मुख्य समाचार
खेलकूद
– युएईले आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली नामिबियामाथि एक विकेटको कीर्तिमानी जित हात पारेको छ । आफ्नोे ओडीआई इतिहासकै सर्वाधिक ठूलो लक्ष्य पूरा गर्दै युएईले लिग-२ मा पहिलो जित निकालेको हो । ३१४ रनको विशाल लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । युएईको ओडीआईमा यसअघि उच्च लक्ष्य पूरा २०२२ मा ओमानविरुद्ध ३०८ ...
। एन्फा महिला लिग अन्तर्गत सातौं चरणको पहिलो खेलमा कोशी प्रदेशविरुद्ध एपीएफ ८–० ले विजयी भएको छ । एपीएफको जितमा रश्मी कुमारी घिसिङ एक्लैले ५ गोल गरेकी छन् । एपीएफका लागि पाँचौं मिनेटमा अनिता केसीले गोल गर्दै अग्रता दिलाएकी हुन् । रश्मी कुमारी घिसिङको असिस्टमा उनले गोल गरेकी हुन् । खेलको १९ औं मिनेटमा कप्तान अनिता ...
– घरेलु टोली क्यानडाले आईसीसी विश्वकप लिग-२ मा ओमानलाई ५९ रनले हराएकोछ । २७७ रनको लक्ष्य पछ्याएको ओमान ४६ ओभरमा २१७ रनमा अल आउट भयो । ओमानका फयाज बटले ४४, जिशान मकसुद २७, आयन खान ३०, सोएब खान २४, मेहरान खान ३७ र अकिब इलियास १० रन बनाए । क्यानडाका डिलोन हेलिगरले ४ र कलिम सानाले ...
– ओपनर रहमानउल्लाह गुरबाजको शतक र स्पिनर राशिद खानको ५ विकेटमा अफगानिस्तानले दोस्रो ओडीआई खेलमा दक्षिण अफ्रिकालाई १७७ रनको फराकिलो अन्तरले हराउँदै ऐतिहासिक सिरिज उपाधि जितेकोछ । तीन खेलको सिरिजमा एक खेल अगावै अफगानिस्तानले सिरिज जितेको हो । अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध पहिलो पटक सिरिज जित्न सफल भएकोछ । ३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४.२ ओभरमा १३४ ...
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...
– युवा अलराउण्डर गुलशन झा नेपालबाट ओडीआईमा एकै खेलमा पाँच विकेट लिनुको साथै ५० भन्दामाथि रन बनाउने पहिलो खेलाडी बनेका छन् । नेपाल बिहीबार विहान ओमानसँग १ विकेटले पराजित भएपनि गुलशनले ५३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । यसअघि नेपालबाट ओडीआईमा एकै खेलमा ५ वा त्यो भन्दामाथि विकेट सन्दीप लामिछानेले र करण केसीले तीन ...
। नेपालले आईसीसी विश्वकप लिग-२ मा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज राति ८ : ४५ मा क्यानडाको किंग सिटीमा मेपल लिफ नर्थ वेस्ट क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । त्यसैले नेपाललाई आजको खेलमा जित्नुपर्ने दबाब छ । ओमानको भने यस सिरिजमा पहिलो खेल ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष टिमको प्रमुख प्रशिक्षक माग गरेको छ । हालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्कर्टो एनेसको अवधि नवीकरण नभएपछि सोमबार सामाजिक सञ्जालमा एक सूचना राख्दै एन्फाले प्रमुख प्रशिक्षक माग गरेको हो । आवेदकसँग एएफसीको प्रो लाइसेन्स भएको हुनुपर्नेछ । त्यस्तै एन्फाले आवेदकसँग सिनियर राष्ट्रिय टोली अथवा व्यवसायिक फुटबलमा ५–१० वर्षको अनुभव रहनुपर्ने ...
। तीन महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा सोमबार राति क्यानडाविरुद्धको खेलमा नेपाल १०३ रनले पराजित भयो । नेपालको पराजयको कारण यस पटक पनि खराब ब्याटिङ नै रह्यो । नेपालले गत जुनमा भएको आईसीसी टी–२० विश्वकप मा दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्याण्डससँगको खेल पनि खराब ब्याटिङकै कारण गुमाएको थियो । सोमबार क्यानडाविरुद्धको खेलमा नेपालको ब्याटिङ र खेलाडीको खेल कौशलमा ...
First Prev ... 61 62 63 64 65 66 67 68 69 70 71 ... Next Last