— बंगलादेशले अर्को महिना हुने ट्वान्टी–२० विश्वकपका लागि भारत जान अस्वीकार गरेको छ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले बिहीबार यसको जानकारी गराउँदै प्रतियोगिताबाट आफ्नो टोलीको नाम हटाउने निश्चित गरेको हो ।
‘हाम्रो माग विश्वकप खेल्ने मात्र हो, तर भारतमा गएर होइन,’ बीसीबीका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले पत्रकार सञ्चारकर्मीसँग भने । बंगलादेशले विश्वकपका आफ्ना खेलहरू श्रीलंकामा ...