मुख्य समाचार
खेलकूद
: स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एनपीएल सुरु हुनु एक दिनअघि सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सका खेलाडीलाई भेटेका छन्। आफू पनि गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्ने बताउँदै पोखराको हस्पिटालिटी पार्टनर सोल्टी होटलमा बसेका खेलाडीहरूलाई उनले जितको अग्रिम शुभकामना दिए। ‘म पनि तनहुँमा जन्मेको पोखरामा हुर्केको हुँ। त्यसैले मेरो समर्थन पोखरा एभेन्जर्सलाई छ। तपाईंहरू ट्रफी जितेर आउनुस्। अग्रिम शुभकामना छ,’ ...
: नेपाल प्रिमियर लिग (एनपीएल)का खेल हेर्न त्रिभुवन विश्वविद्यालय (टीयु)का विद्यार्थीहरूलाई ५० प्रतिशत छुटको व्यवस्था हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार विज्ञप्ति जारी गरेर एनपीएलका सम्पूर्ण खेलमा साधारणतर्फको टिकटमा विश्वविद्यालयका विद्यार्थीहरूलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो। 'नेपाल क्रिकेट संघद्वारा नेपालको प्रमुख टी-२० प्रतियोगिताको रूपमा आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको ...
: नेपाल प्रिमियर लिग(एनपीएल)को पहिलो सिजनको उद्घाटन खेलमा पूर्वेली टिम विराटनगर किङ्ग र जनकपुर बोल्ट्स भिड्दै छन्। शनिबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२: ४५ मा यी दुई टिमको खेल सुरु हुनेछ। खेल नेपाली राष्ट्रिय टिमका खेलाडी अनिल शाह र स्पिनर सन्दीप लामिछानेको टिम बीचमा हुनेछ। दुवै टिम राम्रो तयारीका साथ मैदानमा उत्रने ...
: कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्। शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका धवनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरेले स्वागत गरेका थिए। ३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंग्सबाट खेलेका छन्। उनी विश्व ...
: नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ। यु-१९ एसिया कपअन्तर्गत शुक्रबार दुबईमा भएको खेलमा नेपालले ४६.२ ओभरमा अलआउट हुँदै १७८ रनमात्र बनाउन सक्यो। नेपालका लागि मयन यादवले अर्धसतकसहित ६१ रन बनाए। त्यस्तै आकाश त्रिपाठीले १९, अर्जुन कुमालले १२, सन्तोष यादवले ११, नरेन भट्टले १२, उत्तम मगरले १७ र नरेन साउदले १६ रन बनाए। यसअघि ...
: नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न स्कटिस खेलाडी ब्रान्डन मक्मलेन नेपाल आइपुगेका छन् । मक्मलेन शुक्रबार नेपाल आइपुगेका हुन् । उनले एनपीएल टिम सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्नेछन् । उनलाई सुदूरपश्चिम रोयल्सका विटम व्यवस्थापक रवि तिमल्सिनाले स्वागत गरेका थिए । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टी २० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । जसमा उनले ...
— मदन भण्डारी स्पोर्ट्स एकेडेमीले वार्षिक कार्यक्रम सार्वजनिक गर्दै विभिन्न १८ खेलको राष्ट्रव्यापी प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितासँगै विभिन्न खेलको प्रशिक्षण र अन्तरक्रिया पनि गरिने एकेडेमीले बिहीबार पत्रकार सम्मेलनबाट जानकारी गराएको हो । खेलकुद पर्यटनको विकास गर्न सके देशको अर्थतन्त्रमा टेवा पुर्‍याउन सक्ने र तल्लो स्तरबाट खेलकुदका विकास गर्ने एकेडेमीको लक्ष्य रहेको अध्यक्ष ध्रुव आचार्यले बताए ...
: यही शनिबारदेखि सुरु हुने नेपाल प्रियिमर लिग (एनपीएल) का लागि विदेशी खेलाडी नेपाल आउन थालेका छन्। बुधबार मात्रै काठमाडौं गोर्खाजका तीन, पोखरा एभेन्जर्सका चार र चितवन राइनोजका एक खेलाडी नेपाल आएका छन्। काठमाडौं गोर्खाजमा अनुबन्ध भएका इङ्ल्यान्डका अलराउन्डर डेनियल एलेक्जेन्डर डौथवेइट, ब्याटर स्टेफन इस्किनाजी र बलर नाथन सोउटर बुधबार नेपाल आएका हुन्। उनीहरूलाई ...
— कन्फेडेरेसन अफ नेसनल स्पोर्ट्स एसोसिएसनको बैठकले समसामयिक खेलकुदका विभिन्न माग राखेर युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसक्षम ज्ञापनपत्र पेस गर्ने भएको छ । कन्फेडेरेसन नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेलसंघहरू मिलेर बनेको संस्था हो । सातदोबाटोस्थित तेक्वान्दो संघको सभाहलमा टेनिस संघकी अध्यक्ष ज्योति राणाको अध्यक्षतामा बसेको कन्फेडेरेसनको बैठकले उक्त निर्णय गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ...
— युरोपेली च्याम्पियन्स लिगमा लिभरपुलले बुधबार राति डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई २–० ले हराएको छ र यससँगै प्रतियोगितामा आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्यो । इंग्लिस प्रिमियर लिग क्लबका लागि एलेक्स म्याक एलिस्टर र कोडी गाक्पोले गोल गरे । लिभरपुलको पाँच खेलबाट १५ अंक भएको शीर्ष स्थानमा छ । एलिस्टरले ५२ औं मिनेटमा पहिलो गोल गरे भने ...
— नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा एनपीएल सुरु हुनेछ । पुस ६ गते हुने फाइनलले कार पाउने खेलाडीको टुंगो लगाउने छ । यसका लागि एसपीजी अटोमोबाइल्सले मंगलबार क्यानसँग सम्झौता गरेको छ । चीनको ओमोडा एन्ड जेइको अटोमोबाइल्सको नेपालका लागि आधिकारिक ...
। एएफसी च्याम्पियन्स लिग इलाइटअन्तर्गत गएराति भएको खेलमा साउदी क्लब अल नासरले सहज जित निकालेको छ । अल नासरले कतारी क्लब अल घराफालाई ३-१ गोल अन्तरले हराएको हो । अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने एन्जेलो गाब्रियलले १ गोल गरे । घराफाका जोसेलुले गरेको गोल सान्त्वना बन्यो । खेलको पहिलो हाफ गोलरहित ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम सुदूरपश्चिम रोएल्सका मेन्टर अष्ट्रेलियाका ब्राड हज नेपाल आइपुगेका छन् । सन् २००७ मा अष्ट्रेलियाबाट वानडे वर्ल्ड कप जितेका हजलाई सोमबार सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गरे । हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलिसकेका छन् । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोएल्सको मुख्य प्रशिक्षकमा ...
। अस्ट्रेलियासँगको बोर्डर गाभस्कर ट्रफी अन्तर्गत पहिलो टेस्टमा भारतले शानदार जित निकालेको छ । भारतले अस्ट्रेलियालाई २९५ रनले हराएको हो । भारतले प्रस्तुत गरेको ५३४ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलिया चौथो दिनको खेलमा २३८ रनमा अलआउट भयो । यसअघि पहिलो इनिङमा अस्ट्रेलिया १०४ रनमा अलआउट भएको थियो । भारत पनि पहिलो इनिङमा १५० रनमा समेटिएकामा दोस्रो इनिङमा ...
। मलेसियामा आगामी २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । क्यानले मंगलबार र एक कार्यक्रमबीच नेपाली यू-१९ टोलीको विदाइ गरेको हो । राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितिमा टोलीको बिदाइ गरिएको हो । कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले भने, ‘छोटो समयको तयारीका ...
। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै छ । क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ । क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७००‌‌ रुपैयाँ तोकिएको छ । त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरल तर्फको टिकट मूल्य ३०० ...
First Prev ... 43 44 45 46 47 48 49 50 51 52 53 ... Next Last