मुख्य समाचार
खेलकूद
: यो सातादेखि प्रीमियर लिग सुरु हुँदैछ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले शुक्रबार एन्फिल्डमा बोर्नमाउथको सामना गर्दैछ। म्यान्चेस्टर युनाइटेडले आर्सनलको स्वागत गर्नेछ भने लिड्स युनाइटेडले इभर्टनलाई स्वागत गर्दै शीर्ष लिगमा फर्किने लक्ष्यमा छन्। प्रीमियर लिगको २०२५–२६ सिजनमा केही नयाँ परिवर्तन भएका छन्। यो सिजनमा धेरै रोचक र नयाँ अनुभव हुने जनाइएको छ। नयाँ प्रबंधक र ...
: नेपाल नर्थन टेरिटोरी (एनटी) स्ट्राइकसँग पराजित भएको छ। टप एण्ड टी-२० सिरिजअन्तर्गत अष्ट्रेलियामा भएको खेलमा नेपाल ४२ रनले पराजित भएको हो। एनटी स्ट्राइकले दिएको १७८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनायो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए। उनले २५ बल खेल्दै क्याच भए। पहिलो ...
। म्याग्दी जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाउने घोषणा गरेको छ। म्याग्दीको रघुगंगा–३, पिप्लेमा जन्मेकी शाहीले भलिबलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान पुर्‍याएकी छन्। त्यही योगदानको कदर गर्दै शालिक बनाइने घोषणा गरिएको हो । उनको नेतृत्वमा नेपालले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने एनटीको कप्तानमा केन रिचार्डसन छन् । एनटी स्ट्राइकले सन् २०२३ ...
। नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले टप एण्ड टी-२० सिरिज समाप्त भएपछि थप पाँच अभ्यास खेलहरू खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति जारी गरेर नेपालले थप अभ्यास खेलहरू खेल्ने जानकारी गराएको हो । यो तयारी शृंखला अन्तर्गत नेपालले २६ देखि ३० अगस्टसम्म एसीटी र साउथ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले २६ अगस्टमा एसीटीसँग २ खेल ...
। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन आह्वान गरेको छ। यसअघि पुरुष क्रिकेट टिमको लागि पहिलोपटक सार्वजनिक रूपमै प्रायोजनका लागि आह्वान गरिएकोमा महिलाको जर्सीका लागि पनि आवदेन खुलाइएको हो । प्रायोजन रकम न्यूनतम वार्षिक ६० लाख रुपैयाँ तोकिएको छ । अवधि ३ वर्ष रहनेछ र ...
। फ्रेन्च क्लब पीएसजीले युइएफए सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा इंग्लिस क्लब टोटनहामलाई टाइब्रेकरमा हराउँदै पीएसजीले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि सिधै टाइब्रेकरमा धकेलिएको खेलमा पीएसजीले टाइब्रेकरमा बाजी मारेको हो । टाइब्रेकरमा पीएसजीका भिटिन्हाले एक प्रहार मिस गर्दा टोटनहामका मिकी भान डे भेन र ...
— नेपाल फुटबल खेलाडी संघले मंगलबार नेपाली फुटबललाई चलायमान राख्न डिभिजन फुटबल निरन्तरता दिन माग राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसमक्ष ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा विराज महर्जन, विकेश कुथुको टोलीले एन्फासामु ज्ञापनपत्र बुझाउँदै चाँडोभन्दा चाँडो सबै श्रेणीका सहभागी क्लबसँग समन्वय गरेर फुटबल लिग क्यालेन्डरअनुसार काम अघि बढाउन ...
— वेस्ट इन्डिज र पाकिस्तानबीचको तीन खेलको एक दिवसीय सिरिज वेस्टइन्डिजले आफ्नो नाममा पारेको छ । अन्तिम खेलमा पाकिस्तानको प्रदर्शन हेर्न लायक नै रहेन । मंगलबार सिरिज मात्रै होइन, पाकिस्तानलाई लज्जास्पद हार चखाएर घर फिर्ता पठाएको छ । वेस्टइन्डिजका लागि यो ऐतिहासिक जित हो । ३४ वर्षपछि एक दिवसीय सिरिजमा पाकिस्तानमाथि जित निकालेको हो । ऐतिहासिक जितमा ...
। रोबोट कुकुरहरूले चर्चित अमेरिकी रियालिटी शो ‘अमेरिकाज गट ट्यालेन्ट’मा सानदार प्रस्तुति दिएका छन् । बोस्टन डायनामिक्सले निर्माण गरेका यी रोबोट कुकुरले पहिलोपटक विश्वकै चर्चित रियालिटी शोमा नृत्य गर्दै डेब्यु गरेका हुन् । क्वीन्स ब्याण्डको चर्चित गीत ‘डन्ट स्टप मी नाउ’ गीतमा प्रस्तुति दिएका हुन् । रोबोट कुकुरहरूको हात पनि फ्रेडी मर्करीको गायनमा ‘लिप-सिंक’ गर्न प्रयोग गरिएको ...
। एएफसी यू-२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली भुटानबाट स्वदेश फर्किएको छ । घर फर्किनुअघि नेपालले आइतबार समूह ए को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११-० को पराकिलो हार व्यहोरेको थियो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको थियो । छनोटमा नेपालले ...
। गोलकिपर डिन हेन्डरसनले दुई पेनाल्टी बचाएपछि क्रिस्टल प्यालेसले लिभरपुललाई पेनाल्टीसुटआउटमा पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ । वेम्बलीमा भएको खेलमा निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो । जहाँ डिन हेन्डरसन नायक बने । उनले लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र हार्भे एलिओटको पेनाल्टी बचाए । यस्तै मोहमद सालाहको पेनाल्टी प्रहार ...
: टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो। राखेप सदस्य सचिव टंकलाल घिसिङ लगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झन्डा हस्तान्तरण गरेका थिए। त्यस्तै कार्यक्रममा क्यान र नासा सेक्युरिटिजबीच नेपाली राष्ट्रिय ...
। नासा सेक्युरिटिजले नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गरेको छ । जर्सी प्रायोजन सम्बन्धी आइतबार नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच सम्झाैता भएको हो । अब नेपालको जर्सीमा नासा सेक्युरिटिजको लोगो राखिएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय क्रिकेटको नयाँ जर्सी समेत लन्च गरिएको थियो । राखेप सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुर बहादुर चन्द ...
। एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० को पराकिलो अन्तरले पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको हो । समूहको सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंक जोडेर ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भएको छ । अक्सनबाट ए क्याटेगोरीमा रहेका ९ खेलाडीबाट चारजना सबैभन्दा महँगो अर्थात् १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन् । ए क्याटेगोरीका देव खनाल सबैभन्दा पहिले अनुबन्ध भएका थिए । उनलाई चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम १५ लाखमा चाहेपछि भएको लक्की ड्र बाट चितवनले ...
First Prev ... 43 44 45 46 47 48 49 50 51 52 53 ... Next Last