धका कारण टर्की र जर्मनीबीच कूटनीतिक सम्बन्ध समेत चिस्सिएको छ । यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् : – टर्कीका ...
। क्यानडा कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको क्वाटरफाइनलमा भेनेजुएलालाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै पहिलो पटक कोपा खेलिरहेको क्यानडाले अन्तिम चारको यात्रा तय गरेको हो । अब सेमिफाइनलमा क्यानडाले साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ । सुरुआती पाँच पेनाल्टी प्रहार गर्दा दुवै टिमले ३-३ गोल गरेका थिए । भेनेजुएलाका लागि छैटौं पेनाल्टी ...
। पोर्चुगललाई पेनाल्टीसुटआउटमा पराजित गर्दै फ्रान्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा दुई पटकको विजेता फ्रान्सले एक पटकको विजेता पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गरेको हो । फ्रान्सका लागि थियो हर्नानर्डजले विजयी पेनाल्टी प्रहार गरे । त्यसअघि उसमान डेम्बेले, युसुफ फोफाना, जुल्स मोन्डे र ब्राडली बार्कोलाले गोल गरेका थिए । पोर्चुगलका ...
: नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई 'ए' ग्रेडमा अनुबन्धन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले ६ महिनाका लागि केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो। उनको अनुबन्धन जुलाई १ देखि डिसेम्बर ३१ सम्म रहने क्यानले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। टी-२० अन्तर्राष्ट्रियमा एक सय रन पूरा गरेकोमा क्यानले लामिछानेलाई बधाइसमेत ...
First Prev ... 82 83 84 85 86 87 88 89 90 91 92 ... Next Last