मुख्य समाचार
खेलकूद
। साफ महिला च्याम्पियनसिप २०२४ को पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह बी मा परेको छ । जहाँ नेपालले पहिलो खेल दशरथ रंगशालामा भुटानसँग अक्टोबर १८ मा खेल्नेछ । समूह बीमा नेपाल र भुटानसँगै श्रीलंका र माल्दिभ्स पनि छन्। नेपालले दोस्रो खेल अक्टोबर ...
। काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई ५ लाख र प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ । महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले बुधबार विहान नगदसहित सम्मान गरेका हुन् । बुधबार बिहान ८ बजे स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको थियो । पेरिसमा भएको ...
। फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने विश्वकै चर्चित फुटबल अवार्ड बालोन डे’ओरको विभिन्न विधाको मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबलले बुधबार राति पुरुष वर्ष खेलाडी महिला वर्ष खेलाडी प्रशिक्षक युवा खेलाडी र गोलकिपरको मनोनयन सार्वजनिक गरेको हो । मनोनयनको रमाइलो पक्ष के छ भने विश्व फुटबलका दुई सुपर स्टार लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो दुवै सन् ...
। देशका लागि खेल्ने र जित्ने खेलाडी धेरै हुन्छन् । तर नगर वा शहर परिक्रमाको सम्मान निकै कम खेलाडीले पाउँछन् । असम्भव जस्तै मानिएको उपलब्धि हात पार्न सक्नुपर्छ । बुधबार ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेसा गोवर्द्धनलाई नगर परिक्रमा गरेर सम्मान गरिएको छ । फ्रान्सको पेरिसमा सन् २०२४ पारालिम्पिक्सको के ४४ क्याटेगोरी ५७ केजीमा कांस्य जितेपछि ...
। विकेटकिपर लिटन दास र स्पिनर मेहेदी हसन मिराजको उत्कृष्ट प्रदर्शनमा बंगलादेशले पहिलो पटक पाकिस्तानविरुद्ध टेस्ट सिरिज जितेको छ ।मंगलबार घरेलु टोली पाकिस्तानलाई दोस्रो टेस्ट खेलमा ६ विकेटले हराउँदै सिरिजमा क्लिनस्विपका साथ बंगलादेशले इतिहास रचेको हो । १८५ रनको लक्ष्य पछ्याएको बंगलादेशले पाँचौं तथा अन्तिम ५६ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। बंगलादेशका ओपनर जकिर हसनले ...
। भारतीय पूर्व टी-२० विश्वकप विजेता प्रशिक्षक राहुल द्रविड इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोली राजस्थान रोयल्सको मुख्य प्रशिक्ष बन्ने भएका छन् । राहुल द्रविड र राजस्थानबीच सम्झौताई भइसकेको इएसपिएनक्रिकइन्फोले जनाएको छ । द्रविड सन् २०१२ र २०१३ मा राजस्थानको कप्तान थिए । सन् २०१४ र २०१५ मा उनी राजस्थानको निर्देशक तथा मेन्टरको रुपमा काम ...
। साफ यु–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । गत बिहीबार सम्पन्न एन्फा कार्यसमिति बैठकले यु–२० टिमलाई पुरस्कार प्रदान गर्ने निर्णाय गरेको हो । यसैगरी खेलाडीलाई टिकट विक्रीको २० प्रतिशत रकम दिने निर्णय पनि भएको थियो । एन्फाका अनुसार खेलाडीले टिकट विक्रीको २० ...
। नेपाली महिला बास्केटबलको नयाँ कप्तानमा अनुशा मल्ल ठकुरी नियुक्त भएकी छन् । नेपाल बास्केटबल संघ (नेबा) ले यही सेप्टेम्बरमा भुटानमा हुने ट्राई नेसन्स महिला बास्केटबल प्रतियोगिताको लागि अनुशालाई कप्तान चयन गरेको हो । नेबाले मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत अनुशालाई कप्तान नियुक्त गरिएको जनाएको छ । नेबाका अध्यक्ष भीमसिंह गुरुङले हाल टोलीमा रहेका खेलाडीमध्ये अनुभवी अनुशालाई ...
। भारतीय महिला भलिबल टिमकी कप्तान तथा सेटर जिनी कोभात साजीले मधेश युनाइटेडबाट पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभीएल) खेल्ने भएकी छन् । मधेशले मंगलबार आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा जिनीलाई अनुबन्ध गरेको हो । विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली मधेशले ईडब्लुभीएका लागि ३ विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोलीसमेत बनेको छ । मधेशले यसअघि ...
: राजधानीमा जारी एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले बराबरी खेलेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा चन्द्रपुर र कर्णालीले १–१ गोलको बराबरी खेलेका हुन्। खेलको सातौ मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। तर पहिलो हाफको इन्जुरी समयमा चन्द्रपुरकी रजनी थोकरले गोल गर्दै बराबरी गर्न सफल भइन्। दोस्रो ...
: पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धनको सम्मानमा आज नगर परिक्रमा गराइने भएको छ । फ्रान्सको राजधानी पेरिसमा भएको पारालिम्पिकको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले कांस्य पदक जितेकी थिइन् । यो नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो । ऐतिहासिक पदक विजेता पलोसा आज बिहान काठमाडौं आउँदै छिन् । उनीसहित नेपाली टोलीलाई राष्ट्रिय खेलकुद ...
। उच्च सरकारी वकिलको कार्यालय, पाटनले क्रिकेटर सन्दिप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने राय दिएको छ । पुनरावेदन गर्नुपर्ने रायसहितको फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाएको उच्च सरकारी वकिलको कार्यालयका प्रमुख शंकर खत्रीले बताए । ‘उच्च अदालत पाटनबाट भएको फैसला सच्याउन सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने रायसहितको प्रतिवेदन हामीले महान्यायाधिवक्ता कार्यालयमा पठाइसकेका छौं,’ सहन्यायाधिवक्ता खत्रीले भने, ‘प्रतिवेदन अध्ययन गरी ...
। पाकिस्तानका प्रमुख ब्याटर बाबर आजम टेस्ट क्रिकेटमा लगातार १६ इनिङसम्म अर्धशतक विहीन बनेका छन् । घरेलु मैदान रावलपिंडीमा बंगलादेशविरुद्ध दोस्रो टेस्ट खेलमा बाबर ३१ र ११ रनमा आउट हुन पुगे । बंगलादेशविरुद्ध पहिलो टेस्टमा उनी डक र २२ रनमा आउट भएका थिए । उनले पछिल्लो पटक सन् २०२२ डिसेम्बरमा कराँचीमा न्युजिल्यान्डविरुद्ध पहिलो इनिङमा १६१ रनको ...
। नेपाली खेलाडी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा शुक्रबार राति जितेको कांस्य पदक नेपाली खेलकुद इतिहासमा अहिलेसम्मको ठूलो पदक हो । पारा तेक्वान्दोको के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि उनले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कांस्यपदक जितेपछि त्यसको चर्चा नेपालभर छ । नेपालले ओलम्पिकमा सहभागिता जनाउन थालेको ६० वर्ष र पारा ओलम्पिकमा दुई ...
। उरुग्वेका भेटेरान फुटबल लुइस सुआरेजले ३७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यसाको घोषणा गरेका छन् । लिभरपुल र बार्सिलोनाका पूर्व फरवार्ड समेत रहेका सुआरेजले शुक्रबार पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । उनी उरुग्वेका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले उरुग्वे राष्ट्रिय टिमबाट १४२ खेल खेल्दै ६९ गोल गरेका छन् । सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै ...
। सन् २०१४ देखि विराट कोहली, स्टिभ स्मिथ, केन विलियम्सन र जो रुटलाई फ्याब फोर खेलाडी मानिन्छ । फ्याब फोर अर्थात वर्तमान क्रिकेटका तीनै शैलीका सबैभन्दा उत्कृष्ट ब्याटर । फ्याब फोरमा अन्य तीनलाई जो रुटले टेस्टमा पछि पार्दै धेरै अघि बढेका छन् । फ्याब फोरमध्ये टेस्टमा सर्वाधिक रन, खेल र शतकमा रुट सबैभन्दा अघि छन् । ...
First Prev ... 66 67 68 69 70 71 72 73 74 75 76 ... Next Last