मुख्य समाचार
खेलकूद
। प्रिमियर लिगमा आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेष्टर युनाइटेडलाई उसैको मैदानमा ३-० ले पराजित गरेको छ । लिभरपुलका लागि लुइस डियाजले दुई गोल गरे । यस्तै मोहमद सालाहले एक गोल र दुई असिस्ट गरे । युनाइटेड भने घरेलु मैदानमा लिभरपुलसँग निरिह बन्यो । खेलको सातौं मिनेटमै ट्रेन्ट अलेजान्डर बर्नोल्डले गोल गरेपछि भिएआरले मान्तया नदिँदा लिभरपुले अग्रता लिने ...
। केलिएन एमबाप्पेले स्पानिपस ला लिगामा गोलको खाता खोल्दा रियल मड्रिडले रियल बेटिसलाई २-० ले पराजित गरेको छ । एमबाप्पेले बेटिसविरुद्ध दुवै गोल गरे । घरेलु मैदानमा भएको खेलमा एमबाप्पेले ६७औं र ७५औं मिनेटमा गोल गरे । फ्रान्सेली फरवार्ड एमबाप्पेले फेडेरिको भलभर्डेको पासमा पहिलो गोल गर्दै गोलको खाता खोलेका थिए । दोस्रो गोल भने उनले पेनाल्टीमा गरे ...
। स्पानिस ला लिगामा बार्सिलोनाले रियल भाल्लाडोलिडलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ । जसमा राफिन्हाले ह्याट्रिक गर्दा रोवर्ट लेवान्डोस्की, जुल्स कुन्डे, डानी ओल्मो र फेरान टोरेसले एक/एक गोल गरे । घरेलु मैदानमा भएको खेलको २०औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै लेवान्डोस्कीले अग्रता दोब्बर पारे । जुल्स कोन्डे पहिलो ...
। म्यानचेस्टर सिटीका युवा फरवार्ड एर्लिङ हालाण्डले प्रिमियर लिग सिजन २०२४÷२५ मा उत्कृष्ट सुरुवात गरेका छन् । हालाण्डले सुरुवाती तीन खेलमा दुई ह्याट्रिकसहित ७ गोल गर्दै प्रिमियर लिगमा उत्कृष्ट सुरुवात गर्न सफल भएका हुन् । उनको उच्च प्रदर्शनमा म्यानचेस्टर सिटी तीन खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । हालाण्डले यस सिजनको पहिलो खेल १८ अगष्टमा स्ट्यामफोर्ड ...
। जर्मन बुण्डेसलिगामा बायर लेभरकुजनको ३५ खेलको अपराजित यात्रामा ब्रेक लागेको छ । आरबी लाइपजिगले दुई गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै लेभरुकजनलाई ३-२ ले पराजित गरेको हो । लाइपजिगका लागि लोइस ओपान्डाले दुई गोल गरे । सन् २०२२-२३ को सिजनको अन्तिममा बुचमसँग ३-० ले पराजित भएको लेभरकुजनले २०२३-२४ मा लिग उपाधि जित्दा कुनै खेलमा हारेको थिएन ...
। इंग्ल्यान्डका ब्याटर जो रुटले पूर्व महान् ब्याटर एलिस्टर कुकलाई पछि पार्दै दोस्रो टेस्ट खेलमा श्रीलंकाविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन् । शनिबार साँझ रुटले श्रीलंकाविरुद्ध दोस्रो इनिङमा १०३ रनको शतकीय इनिङ खेल्दै इंग्ल्यान्डबाट टेस्टमा सर्वाधिक ३४ शतक प्रहार गर्ने कीर्तिमान बनाएका हुन् । उनले एलिष्टर कुकको ३३ शतकलाई पछि पारेका हुन् । रुटले २६५ टेस्ट इनिङमा ...
– हङकङका तीव्र गतिका बलर आयुश शुक्लाले टी–२० आईमा मंगोलियाविरुद्ध चारै ओभर (२४ बल) मेडन फ्याकेका छन् । मलेसियामा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोट ए अन्तर्गत शनिबार दिउँसो भएको खेलमा आयुष शुक्लाले ४ ओभरमा ४ रनै मेडन राख्दै १ विकेट लिएका थिए । उनी टी-२० आईमा चार ओभरमा चार नै मेडन राख्ने तेस्रो खेलाडी हुन् ...
। एर्लिङ हालान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि प्रिमियर लिगमा म्यानचेष्टर सिटीले वेष्टहम युनाइटेडलाई ३-१ ले पराजित गरेको छ । नयाँ सिजन सिटीको यो लगाता तेस्रो जित हो । वेष्टहमको मैदानमा भएको खेलको दशौं मिनेटमै हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सिटीकै रुबेन डियाजले १९औं मिनेटमा आत्मघाती गोल गरेपछि वेष्टहमले खेल बराबरी गर्न ...
। विकेटकिपर लिटन दासको सानदार शतकमा बंगलादेशले दोस्रो टेस्टमा पाकिस्तानविरुद्ध पहिलो इनिङमा आफ्नो लाज बचाएको छ । रावलपिंडी क्रिकेट रंगशालामा पहिलो इनिङमा बंगलादेश २६२ रनमा अल आउट भयो । लिटन दासले २२८ बलमा १३ चौका र ४ छक्कासहित १३८ रनको शतकीय इनिङ खेले । उनको टेस्ट करिअरको यो चौथो टेस्ट शतक हो । उनी क्रिजमा आउदा बंगलादेश ...
: पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी हुन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका खेलाडीसँगै महासचिवको तलब बढाउने निर्णय गर्‍यो । भदौ ११ र १३ मा बसेको बोर्ड बैठकले खेलाडीको तलब १८ हजारबाट ३० हजार पुर्‍याउने निर्णय गर्‍यो । सँगसँगै एन्फा महासचिव किरण राईको तलब १ लाख २० हजारबाट बढाएर झण्डै दुई लाख ७० हजार (२ हजार अमेरिकी डलर) बनाउने निर्णय ...
। नेपाल क्रिकेट टिम आईसीसी विश्वकप लिग २ को तयारीका लागि श्रीलंका जाने भएको छ । भारतको नेशनल क्रिकेट एकेडेमी बेंगलोरमा दुई साता अभ्यास गरेर नेपाल दुई दिनअघि मात्रै स्वदेश फर्किएको थियो । सेप्टेम्बर २ देखि ९ सम्म नेपालले श्रीलंकामा अभ्यास गर्ने भएको छ । नेपालले श्रीलंका डेभ्लपमेन्ट टोलीसँग ३, ५ र ७ सेप्टेम्बरमा मा तीन ...
: नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलपमेन्टसँग तीन ओडीआई र चार अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघले (क्यान)ले नेपाली टोलीले आइसीसी लगि २ को तयारीका लागि श्रीलंका टूर गर्न लागेको जानकारी दिएको छ। नेपालले सेप्टेम्बर २ श्रीलंका डेभलपमेन्टसँग पहिलो अभ्यास खेल खेल्नेछ। त्यसको भोलिपल्ट पहिलो ओडीआई खेल्नेछ। क्यानका अनुसार एक दिन अभ्यास र अर्को ...
। तीव्र गतिका बलर कमलसिंह ऐरीसहित तीन नेपाली क्रिकेट खेलाडी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज क्यानडा भ्रमणको बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । नेपालले क्यानडा जानुअघि श्रीलंका डेभप्लमेन्टसँग खेल्ने तीन एकदिवसीय अभ्यास सिरिजलाई १९ सदस्यीय टोली घोषणा गर्दा कमलसँगै स्पिनर बसिर अहमद र सूर्य तामाङ बाहिरिएका हुन् । क्यानडा भ्रमणलाई नेपालले एक महिनाअघि २२ सदस्य टोली बन्द प्रशिक्षणमा ...
: नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडी र मुख्य प्रशिक्षकलाई तीन लाखका दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। बिहीबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो। अमेरिका र वेस्ट इन्डिजमा भएको आइसीसी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै क्यानले उनीहरूलाई प्रोत्साहन भत्ता दिने निर्णय गेरेको प्रवक्ता छुम्बी लामाले बताए। त्यस्तै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)मा ८ टिम सहभागी हुने भएको छ। नेपाल क्रिकेट संघले एनपीएलमा ८ टिम सहभागी गरराउने निर्णय गरेको छ। बिहीबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले एनपीएलमा ८ फ्रेन्चाइज टिम सहभागी गराउने निर्णय गरेको प्रवक्ता छिम्बु लामाले बताए। क्यानले यसअघि नै नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म एनपीएल गर्ने निर्णय गरेको थियो। एनपीएल काठमाडौंमा ...
First Prev ... 67 68 69 70 71 72 73 74 75 76 77 ... Next Last