मुख्य समाचार
खेलकूद
: इन्टरनेसनल सितेरियो कराते एसोसियसन(आइएसकेए)ले पहिलोपटक अमेरिकाको ओहायो राज्यको कोलम्बसमा राष्ट्रिय स्तरको खुल्ला कराते प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा ओहायो, पेन्सिल्भिनिया, केण्टुकी, न्यूयोर्क, कोलोराडो र एरिजोना गरी अमेरिकाका ६ ओटा राज्यबाट काता र कुमुते दुई बिदामा कुल २३१ जना कराते खेलाडीले प्रतिस्पर्धा गरेका थिए। कुल २४२ स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धामा ड्रक इन्टर्नेशनल शितो रियो ...
। भारतले काभा वुमन्स भलिबल नेसन्स लिग प्रतियोगिता २०२४ पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ३- ० को सोझो सेटमा हराउँदै फाईनलमा स्थान बनाएको छ । मंगलबार त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा भएको खेलमा भारतले श्रीलंकालाई २५-१५, २५-१६, २५-२३ ले हरायो । सुरुवाती दुई सेटमा सहज जित हात पारे पनि तेस्रो सेटमा सुरुवातमा श्रीलंकाले १२-८ को अग्रता लिएपछि भारतलाई केही ...
: फ्रान्समा जारी पेरिस ओलम्पिकमा अल्जेरियाकी मुक्केबाज इमान खलिफले कांस्य पदक पक्का गरेकी छन्। लिङ्गका कारण निकै ठूलो आलोचना झेलेकी इमानले शनिबार राति भएको महिला ६६ केजीको अन्तिम आठको खेलमा हंगेरीकी एना लुका हामोरीलाई ५–० ले पराजित गरिन्। इमान बक्सिङ खेलमा अल्जेरियाका लागि पदक पक्का गर्ने पहिलो महिला खेलाडी हुन्। हंगेरीकी खेलाडीलाई पराजित गरेपछि इमानले दर्शकलाई ...
: फ्रान्सको राजधानी पेरिसमा जारी ३३औं गृष्मकालीन ओलम्पिक खेलकुदमा भारतले अहिलेसम्म तीन कांस्य पदक जितिसकेको छ। स्वर्णको आशा गरिएका खेलाडी असफल हुँदा अब सबैको नजर निरज चोपरामाथि छ। त्यसैले सिंगो भारत निरजको खेलको प्रतीक्षा गरेर बसिरहेका छन्। पेरिस ओलम्पिकमा निरजले अगष्ट ८ मा आफ्नो दावेदारी प्रस्तुत गर्ने छन्। एथलेटिक्सको ज्याभलिन थ्रोमा उनले स्वर्ण जित्ने आशा ...
। १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेतासहित नेपालका पाँच तेक्वान्दो खेलाडी अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन् । सिड्नीको होमबसमा सम्पन्न न्यू साउथ वेल्स स्टेट च्याम्पियनसिपबाट पाँच नेपाली खेलाडी छनोट भएका हुन् । १३ औं सागका कांस्य विजेता शिशिर श्रेष्ठसहित चन्दु शाही, पारस भण्डारी, मनोज श्रेष्ठ र सन्जिला तिमिल्सिना अस्ट्रेलिया तेक्वान्दोको ...
। काभा वुमन्स नेसन्स लिगमा श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै भारतले शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको छ । दशरथ रंगशाला कभर्डहलमा सोमबार भएको खेलमा भारतले श्रीलंकालाई २५-१४,२५-२१ र २५-२० मा पराजित गरेको हो । पहिलो सेटमा भारत हाबी भए पनि श्रीलंकाले दोस्रो सेटमा पुनरागमनको संकेत देखाएको थियो तर भारतले नै जित्यो । यससँगै भारतले सेमिफाइनलमा पनि श्रीलंकालाई ...
। नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने भएको छ । नेपालले क्यानडा भ्रमणलाई आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । अघिल्लो महिना सम्पन्न टी–२० विश्वकप खेलेको टोलीमा रहेका तीव्र गतिका बलर प्रतिश जि.सी. र अभिनाश बोहरा बन्द प्रशिक्षणमा बोलाइएको छैन । नेपाल ए मा राम्रो प्रदर्शन गरेका बायाँहाते स्पिन अलराउण्डर ...
विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २१ स्वर्ण, ३० रजत र २८ कास्यसहित सबैभन्दा बढी (७९) पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ। चीन, फ्रान्स, अष्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन्। दोस्रोमा चीनले २१ स्वर्ण, १८ रजत र १४ कास्यसहित कुल ५३ पदक हात पारेको छ ...
। पछिल्लो समय पेरिस ओलम्पिक २०२४ मा बक्सिङ खेलमा भएको लैंगिक विवाद चरम सीमामा पुगेको छ । २५ वर्षीया अल्जेरियन बक्सर इमानी खालिफ इटालियन बक्सर एन्जेला करिनीलाई ६६ केजी तौल समूहको खेलमा ४६ सेकेन्डमा नै हराएपछि उनको लैंगिकतामाथि नै प्रश्न उठाइएको छ । खालिफ ‘ट्रान्सजेन्डर’ भएको आरोप लगाइएको छ। उनको शरीरमा पुरुषको शरीरमा पाइने टेस्टोस्टेरोन ...
। नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट वर्ल्ड कप लिग टूका लागि २२ क्रिकेटरलाई बन्द प्रक्षिणमा बोलाएको छ । कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद र सोमपाल कामीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । यस्तै करण केसी, गुल्सन झा, कमल सिंह ऐरी, रिजन ...
। विश्व टेनिसका स्टार नोभाक जोकोभिचले पहिलो पटक ओलम्पिककोमा स्वर्ण पदक जितेका छन् । फ्रान्समा भइरहेको पेरिस ओलम्पिकमा जोकोभिचले आइतबार मेन्स सिंगल्सतर्फ स्पानिस युवा खेलाडी कार्लोस अल्काराजलाई सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेका हुन् । जोकोभिचले दुवै सेट टाईब्रेकमा आफ्नो पक्षमा पारेका थिए । जोकोभिचले अल्कारजलाई ७-६ (७-३), ७-६ (७-२) ले पराजित गरेका हुन् । लामो समयदेखिको पर्खाईको ...
– स्पिनर जेफ्री वान्डरसेले घातक बलिङ गर्दै ६ विकेट लिएपछि श्रीलंकाले दोस्रो ओडीआई खेलमा भारतलाई ३२ रनले हराएको छ । योसँगै तीन ओडीआई खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता लिएको छ । पहिलो ओडीआई खेल टाइ भएको थियो । जित्नलाई २४१ रनको लक्ष्य पछ्याएको भारत ४२.२ ओभरमा २०८ रनमा अल आउट भयो । भारतका कप्तान रोहित ...
। अमेरिकाका नोह लायल्सले पेरिस ओलम्पिक २०२४ मा पुरुष एक सय मिटर दौडमा स्वर्ण जित्दै विश्वकै सबैभन्दा छिटो दौडने व्यक्ति बनेका छन् । गएराति स्टेड डे फ्रान्समा भएको एस मिटर दौडमा नोह लायल्सले निर्धारित दूरी ९.७८४ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । लायल्सले जमैकन धावक किसाने थोम्पसनलाई फोटो फिनिसमा पछि पारे । थोम्पसनले ९.७८९ सेकेण्डमा दौड ...
। घरेलु टोली नेपाल काभा नेसन्स लिग २०२४ मा आइतबार इरानसँग ३–२ को सेटमा पराजित भयो । दशरथ रंगशालास्थित भलिबल कभर्डहलमा भएको खेलमा नेपाल १६–२५, २५–१६, २३–२५, २५–१५ र १५–१३ ले पराजित हुन पुग्यो । शनिबार मात्रै आफ्नो इतिहासमा पहिलो पटक भारतलाई हराएको नेपालले आइतबार पहिलो सेट राम्रो गर्न सकेन । नेपालको सुरुवात हेर्दा इरानलाई सहज रुपमा ...
। काभा वुमन्स भलिबल नेसन्स लिग अन्तर्गत लिग चरणका अन्तिम दुई खेल आज हुँदैछ । जसमा घरेलु टोली नेपालले माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलंकासँग खेल्नेछ । आज हुने दुवै खेलको समय परिवर्तन भएको छ । नेपाल भलिबल संघका अनुसार भारत र श्रीलंकाबीचको पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै नेपाल र माल्दिभ्सबीचको दोस्रो खेल ...
: श्रीलंकाले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)महिला नेशन्स लिगमा पहिलो जित दर्ता गराएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) कभर्डहलमा आज भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। जितसँगै श्रीलंकाले सेमिफाइनल यात्रा तय गरेको छ। लिगको आफ्नो खेलमा नेपाललाई हराएपनि माल्दिभ्स सेमिफाइनल पुग्ने ...
First Prev ... 74 75 76 77 78 79 80 81 82 83 84 ... Next Last