मुख्य समाचार
खेलकूद
। नेपाली महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले आगामी फागुनको पहिलो साता काठमाडौंमा हुन लागेको चार देशीय महिला फुटबल प्रतियोगितामा कुनैपनि प्रतिद्वन्द्वीलाई कमजोर मान्न नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रशिक्षकसँगको अन्तर्क्रिया कार्यक्रममा तामाङले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सबै टिमले राम्रो तयारी गरेर खेल्न आउने उल्लेख गर्दै सबै आ-आफ्नो हिसाबले बलियो हुने उल्लेख ...
। स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति भएको मड्रिड डर्बी बराबरीमा सकिएको छ । रियल मड्रिड र एट्लेटिको मड्रिडले १-१ गोलको बराबरी खेलेका हुन् । रियलको मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा पाहुना टोलीले अग्रता लिएको थियो भने रियलले बराबरी गोल फर्काउँदै हार टारेको हो । एट्लेटिकोका जुलियन अल्भारेजले १ गोल गर्दा रियलका लागि किलियन एमबापेले गोल गरे । खेलको ...
। फ्रेन्च गोलकिपर जेफ्री बाल्टुसले तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) पनि ललितपुर सिटी एफसीबाटै खेल्ने भएका छन् । ललितपुले सामाजिक सञ्जाल फेसबुकमा ‘किङ इज रिटर्निङ’ भन्दै भिडियो पोष्ट गर्दै जेफ्री बाल्टुसले फेरी एनएसलएल खेल्ने पुष्टि गरेको छ । बाल्टुसले पनि आफू फेरि एनएसएल खेल्न आउन लागेको बारेको भिडियो पोष्ट गरेका छन् । गत वर्ष भएको दोस्रो ...
। म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लेस्टर सिटीविरूद्ध पुनरागमन जित निकाल्दै युनाइटेड पाँचौं चरणमा पुगेको हो । युनाइटेडले लेस्टरलाई २-१ गोलअन्तरले हरायो । युनाइटेडको जितमा जोसुआ जर्क्जी र ह्‍यारी मागुयरले १-१ गोल गरे । त्यसअघि लेस्टरका बबी डे कोर्डोभाले गोल गरेका थिए । पहिलो हाफको ४२औं मिनेटमा कोर्डोभा ...
— पाहुना टोली ब्रिगेड ब्वाइज क्लब, यूकेलाई २–० ले पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार कर्नरको सदुपयोग गर्दा सर्वाधिक उपाधि विजेता पुलिसले बेलायतको टोलीलाई घर फर्काएको हो । खेलको २८ औं मिनेटमा प्राप्त कर्नर पुलिसका विवेक पाण्डेले सदुपयोग गर्दै गोल गरे । ...
— बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शुक्रबार वेडर ब्रेमनलाई ३–० ले पराजित गरेको छ र शीर्ष स्थानमा नौ अंकको अग्रता बनाएको छ । त्यसमा इंग्लिस कप्तान ह्यारी केनले पेनाल्टीबाट दुई गोल गरे । त्यसबीच लेरोय सेनले एक गोल थपे । गोलरहित पहिलो हाफपछि केनले ५६ औं मिनेटमा पहिलो गोल गरेका हुन् । उनको व्यक्तिगत दोस्रो गोल भने ...
— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग–वानमा मोनाकोलाई सजिलै ४–१ ले पराजित गरेको छ र यससँगै उसले लिग उपाधि जित्ने सम्भावना अझ बलियो बनाएको छ । यो नतिजापछि पीएसजीको २१ खेलबाट ५३ अंक भएको छ । यो दोस्रो स्थानमा रहेको मार्सेमाथि १३ अंकको ठूलो बढ्त हो । एक खेल कम खेलेका मार्सेको ४० अंक ...
— ह्यारी म्यागुएरले खेलको अन्त्यतिर गरेको गोलको मद्धतले म्यानचेस्टर युनाइटेडले एफएकप चौथो चरणमा शनिबार लेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ । लेस्टरका प्रशिक्षक रुद भान निस्टलरोयका लागि ओल्ड ट्रायफोर्डको भ्रमण सुखद रहेन । निल्टलरोय युनाइटेडका पूर्व खेलाडी तथा प्रशिक्षक हुन् । प्रिमियर लिगमा रेलिगेसनबाट बच्न संघर्षरत लेस्टरले बबीन डे कारडोभाको गोलले ४२ औं मिनेटमा अग्रता ...
— थाइल्यान्डले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलाको ट्रफी जितेको छ । शुक्रबार भएको राउन्ड रोबिन लिगको अन्तिम खेलमा थाइल्यान्डले घरेलु टोली नेपाललाई ७ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ रोजेको नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २० ओभर खेल्दै ७ विकेट गुमाई ८१ रनमात्र बनाउन सक्यो । जबाफमा शीर्ष वरीयताको थाइल्यान्डले १७ ओभरमै लक्ष्य पूरा गरेको थियो । महिला ...
— दुईपल्टको च्याम्पियन संकटा क्लबलाई ३–१ ले हराउँदै सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड पोखरामा जारी २४ औं आहा–रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । पोखरा रंगशालामा शुक्रबार पहिलोपल्ट नेपाल भम्रणमा रहेको भारतीय टोलीले पहिलो खेलबाटै संकटालाई घर फर्काएको हो । थन्डरबोल्टका फ्र्यांकलिन क्वेटे टाला, करण राई र आदर्श तामाङले गोल गरे । संकटाबाट मनीष पौडेलले एक गोल फर्काए । खेलमा सुरुआती ...
। नेपाली क्रिकेट टिमकी अलराउण्डर पुजा महतो काठमाडौंमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन् । प्रतियोगितामान जितविहीन रहेपनि नेपालका लागि अलराउण्ड प्रदर्शन गरेकी पुजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै स्कुटर जितेकी हुन् । उनले प्रतियोगिताभर ६ खेलमा एक अर्धशतकसहित १३४ रन बनाइन्‌ भने ३ विकेट पनि लिइन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिपाथ्चा ...
। नेपाली राष्ट्रिय भलिबल टोलीकी मुख्य स्पाइकर सरस्वती चौधरी अस्ट्रेलियातर्फ लागेकी छन् । उनले एपीएफ क्लबबाट राजीनामा बुझाएर अस्ट्रेलिया गएको क्लबका व्यवस्थापक विजय केसीले जानकारी दिए । ‘पहिले चाहिँ बिदामा गएकी थिइन्, त्यहाँ गएर खेल पनि खेलिन्, अहिले चाहिँ अब सायद उनको भिसा लम्ब्याउने गरी फर्दर स्टेको प्रोसेसहरू मिलेको होला त्यसैले राजीनामा नै बुझाएर त्यता गएकी ...
। काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलामा नेपाल जितविहीन बनेको छ । शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो । नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । थाइल्याण्डका लागि कप्तान नारुमोल चाइवाइले अविजित रहँदै सर्वाधिक २७ रन बनाइन् । त्यस्तै नानपत कोन्चारोन्काइले ...
। पाकिस्तानको फुटबल फेरि फिफाको निलम्बनमा परेको छ । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय (फिफा)ले तत्काल लागू हुने गरी पाकिस्तान फुटबल फेडेरेसन (पीएफएप) लाई निलम्बन गर्ने निर्णय गरेको हो । पीएफएको संशोधित विधान लागू गर्न असफल भएको कारणले गर्दा पीएफएफलाई तत्कालै लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको फिफाले जनाएको छ । पाकिस्तानको फुटबल सामान्य अवस्थामा नफर्केसम्म ...
। पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा ३ पटकको विजेता संकटा क्लबलाई पराजित गर्दै आमन्त्रित टिम थन्डरबोल्टस् क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा सिक्किमको थन्डरबोल्ट्स युनाइटेडले संकटालाई ३-१ ले स्तब्ध पारेको हो । खेलको अग्रता भने संकटाले लिएको थियो । तर अग्रतालाई कायम गर्न संकटा पहिलो खेलबाटै फर्किनुपरेको छ । ...
। राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यसमिति बैठकले ओलम्पिक कमिटीको निर्वाचन कानुनसम्मत नभएको निष्कर्ष निकाल्दै कारवाही प्रक्रिया अघि बढाएको छ । मंगलबार सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा बसेको सात सदस्यीय कार्यसमिति बैठकले विभिन्न विषयहरूमा छलफलसहित अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । राखेपले परिषदबाट स्वीकृत विधान बमोजिम आवधिक निर्वाचन सम्पन्न गर्नेमध्ये नेपाल राफ्टिङ एण्ड क्यानोइड संघ, नेपाल बास्केटबल ...
First Prev ... 42 43 44 45 46 47 48 49 50 51 52 ... Next Last