मुख्य समाचार
खेलकूद
। म्यानचेष्टर सिटीका फरवार्ड जुलियन अल्भारेजले पेरिस ओलम्पिकपछि क्लबमा आफ्नो भविष्यबारे निर्णय गर्ने बताएका छन् । २४ वर्षीय अल्भारेज हाल अर्जेन्टिनी टिमसँग ओलम्पिक खेल्न फ्रान्समा छन् । अर्जेन्टिनाले समूहको तेस्रो खेलमा मंगलबार लियोनमा युक्रेनसँग खेल्दैछ । मार्च २०२३ मा अल्भारेजले इंग्लिस क्लब म्यानचेष्टर सिटीसँग एक वर्षको सम्झौता नवीकरण गरेका थिए । त्यसको अर्थ उनी २०२८ सम्म सिटीमा ...
फ्रान्सको पेरिसमा शुक्रबारदेखि खेलकुदको महाकुम्भ मानिने गृष्मकालीन ओलम्पिक २०२४ सुरु भएको छ । यसपटकको ओलम्पिकमा १० हजार भन्दा धेरै खेलाडीहरु सहभागी भएका छन् । पेरिसमा ओलम्पिक खेलाडीहरुलाई बस्नका लागि विशेष व्यवस्था गरिएको छ र उनीहरुलाई अनेक सुविधाहरु दिइएको छ । खेलका लागि पेरिसमा पुगिसकेका खेलाडीहरुलाई उपलब्ध गराइएका सुविधाहरुको चर्चा एउटा अर्कै कारणबाट पनि भइरहेको छ, त्यो हो ...
पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । आयोजक फ्रान्स शतप्रतिशत जितसहित क्वाटरफाइनलमा प्रवेश गर्दा स्वर्ण दाबेदारहरू अर्जेन्टिना र स्पेन पनि अन्तिम आठमा पुगेका छन् । एसियाली राष्ट्र जापानले पनि समूह चरणमा शतप्रतिशत जित निकाल्दै नकआउट चरणमा स्थान बनाएको छ । समूह ए बाट आयोजक फ्रान्ससँगै अमेरिका, समूह बी बाट मोरक्को र अर्जेन्टिना, ...
। पेरिस ओलम्पिकमा मंगलबारसम्मको खेल सकिंदा एसियाली राष्ट्र पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ । यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ पदक जितेको छ । जापानलाई एसियाकै चीन अनि अष्ट्रेलियाले पछ्याइरहेको छ । चीनले ६ स्वर्ण, ६ रजत र २ कांस्य गरी १४ ...
। हर्षिता मदाभीको उत्कृष्ट प्रदर्शनसँगै श्रीलंकाले वुमन एसिया कपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा श्रीलंकाले सात पटकको च्याम्पियन भारतलाई ८ विकेटले हराएको हो । बलियो भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो । पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर भिश्मी गुणरत्ने मात्र १ रनमा आउट ...
: नेपाली पौडी खेलाडी डुवाना लामा पेरिस ओलम्पिक २०२४ को हिट चरण बाहिरिएकी छिन्। आइतबार महिला २०० मिटर फ्रि स्टाइलमा उनले निर्धारित दूरी पार दुई मिनेट २०.७४ सेकेन्डमा पार गरिन्। सात खेलाडी रहेको हिट वानमा उनी अन्तिम स्थानमा रहिन्। डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा पुगेकी थिइन्। त्यसअघि आइतबार नै सुटिङकी सुस्मिता नेपालले पनि खराब प्रदर्शन गरिन्। ...
। पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा घरेलु टोली फ्रान्स र जापानले लगातार दोस्रो जित हात पारेको छ । समूह ए मा रहेको आयोजक फ्रान्सले गएराति गुएनालाई १-० ले पराजित गरेको हो । फ्रान्सका लागि कलिन सिलडिल्लाआले ७६ औं मिनेटमा निर्णायक गोल गरे । लगातार दोस्रो जितपछि दुई खेलबाट ६ अंक जोडेर फ्रान्स शीर्ष स्थानमा छ र नकआउट ...
। क्यानडा महिला फुटबल टिमकी प्रशिक्षक वेभ प्रिस्टमेन निलम्बनमा परेकी छन् । उनलाई न्युजिल्यान्ड टिमको अभ्यासको क्रममा ड्रोनको माध्यमबाट टिममा जासुसी गरेको आरोप लागेको छ । डिफेन्डिङ च्याम्पियन रहेको क्यानडालाई उपाधि रक्षाको भीडन्तमा जानु अघि निकै ठूलो झड्का लागेको छ । क्यानडा सन् २०२०/२१ टोकियो ओलम्पिकको स्वर्ण विजेता हो । पिस्टमेनलाई खेलअघि अवैधानिक तरिकाले विपक्षीको अभ्यास खेलमा चियोचर्चा ...
। विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को भव्य उद्घाटन भएको छ । पहिलो पटक स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गर्दै पेरिसले कीर्तिमान बनाएको छ । एक शताब्दीपछि ओलम्पिक पेरिस फर्कँदा यस पटक अहिलेसम्म भएको भन्दा फरक शैलीमा उद्घाटन भयो । उद्घाटन समारोह पेरिस छेउको सेन नदिमा भएको थियो । ...
। पेरिस ओलम्पिक-२०२४ अन्तर्गत पुरुष फुटबलमा अर्जेन्टिनाले पहिलो जित हात पारेको छ । समूह बी अन्तर्गत लियोनमा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले इराकलाई ३-१ ले पराजित गरेको हो । पहिलो खेलमा अर्जेन्टिना मोरक्कोसँग २-१ ले पराजित भएको थियो । नकआउट चरण पुग्ने सम्भावना कायम अर्जेन्टिनालाई इराकविरुद्ध जित्नैपर्ने थियो । अर्जेन्टिनाका लागि थियागो अलमाडाले १४औं मिनेटमा गोल गर्दै अग्रता ...
: फ्रान्समा शुक्रबारदेखि औपचारिक रूपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा कुन देशले कस्तो प्रदर्शन गर्ला तथा कुन मुलुकले अत्यधिक पदक हासिल गर्ला विश्वभरिका मानिसका लागि कौतुहलताको विषय बनेको छ। ओलम्पिकअन्तर्गत फुटबल, रग्बीलगायतका खेलका प्रतियोगिता भने गत बुधबार नै सुरु भइसकेका छन्। ओलम्पिकमा भाग लिन नेपाली खेल टोली पनि राजधानी पेरिस पुगिसकेको छ। यसपालि एक नेपाली ...
। पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा लगातार दोस्रो जित निकाल्दै स्पेन नकआउट चरणमा प्रवेश गरेको छ । समूह सी अन्तर्गत स्पेनले गएराति डोमिनिक रिपब्लिकलाई ३-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । स्पेनले पहिलो खेलमा उज्वेकिस्तानलाई २-१ ले पराजित गरेको थियो । बोर्डेमा भएको खेलमा स्पेनलाई जित दिलाउन फर्मिन लोपेजले २४औं, एलेक्स बाएनाले ...
। पेरिस ओलम्पिक, २०२४ आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ । एक सय वर्षपछि ओलम्पिक पेरिस फर्किएको छ र यसपटक विगतको भन्दा फरक शैलीमा उद्घाटन समारोह हुनेछ । उद्घाटन समारोह रंगशालामा नभएर पेरिस भएर बग्ने सेन नदीमा हुँदैछ । विश्वभरका उत्कृष्ट खेलाडी जम्मा हुने खेल कुम्भमेलामा १० हजार भन्दा बढी खेलाडीको सहभागिता छ । उद्घाटन समारोहमा नेपालबाट टेबलटेनिस ...
। अफगानिस्तान र न्युजिल्यान्डले एक खेलको टेष्ट म्याच खेल्ने भएका छन् । यी दुई टिमले पहिलो पटक लामो फर्म्याटको खेलमा एक अर्कासँग भेट गर्न लागेका हुन् । यो अफगानिस्तानको १०औं टेष्ट म्याच हो । २०२४ मा भने अफगानिस्तानका लागि यो तेस्रो टेष्ट म्याच हो । यो हालसम्म अफगानिस्तानले टेष्ट मान्यता पाएपछि एक वर्षमा खेलेको सबैभन्दा धेरै ...
। क्रिकेटर सन्दिप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्न आग्रह गर्दै गौशाला-२६ को नामबाट उच्च सरकारी वकिलको कार्यालय, पाटनमा निवेदन परेको छ । क्रिकेटर सन्दिप लामिछाने मुछिएको बहुचर्चित बलात्कार मुद्दा उच्च अदालतबाट फैसला भएको हो । गत शुक्रबार मात्रै फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो । ‘एक किशोरी आएर निवेदन छाडेकी हुन्, पीडित नै स्वयम आएकी हुन् कि अरु ...
। ओलम्पिक खेल उद्घाटन समारोहको केही घन्टा अगाडि फ्रेन्समा हाई स्पीड रेल सेवा अवरुद्ध भएको छ । फ्रान्सिस रेल कम्पनी एसएनतसीएफका अनुसार पेरिसको पश्चिम, उत्तर र पूर्वतर्फ हाई स्पीड लाइनमा क्षति पुर्‍याइएको छ । उसका अनुसार रेल लाइनमा क्षति पुर्‍याउन जानीबुझी आगो लगाइएको छ । कम्पनीले रेल स्टेशनतर्फ नआउन र सम्भव भए केही घन्टाका लागि यात्रा सार्न ...
First Prev ... 76 77 78 79 80 81 82 83 84 85 86 ... Next Last