मुख्य समाचार
खेलकूद
: आईसीसी टीट्वेन्टी विश्वकप सुरु हुन अब एक साता मात्रै बाँकी छ। आगामी जुन २ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि सहभागी सबै २० वटै टोली तयारीमा जुटेका छन्। सहभागीलाई २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। दोस्रो पटक विश्वकप खेल्न लागेको नेपाल समूह ‘डी’मा छ। यो समूहमा पूर्वविजेता श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, ...
: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) युवा तथा खेलकुद मन्त्रालयमा सोमबार प्रस्तुत गरेको छ। पुल्चोक इन्जिनियरिङ कल्सल्टेन्सीले राखेप सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएको डीपीआर सोमबार सिंहदरबारस्थित मन्त्रालयमा प्रस्तुत गरिएको हो। करिब एक वर्षअघि राखेपको आयोजनामा भएको खेलकुद पूर्वाधार नीति संवादका दौरान मूलपानी क्रिकेट रंगशाला विगतकै प्रक्रियामा बजेट विनियोजन हुने ...
: राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन्। वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दैछ। टी-२० विश्वकप जुन १ तारिखदेखि सुरु ...
। क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा आइतबार पनि हेर्न नमिल्ने भएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो । यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो । प्रत्यर्थीहरू झिकाउने आदेशमा यसअघि नै संलग्न भएपछि हेर्न नमिल्ने आदेश भएको हो ...
। तीन महिना अन्तर्राष्ट्रिय क्रिकेटमा ब्यस्त हुँदै नेपालले आईसीसी टी–२० विश्वकप २०२४ को तयारी पूरा गरेको छ । गत फागुनमा क्यानडासँग तीन खेलको ओडीआई सिरिजदेखि वेष्टइण्डिज ए सँग पाँच खेलको टी–२० सिरिजसम्मको अभ्यास र तयारीपछि नेपाल विश्वकप खेल्न जान तयार भएको छ । पछिल्लो दुई महिनामा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग त्रिक्रोणात्मक सिरिजका ५ खेल, आयरल्यान्ड ए सँग ...
। रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गएराति गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ । एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो । बैंग्लोरले १४८ रनको विजय लक्ष्य १३.४ ओभरमा ६ विकेटमा पूरा गर्‍यो । बैंग्लोरका लागि फाफ डु प्लेसिसले २३ बलमा ३ छक्का र १० चौका ...
। रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको छ । त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३-० ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । उपाधि जित्न रियललाई एक अंक आशव्यक थियो । ...
। एर्लिङ हालान्ड एक्लैले चार गोल गरेपछि म्यानचेष्टर सिटीले प्रिमयर लिगमा वल्भसलाई ५-१ ले सहजै पराजित गरेको छ । हालान्डले प्रिमियर लिगमा पहिलो पटक एकै खेलमा चार गोल गरेका हुन् । शीर्ष स्थानको आर्सनललाई पछ्याइरहेको सिटी लगातार चार प्रिमियर लिग उपाधि जित्ने अभियानमा छ । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा हालान्डले पहिलो हाफमै ह्याट्रिक गरेका थिए ...
— लुटन टाउनले इंग्लिस प्रिमियर लिगमा शनिबार एभरटनसँग १–१ को बराबरी खेलेको छ र यो नतिजाले रेलिगेसनबाट बच्न संघर्षरत उसलाई अझ गाह्रो पार्नेछ । यस खेल अगाडि एभरटन आफैं रेलिगेसनबाट बच्ने निश्चित भइसकेको थियो । एभरटनले खेलको २४ औं मिनेटमा डोमिनिक क्लेभर्ट लेविनको पेनाल्टी गोलले अग्रता लिएको थियो । एलिजह एडेबायोले ३१ औं मिनेटमा बराबरी गोल ...
— मिचेल स्टार्कले अनुशासित बलिङ गर्दै चार विकेट लिएपछि कोलकाता नाइट राइडर्सले शुक्रबार आईपीएल २०२४ मा मुम्बई इन्डियन्सलाई २४ रनले पराजित गरेको छ । जितका लागि कमजोर मानिने १ सय ७० रन पछ्याएको मुम्बई वानखडे स्टेडियममा १८.५ ओभर मात्रै टिक्यो र १ सय ४५ रन बनाएर अलआउट भयो । सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाएर ...
— ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध शनिबार पाँचौं तथा अन्तिम ट्वान्टी–२० खेल खेलेपछि नेपाली राष्ट्रिय टोली दुई चरणमा विश्वकपका लागि फ्लोरिडा लाग्ने तालिका रहेको छ । अमेरिका र वेस्ट इन्डिजमा जुनमा आयोजना हुने ट्वान्टी–२० विश्वकपका लागि एक समूहमा आइतबार (बिहान २.३० बजे) र आइतबार दिउँसो गरी दुई ...
: अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज एलाई ६ विकेटले पराजित गरेको छ। कुशल मल्लले आक्रामक ब्याटिङ गरेपछि वेस्ट इन्डिज एले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल अगावै पूरा गर्‍यो। मल्लले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। उनले १९औं भरमा लगातार बाउन्ड्री प्रहार गरेका थिए। नेपाललाई जित दिलाउन अनिल साह र आसिफ ...
— आसिफ शेख र अनिल साहले अर्धशतक बनाएपछि नेपालले ट्वान्टी २० क्रिकेट शृंखलाको पाँचौं तथा अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ७३ रनको लक्ष्य नेपालले ७ बल अगाडि नै पुरा गर्‍यो । आसिफ र अनिलले दोस्रो विकेटमा ७१ बलमा ९६ रनको साझेदारी तथा ...
: वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले टी–२० शृंखलाअन्तर्गत अन्तिम खेल आज खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँचौं खेल १२:१५ बजेबाट सुरू हुने छ। नेपाललाई पराजित गर्दै वेस्ट इन्डिजले एक खेलअगावै शृंखला ३-१ ले जितिसकेको छ। यो शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको हो। नेपालले गत शनिबार पहिलो खेलमा वेस्ट इन्डिजलाई ४ विकेटले पराजित ...
— साताअघि (बिहीबार) नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पाँच ट्वान्टी–२० खेलको शृंखला खेल्ने १६ सदस्यीय टोली घोषणा गरेको थियो । यहींबाट उत्कृष्ट १५ खेलाडीले अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने निश्चित जस्तै थियो । तर, यो सूचीमा सागर ढकाल र कमलसिंह ऐरी थिएनन् । भोलिपल्ट शुक्रबार वेस्ट इन्डिज ‘ए’ विरुद्धको ...
— भिनिसियस जुनियरले गरेको दुई गोलको मद्दतले रियल म्याड्रिडले मंगलबार युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा बायर्न म्युनिकलाई २–२ को बराबरीमा रोकेको छ । रियलले २४ औं मिनेटमा भिनिसियको गोलले २४ औं मिनेटमा अग्रता लिएपछि बायर्नले दुई गोल गरेको हो । त्यसमा लिरोय सेन र ह्यारी केनले गोल गरेका थिए । केनले पेनाल्टीबाट गोल गरेका हुन् ...
First Prev ... 81 82 83 84 85 86 87 88 89 90 91 ... Next Last