मुख्य समाचार
खेलकूद
: नेपालको फुटबल खेललाई चलायमान बनाउन माग गर्दै नेपाली फुटबल समर्थकहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) को एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रदर्शन गरेका छन् । लामो समयदेखि ए डिभिजन लिग आयोजना गर्न नसकेको र एन्फालाई पारदर्शी ढंगले अघि बढाउन नसकेको भन्दै उनीहरुले आइतबार प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले विश्वकप ४ बर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत यूएईसँगको खेलमा आसिफ शेखले टी-२० अन्तर्राष्ट्रियमा नवौँ अर्धशतक प्रहार गरेका छन्। ओमानस्थित अल अमेरत क्रिकेट मैदानको ट्रफ १ मा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले हाल १६ ओभर सकिँदा ३ विकेट गुमाउँदै १०३ रन बनाएर खेलिरहेको छ। आसिफले ४५ बलमा ४ चौका ...
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...
: आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको खेल बुधबारबाट सुरु हुँदा नेपालको नजर तेस्रो विश्वकपमा केन्द्रित रहने छ। सन् २०२६ मा छिमेकी मुलुक भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा विशेष तयारी गरिरहेको छ। आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह ...
— कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीले अनुभवी इनिङ्स खेलेपछि नेपाली महिला क्रिकेट टोलीले मंगलबार चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ । यससँगै नेपालले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–२ को बराबरीमा ल्याएको छ । पहिला ब्याटिङ गरेको मलेसियाले क्वालालम्पुरस्थित वायुमास ओभलमा निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ११ ...
: एसियाली फुटबल महासंघ (एएफसी) एसियन कप छनोटअन्तर्गत भियतनामसँग खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाली टोलीको बिदाइ गरेको हो। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा कार्यवाहक महासचिव बद्री भट्टराईलगायतले बिदाइ गरेका थिए। बिदाइ कार्यक्रममा बोल्दै राखेप ...
: नेपालले आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको दोस्रो अभ्यास खेलमा पनि नेपालले जित निकालेको छ। सोमबार भएको दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो। नेपालले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५४ रन मात्र बनाउन सक्यो। कतारका मुहम्मद तनभिरले ...
— स्पेनी च्याम्पियन बार्सिलोनाले ला लिगामा आइतबार सेभियासँग ४–१ को अविश्वसनीय हार बेहोरेको छ । बार्सिलोनाका लागि उसकै पूर्व खेलाडी एलेक्स सान्चेजले एक गोल गरे भने रोबर्ट लेवनडोस्की पेनाल्टीबाट गोल गर्न पनि चुके । नयाँ सिजनको पहिलो लिग हारपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा रह्यो । रियल म्याड्रिड २१ अंकमा शीर्ष छ भने बार्सिलोना १९ अंकमा ...
— लयमा रहेका इर्लिङ हालान्डले खेलको नवौं मिनेटमा गरेको एक मात्र गोलको मदतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार ब्रेन्टफोर्डलाई १–० ले पराजित गरेको छ । कम्युनिटी स्टेडियममा प्राप्त यस साँघुरो जितपछि पेप ग्वार्डिओलाको सिटीको सात खेलबाट १३ अंक भएको छ र यो शीर्षमा रहेको आर्सनलसँग तीन अंकको दूरी हो । ब्रेन्टफोर्ड भने सात अंकमा १६ ...
First Prev ... 59 60 61 62 63 64 65 66 67 68 69 ... Next Last