— कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले जितसहित शुक्रबार आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको यात्रा टुंग्याएको छ । नेपालले आयोजक मलेसियालाई ७ विकेटले पराजित गरेको थियो ।
पूजाले ४ विकेट लिनुका साथै अविजित २३ रन बनाएपछि नेपालले सहज जित हात पारेको हो । पहिलोपल्ट यू–१९ विश्वकप खेलिरहेको नेपाल समूह चरणको खेलमा क्रमशः बंगलादेशसँग ५ विकेट, स्कटल्यान्डसँग १ विकेट ...