मुख्य समाचार
खेलकूद
: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्रिकेट संघका पदाधिकारी, खेलाडी र कलाकारसँग छलफल गरेका छन्। सिंहदरबारमा आइतबार बिहान उनीहरुसँग रंगशाला निर्माणको बारेमा छलफल गरेका हुन्। प्रधानमन्त्री ओलीले बोलाएको छलफलमा क्यानका पदाधिकारी, खेलाडीसहित गायक/कलाकार बद्री पंगेनी,प्रकाश सपूत,रचना रिमाल,राजा राजेन्द्र पोखरेल,मिरुना मगरलगायत सहभागी थिए। भेटपश्चात ओलीले फेसबुकमार्फत भनेका छन्,‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी,खेलाडी,खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच ...
। नजिकको छिमेकी देश भारत धेरै खेलकुद प्रतियोगितामा नेपालको प्रमुख प्रतिस्पर्धी हो । दक्षिण एसिया तथा एसिया महादेशस्तरका धेरै खेल प्रतियोगितामा नेपाल र भारतले आपसमा प्रतिस्पर्धा गरिरहनुपर्छ । जनसंख्यामा भारत नेपाल भन्दा ४६ गुणा र भौगलिक हिसाबले २२ गुणा ठूलो छ । खेलकुदमा भौतिक पूर्वाधार, संरचना र सेवा सुविधा सबैमा भारत नेपाल भन्दा अघि छ । ...
: बेलायतका टेनिस स्टार एन्डी मुर्रेले आफ्नो सक्रिय व्यावसायिक खेलाडी जीवन टुंग्याएका छन्। फ्रान्समा जारी पेरिस ओलम्पिकअन्तर्गत टेनिसको पुरुष डबल्सको क्वार्टरफाइनलमा सिधा सेटमा पराजय बेहोरेपछि मुर्रेले आफ्नो र्‍याकेट थन्काउने निर्णय गरेका हुन्। ओलम्पिकका दुई पटकका स्वर्ण विजेता मुर्रे र डान इभान्सको जोडीले अमेरिकाका तेस्रो वरीयता प्राप्त टेलर फ्रिट्ज र टमी पलसँग ६–२, ६–४ ले पराजय ...
। फ्रान्समा भइरहेको पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलको क्वाटरफाइनलका खेलहरु आज हुँदैछ । पहिलो क्वाटरफाइनमा मोरक्कोले अमेरिकासँग खेल्नेछ । समूह चरणमा अर्जेन्टिनालाई पराजित गर्दै समूह बी को विजेता बनेको मोरक्को उच्च मनोबलका साथ मैदान उत्रनेछ । यो खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे पेरिसमा हुनेछ । दोस्रो सेमिफाइनलमा एसियाली राष्ट्र जापानले स्पेनको सामना गर्नेछ । यो ...
। भुटानको थिम्पुमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा महिलातर्फ नेपाली महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपाली महिला टोलीले घरेलु टोली भुटानलाई २-० सेटमा हरायो । कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले भुटानी जोडी लेकेन र डेछेनलाई २१-५, २१-४ ले हरायो । पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २१-१७, ...
। भुटानमा जारी काभा बिच भलिबलमा पुरुषतर्फ नेपालले शुक्रबार लगातार दोस्रो जित हात पारेको छ । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा पराजित गरेको हो । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले उज्वेकिस्तानका मुहामादिएभ र शारिपोभको जोडीलाई २१-१५, २१-१४ ले पराजित गरेको हो । आजै भएको पहिलो खेलमा ...
। अल्जेरियाकी इमान खलिफविरुद्ध रिङमा उभिएकी इटलियन महिला बक्सर एन्जेला करिनीले ४६ सेकेण्डमै खेल छाडिन् । र भनिन्, ‘मैले आफ्नो जीवन बचाउनु पर्‍यो ।’ पेरिस ओलम्पिकमा महिला बक्सिङमा भाग लिने अनुमति पाएका खेलाडीमध्ये खलिफ एक हुन् । तर एन्जेलाको बयानले पेरिस ओलम्पिकको महिला बक्सिङ विवादमा परेको छ । अनि, अल्जेरियन बक्सर खालिफको लिङ्गको मुद्दा फेरि एक पटक ...
: नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरुआत गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो। पहिलो सेट नेपालले २५–१९ ले जितेको थियो। त्यस्तै नेपालले दोस्रो सेट २५– १८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो। नेपालका तर्फबाट ...
: युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै सरकारले प्राथमकिता राख्‍ने बताएका छन्। बिहीबारदेखि काठमाडौंमा सुरू भएको काभा नेशनल वुमन्स लिगको सम्बोधन गर्दै भलिबल खेललाई प्राथमिक तहदेखि नै प्राथमिकता दिने बताएका हुन्। खेलकुद मन्त्रीले भने, 'अब देशभरका विद्यालयको प्राथमिक तहदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो बुझाइ छ।' उनले यसका लागि ...
। भारतले काभा वुमन्स भलिबल नेसन्स लिगमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार भएको खेलमा भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको हो । भारतले इरानलाई २५–२०, २५–१८, १९–२५ र २५–११ ले पराजित गर्‍यो । लिगको दोस्रो दिन शुक्रबार श्रीलंका र इरान तथा भारत र माल्दिभ्सबीच खेल हुनेछ । नेपालले बिहीबार भएको उद्घाटन खेलमा श्रीलंकालाई ३–० ...
। बिहीबार काठमाडौंमा सुरु भएको काभा वुुमन्स भलिबल नेसन्स लिगमा नेपालले विजयी सुरुवात गरेको छ । मध्य एसियाका नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्स गरी पाँच देश सहभागी प्रतियोगितामा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले २५–१९, २५–१८ र २५–१९ को सेटमा पराजित गरेको हो । दोस्रो सेटमा श्रीलंकाले ४–२ सम्म अग्रता लिएको ...
: फ्रान्सको राजधानी पेरिसमा जारी ३३औं गृष्मकालीन खेलकुदमा नेपाली खेलाडीको प्रदर्शन निरासाजनक छ। पौडीका एलेक्जेन्डर शाहले आफ्नो यसअघिको कीर्तिमान भंग गर्नु बाहेक अरुले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। त्यसैले अहिलेसम्मको प्रदर्शन हेर्दा पेरिस ओलम्पिकमा नेपालको सहभागिता यसअघिजस्तै सहभागितामै सीमित हुने देखिएको छ। पेरिस ओलम्पिकमा अहिलेसम्म पाँच नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ। जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी ...
: विश्व खेलकुदको कुम्भ मेला मानिने ओलम्पिकमा प्रतिस्पर्धा गर्ने सपना संसारभरका खेलाडीको हुन्छ। यसमा कोहीको सपना पूरा हुन्छ भने कोहीको सपना सपनामै सीमित हुन्छन्। आफ्नो सपना पूरा गर्नेको संघर्ष र सफलताका कथा पनि फरक फरक हुन्छन्। विभिन्न चुनौती र संघर्षसँगै जुध्दै देशका लागि पदक जित्ने सपना बोकेकामध्येकी एक हुन्, इजिप्टकी फेन्सिङ खेलाडी नाडा हाफिज। नाडाले पेरिस ...
। नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा सबै तीन खेलमा पराजित भएका छन् । मेन्स सिंगल्समा समूह पी मा रहेका प्रिन्स बुधबार भएको आफ्नो अन्तिम खेलमा इजरायलका मिसा जिल्बरम्यानसँग २१-१२, २१-१० ले पराजित भए । पहिलो पटक ओलम्पिक खेलेका प्रिन्स समूह चरणमा यसअघि दुवै खेलमा हार व्यहोरेका थिए । पहिलो खेलमा विश्व नम्बर दुई डेनिस खेलाडी भसक्टोर ...
। इजिप्टियन फेन्सर नाडा हाफिजले आफूले ७ महिनाको गर्भवती अवस्थामा पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरेको खुलासा गरेकी छन् । २६ वर्षी हाफिजले महिला इन्डिभिडुअल साब्रेतर्फ पहिलो खेल जितेकी थिइन् । तर अन्तिम १६ मा पराजित भइन् । उनले इन्स्टाग्रममा एक पोष्ट गर्दै आफू ७ महिनाको गर्भवती रहेको उल्लेख गरेकी हुन् । ‘पोडियममा तपाईंका दुई जना खेलाडी देखिन सक्छन्, ...
। नेपाली पौडीबाज एलेक्जेन्डर शाह पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमान तोडेका छन् । पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेको एलेक्सले हिट ३ मा प्रतिस्पर्धा गरेका एलेक्स समूहमा तेस्रो भएका थिए । उनले ५१.९१ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेका हुन् । एलेक्सले वाइल्ड कार्ड कोटामै पेरिस ओलम्पिक खेल्ने पक्का गरेका हुन् । ...
First Prev ... 75 76 77 78 79 80 81 82 83 84 85 ... Next Last