मुख्य समाचार
खेलकूद
: नेपाल र वेस्ट इन्डिजबीच हुन लागेको टीट्वेन्टी शृंखलाको खेल तालिकामा केही परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप फाइनलका कारण पूर्वनिर्धारित तालिकामा केही हेरफेर गरिएको जनाएको छ। क्यानका केन्द्रीय सदस्य एवं प्रवक्ता छुम्बी लामाले मंगलबार एक विज्ञप्ति जारी गर्दै शृंखलाका खेल तालिकामा केही हेरफेर गरिएको बताएका हुन्। संयुक्त अरब इमिरेट्स (यूएई) को ...
: अष्ट्रेलियामा टप एण्ड टी-२० क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ। डार्विनको नर्दन टेरिटोरीमा भएको टप एण्ड टी-२० सिरिज र केही अभ्यास खेलहरू खेलेर नेपाली टिम स्वदेश फर्किएको हो। नेपाली टिम टप एण्ड टी-२० सिरिजमा नेपाल ११ टिममा आठौं भएको थियो। नेपाली टिमले टप एण्ड टी-२० सिरिज पश्चात साउथ अष्ट्रेलियासँग २ वटा टी-२० र ...
: आजदेखि सुरु भएको एएफसी यू -२३ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज घरेलु टिम ताजाकिस्तानसँग खेल्दैछ। ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा हुने नेपाल र ताजकिस्तान बीचको खेल नेपाली समयअनुसार साँझ ८:१५ बजे सुरु हुनेछ। समूह के मा रहेको नेपालले ताजिकिस्तान फिलिपिन्स र सिरियासँग खेल्नेछ। टोलीका प्रमुख प्रशिक्षक नवीन न्यौपानेले पहिलो खेलबाट ३ अंक जोड्दै एसियन ...
। सेप्टेम्बरमा हुने एसिया कप टी-२० का लागि चरिथ असलंकाको कप्तानीमा श्रीलंकाको १६ सदस्यीय टोली घोषणा गरिएको छ। चोटका कारण बंगलादेशविरुद्धको सिरिज र जिम्बाबेविरुद्धको टी–२० सिरिज गुमाएका लेग स्पिनिङ अलराउन्डर वानिन्दु हसरंगा टोलीमा फर्किएका छन् । श्रीलंकाले बंगलादेशविरुद्ध घरेलु सिरिज खेलेको टोलीबाट चार परिवर्तन गरिएको छ। अविश्का फर्नान्डो, दिनेश चान्डिमल, जेफ्री भान्डरसे र एशान मलिङ्गा बाहिरिएका छन्। ...
। आगामी सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलका लागि बिहीबार राति ड्र सम्पन्न भएको छ । गत सिजनदेखि नयाँ ढाँचामा हुन थालेको ३६ टोली सहभागी हुने प्रतियोगितामा पहिलोपटक ६ वटा प्रिमियर लिग क्लबले खेल्नेछन् । तर, लिग चरणमा उनीहरूले आपसमा खेल्ने छैनन् । ड्र अनुसार १५ पटकको विजेता स्पेनी महारथी क्लब रियल मड्रिडसँग इंग्लिस च्याम्पियन लिभरपुल र म्यानचेस्टर ...
: भारतको गुहाटीमा भइरहेको आसाम र नेपाल 'ए' टिमको ५ खेल सम्मेलित सिरिजमा नेपाल 'ए' टिम आसामसँग पराजित भएको छ। नेपाल 'ए' टिम आसामसँग डीएल(डक वर्थ) प्रणालीमा १५ रनले पराजित भएको हो। वर्षाका कारण खेल डीएल पद्धतिमा नेपालले हार बेहोरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको आसामले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९० रन ...
: साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथान स्टेडियममा भएको खेलमा नेपाल ४–१ ले पराजित भएको हो। बंगलादेशसँग पराजित भएसँगै नेपालको उपाधि सम्भावना सकिएको छ। बंगलादेशका लागि सौरवी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा थुइनुयी मर्माले १ गोल गरिन्। पहिलो हाफको ३८ औँ मिनेटमा थुइनुयी मर्मा र ४५ औँ मिनेटमा बंगलादेशकी सौरवी ...
। लेगस्पीनर सन्दीप लामिछानेले ह्‍याट्रिकसहित ५ विकेट लिएपछि नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास टी-२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई पराजित गरेको छ । नेपालले एसीटीलाई ४१ रनले पराजित गरेको हो । नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो । एसीटीका लागि जेक स्मिथले सर्वाधिक ५० तथा जाक के‌घले २५ रन बनाए ...
। रियो एनगुमोहाले इन्जुरी टाइमको दशौँ मिनेटमा निर्णायक गोल गरेपछि साविक विजेता लिभरपुलले प्रिमियर लिगमा न्युकासल युनाइटेडमाथि ३-२ को रोमाञ्चक जित हात पारेको छ । लिभरपुललाई ३ अंक दिलाउन योगदान गरेका १६ वर्षिय रियो लिभरपुलको इतिहासमा प्रिमियर लिगमा गोल गर्ने कान्छा खेलाडी समेत बने । न्युकासलको मैदानमा सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुलले दुई गोलको अग्रता लिएपनि ...
— इन्टर मिलानले इटालीको सिरी ‘ए’ उपाधिमाथि आफ्नो दाबी प्रस्तुत गर्ने क्रममा सोमबार टुरिनालाई सजिलै ५–० ले पराजित गरेको छ । सानसिरोमा भएको खेलमा इन्टरका लागि मार्कस थुरामले दुई गोल गरे । उनले प्रत्येक हाफमा एक एक गोल गरेका हुन् । एलेसान्ड्रो बासटोनीले १८ औं मिनेटमा गोलको खाता खोले । यस्तै लउटारो मार्टिनेज र नयाँ खेलाडी ...
: भारतको गुवाहाटीमा नेपाल ʻएʼ टिमले आसामको राज्य टिमसँग पाँच खेलको टी–२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार नेपाल ʻएʼ टिमको घोषणा गरेको हो। सिरिज भदौ १० देखि १८ (अगस्ट २६ देखि सेप्टेम्बर ३) सम्म हुने क्यानले जनाएको छ। क्यानले अनिल साहको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ। अनिलले नेपाली राष्ट्रिय टिमबाट ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२६ को पुरुष फुटबल विश्वकपको ड्र डिसेम्बरमा वाशिंगटनमा हुने घोषणा गरेका छन्। ड्र डिसेम्बर ५ मा वाशिङ्टनको केनेडी सेन्टरमा हुने ट्रम्पले घोषणा गरेका हुन्। अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा ४८ टोली सहभागी हुनेछन्। यसअघि विश्वकपमा ३२ राष्ट्र सहभागी हुन्थे। फिफा अध्यक्ष जियानी इन्फान्तिनोले ट्रफीसहित ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ । पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन तथा दिपेन्द्रसिंह ऐरीले अविजित ४१ रन बनाएपनि पर्याप्त हुन ...
— ध्रुवबहादुर प्रधानको संयोजकत्वमा गठित नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै भनेको छ, आफूहरूको उद्देश्य ओलम्पिक विवाद समाधान गर्ने नै हो । त्यति मात्र होइन, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को समर्थन आफ्नै पक्षमा हुने दाबीसमेत गरे । एनओसीका पूर्वअध्यक्षसमेत रहेका प्रधानले भने, ‘म अध्यक्ष हुन आएको होइन, समस्या समाधान गर्न आएको ...
— अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३:१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको ...
: दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गतेदेखि हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपीएल मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना गरिने जानकारी दिएका हुन्। क्यानका अनुसार दोस्रो संस्करणको एनपीएल पनि काठमाडौंको त्रिवि क्रिकेट मैदानमा आयोजना हुने भएको छ। पहिलो ...
First Prev 1 2 3 4 5 6 7 8 9 10 ... Next Last