मुख्य समाचार
खेलकूद
। विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल मेला पेरिस ओलम्पिक २०२४ को आज उद्घाटन हुँदैछ । गृष्मकालीन ओलम्पिकको यो ३३ औं संस्करण हो । पेरिसमा एक सय वर्षपछि ओलम्पिक आयोजना हुन लागेको हो । २०६ राष्ट्र र क्षेत्रका १० हजारभन्दा बढी खेलाडीले पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरूले ३२ खेलको ३२९ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन । ब्रेक डान्सले ...
। विश्व विजेता स्पेनसहित ब्राजिल र अमेरिकाले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा विजयी सुरुआत गरेका छन् । समूह सी मा रहेको उपाधि दाबेदार स्पेनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जापानलाई २-१ ले पराजित गरेको हो । आओबा फुजिलोले १३औं मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाएकी थिइन् । तर, अइटना बोनमाटीले २२औं मिनेटमा स्पेनका लागि बराबरी ...
। श्रीलंकामा जारी एसीसी वुमन्स एसिया कप २०२४ मा नेपाल समूह ए बाट २ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । यूएईलाई ६ विकेटले हराउँदै सानदार सुरुवात गरेको नेपाल पाकिस्तानसँग ९ विकेट र भारतसँग ८२ रनले हार्दै बाहिरियो । दुई टेस्ट टोलीविरुद्ध नतिजा भन्दा पनि नेपाल सिकाइबाट खुसी छ । नेपाल पाकिस्तानसँग २० ओभरमा ६ विकेट ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टियु क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएका छन्। उनले रंगशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. केशरजंग बरालसँग छलफल गरेका छन्। छलफलमा विश्वविद्यालयका रेक्टर र रजिष्टार पनि सहभागी थिए। रंगशाला रहेको जग्गा लिजमा उपलब्ध गराउने विषयमा उनीहरूबीच छलफल भएको हो। प्रधानमन्त्री ओलीले टियु क्रिकेट रंगशाला रहेको जग्गा लिजमा ...
। फ्रान्सको पेरिसमा हुन लागेको ३३ औं गृष्मकालीन ओलम्पिकको उद्घाटनभन्दा २ दिन अगाडि नै महिला फुटबल प्रतियोगिता आजदेखि हुँदैछ । पहिलो दिन आज ४ खेल हुनेछन् । पहिलो दिन आज समूह एबाट क्यानडा र न्युजिल्यान्ड भिड्नेछन् । समूह बीबाट जर्मनी र अष्ट्रेलियाले खेल्नेछन् भने समूह सीबाट आज २ खेल हुनेछ । जसमा पहिलोमा स्पेन ...
: एसीसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । बिहीबार स्वदेश फर्किएको नेपाली टोलीलाई क्रिकेट संघ क्यानका पदाधिकारीले बिमानस्थलमा स्वागत गरेका थिए । आठ टिम सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले तीन खेल खेलेको थियो । समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपालले भारत ...
। उपाधि जित्ने लक्ष्यसहित काभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न माल्दिभ्स आएको नेपाली युवा टोली तेस्रो भएर फर्कियो । प्रतियोगिताको उपाधि कीर्गिस्तानले जित्यो भने श्रीलंका दोस्रो भयो । जितविहीन घरेलु टोली माल्दिभ्स चौथो स्थानमा रह्यो । घरेलु मैदान बाहिर पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा नेपाली महिला युवा टोलीले अपेक्षा अनुसार खेल्न सकेन । च्याम्पियन बन्न नसकेपनि नेपालले अन्तर्राष्ट्रिय ...
। म्यानचेस्टर सिटीको पहिलो रोजाइका गोलकिपर एडरसनको भविष्य सिटीमा अनिश्चित रहेको प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन् । उनले यो गर्मीमा एडरसन टिममा रहने कुरा अनिश्चित रहेको खुलाएका हुन् । ब्राजिलियन गोलकिपर एडरसनलाई साउदी प्रो लिगले निकै चाहिरहेको खबर आइरहेको बेला ग्वार्डिओलाको यो भनाइले निकै चर्चा बटुलेको हो । उनले गत सिजनको अन्त्यसम्म पनि एडरसनलाई आफ्नो पहिलो रोजाइको ...
। पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष तथा महिला फुटबलका खेलहरु बुधबार सुरु हुँदैछ । पहिलो खेलमा पुरुषतर्फ समूह बीका अर्जेन्टिना र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै समूह सीका उज्वेकिस्तान र स्पेनबीच खेल हुनेछ । यस प्रतियोगितामा १६ वटा टिमलाई ४ वटा समूहमा बाँडिएको छ । पुरुषतर्फ समूह ए मा फ्रान्स, गुएना, न्युजिल्यान्ड र अमेरिका छन् । समूह ...
। नेपालका तीन महिला क्रिकेट खेलाडीले अलराउण्डर वरीयतामा सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको महिला क्रिकेट खेलाडीको वरीयतामा रुबिना क्षेत्री, सीता राना मगर र इन्दु बर्माले आफ्नो अलराउन्डर वरीयतामा सुधार गरेका हुन् । नेपाली महिला क्रिकेट टिमकी पूर्वकप्तान रुबिना क्षेत्रीले ६ स्थान सुधार गर्दै ४८ औं स्थानमा उक्लिएकी छिन् । यस्तै अर्की सिनियर ...
। २०७८ साउन २२ गतेबाट निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीन वर्षपछि पुनः सुरु हुने भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ रामपुरमा बन्न लागेको रंगशालाको बाँकी निर्माण आगामी साताबाट सुरु हुने भरतपुर महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए । रंशगाला निर्माणको बाँकी काम गर्न निर्माणको ठेक्का पाएको हिमालयन, कालिञ्चोक बीबीआर ...
– नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिता २०२४ मा भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै समूह ए बाटै बाहिरिएको छ । भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनायो । नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ ...
। फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालीन ओलम्पिकमा नेपालको झण्डा श्यान्टु श्रेष्ठ र मनिता प्रधान श्रेष्ठले बोक्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीले एनओसीले मंगलबार विज्ञप्ति जारी गर्दै टेबलटेनिस खेलाडी श्यान्टु र जुडो खेलाडी मनिताले पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोहमा नेपालको झण्डा बोक्नका लागि छनोट भएको जनाएको छ ...
। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०३० मा हुने महिला विश्वकप क्रिकेटमा १६ टिम सहभागी गराउने भएको छ । सन् २००९ मा महिला विश्वकप सुरु हुँदा ८ टिम मात्र सहभागी थिए । २०१६ मा टिमको संख्या बढाएर १० बनाइएको थियो । आउँदो अक्टोबरमा हुने २०२४ मा महिला टी–२० विश्वकपमा पनि १० टिमले सहभागिता जनाउनेछन् । ...
। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले मिडफिल्डर केभिन डी ब्रुएनाले क्लब नछाड्ने बताएका छन् । केभिनले आउँदो समर विन्डोमा सिटी छोडेर साउदी अरेबिया जाने हल्लाका बीच प्रशिक्षक ग्वार्डिओलाले उनले सिटी नछाड्ने बताएका हुन् । सिटीसँग उनको सम्झौता अझै एक वर्ष बाँकी रहे पनि साउदी प्रो लिगबाट निकै ठूलो रकम प्रस्ताव आएका कारण उनले सिटी छाड्ने विश्लेषणहरु भएका ...
। एसीसी वुमन्स एसिया कप-२०२४ अन्तर्गत आज नेपालले उपाधि दाबेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालको समूह चरणअन्तर्गत यो अन्तिम खेल हो । यसअघि नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो भने पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । सेमिफाइनलमा पुग्नको लागि आज नेपालले जित्नै पर्ने हुन्छ । आज नै पाकिस्तानले पनि यूएईसँग समूह चरणको अन्तिम ...
First Prev ... 77 78 79 80 81 82 83 84 85 86 87 ... Next Last