मुख्य समाचार
खेलकूद
— काइ हाभरटेजले गरेको एक मात्र गोलको मद्धतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा शुक्रबार इपस्विच टाउनलाई १–० ले हराएको छ । र, लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । यो जितपछि आर्सनलको १८ खेलबाट ३६ अंक भएको छ । यो शीर्षमा रहेको लिभरपुलसँग छ अंकको दूरी हो । चेल्सी ३५ अंकमा तेस्रोमा झरेको छ । इमिरेट्स स्टेडियममा ...
। प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुलले लेस्टर सिटी विरुद्ध ३-१ को पुनरागमन जित हात पारेको छ । यस जितपछि लिभरपुलले शीर्ष स्थानमा ७ अंकको अग्रता समेत बनाएको छ । लिभरपुलको घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा जोर्डन आयुले छैटौं मिनेटमै गोल गर्दै लेस्टर सिटीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइममा कोडी गाक्पोले लिभरपुलका लागि ...
। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ । सिटीलाई घरेलु मैदान एतिहाडमै एभर्टनले १-१ को बराबरीमा रोकेको हो । सिटीका लागि बर्नार्डो सिल्भाले गोल गरेका थिए भने एभर्टनका इलिमानो डिआएले गोल गरे । सिटीका एर्लिङ हालान्डले पेनाल्टी मिस गरेका थिए । खेलको १४औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा ...
: नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ भएका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ओमोडा ईफाइभ डिलक्स एसयूभीसहित पुरस्कृत गरेको छ । एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को कम्पनी शारडा ग्रुपले उक्त पुरस्कार दिएको हो । ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणका लागि ‘ड्रिभन बाइ’ सह–प्रायोजक समेत हो । प्रतियोगिताभरी ...
। नेपाल क्रिकेट संघको आयोजनामा हुने ‘जय ट्रफी पुरुष एलिट कप’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । सेतो जर्सी तथा रेड बलको प्रयोगमा खेलिने प्रतियोगिता आगामी पुस २१ देखि माघ ३ गतेसम्म विरगञ्ज र जनकपुरमा हुनेछ । यस प्रतियोगिताको नाम क्यान इलाइट कपबाट जय ट्रफी ...
। म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अर्को सिजनको च्याम्पियन्स लिगमा सिटी छनोट हुन नसक्ने खतरा रहेको प्रतिक्रिया दिएका छन् । यूरोपियन फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा सिटीले लगातार १४ सिजन खेलेको छ । आर्सनलले सन् १९९८ देखि २०१७ सम्म र म्यानचेष्टर युनाइटेडले सन् १९९६ देखि २०१४ सम्म यूरोपियन प्रतियोगिता खेलेका थिए । इंग्लिस क्लबहरुमध्ये सिटीभन्दा ...
: नेपाल प्रिमियर लिगको फाइनलका दिन समर्थकहरूलाई दुर्व्यवहार गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डोटी घर भई कीर्तिपुर पाँगा बस्ने २१ वर्षीय अशोक साउद र डोटीकै कीर्तिपुर भाजङ्गल बस्ने १९ वर्षीय गणेश साउद रहेका छन्। उनीहरूलाई आइतबार कीर्तिपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। पीडितको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ ...
— इन्टर मिलानले कोमोलाई २–० ले हराएको छ र यससँगै इटालीको सिरी ए को शीर्षमा रहेको एटलान्टसँगको दुरी तीन अंकको अन्तरमा रह्यो । लिगमा इन्टरको लगातार अपराजित यात्रा ११ खेल पनि पुगेको छ । डिफेन्डर कार्लोस एगुस्टोले हेडबाट दोस्रो हाफको सुरुमै पहिलो गोल गरे । त्यसपछि मार्कस थुरामले दोस्रो गोल थपे र यससँगै इन्टर लिगमा लगातार ...
— लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार चार अंकको अग्रता लिएको छ र यसका लागि टोटनहमलाई उसकै घरमा ६–३ ले पराजित गरेको छ । आर्ने स्लटको लिभरपुल चोटग्रस्त खेलाडीको समस्याबाट गुज्रिरहेको टोटनहमविरुद्ध आक्रामक रह्यो । यस प्रभावशाली जितमा लुइस डियाजले २३ औं मिनेटमा गोलको खाता खोले । उनले दुई गोल गरे । यस्तै मोहमद सलाहले पनि दुई ...
— केयलिन एमबापे र फेडरिको भाल्भेरडेले लामो दूरीबाट दुई उत्कृष्ट गोल गरेपछि रियल म्याड्रिडले स्पेनी ला लिगामा सेभियालाई ४–२ ले हराएको छ । जितपछि रियल अंक तालिकाको शीर्षमा रहेका छिमेकी एट्लेटिको म्याड्रिडमाथि दबाब सिर्जना गर्न पनि सफल रह्यो । कार्लो एन्सेलोटीको रियलका लागि रोड्रिगो र ब्राहिम डियाजले पनि गोल गरे । सेभियाका तर्फबाट इसाक रोमेरो र ...
— सब्टिच्युट एलेक्जान्डर सोरलोथले इन्ज्युरी समयमा गरेको गोलको मद्दतले एटलेटिको म्याड्रिडले स्पेनी ला लिगामा बार्सिलानालाई २–१ ले पराजित गरेको छ । यो जितपछि एथलेटिको बार्लिलोनालाई उछिनेर अंक तालिकाको शीर्षमा पनि उक्लेको छ । एटलेटिकोको १८ खेलबाट ४१ अंक भएको छ । बार्सिलोनाले एक खेल बढी खेलेको छ र उसको ३८ अंक मात्रै छ । अब एटलेटिकोले ...
— भारतले एसीसी महिला यू-१९ एसिया कपको उपाधि जितेको छ । आइतबार बंगलादेशलाई ४१ रनले हराउँदै भारतले उपाधि जितेको हो । मलेसियाको क्वालालुम्पुरस्थित बायुमास क्रिकेट ओभलमा भारतले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १८.३ ओभरमा १० विकेट गुमाउँदै ७६ रनमा समेटिएको थियो । बंगलादेशका लागि जुअैरिया फिरदोसले २२ रन बनाउँदा फाहोमिया चोयाले १८ रज बनाए ...
— ग्याब्रिएल जेससले दुई गोल गरेपछि आर्सनलले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ५–१ को प्रभावशाली जित निकालेको छ । यो जितपछि आर्सनलले लिग तालिकाको शीर्षमा रहेको लिभरपुलसँगको दूरी तीन अंकमा छोट्याएको छ र तेस्रोमा छ । आर्सनलको १७ खेलबाट ३३ अंक छ । लिभरपुलको दुई खेल कम खेलेको छ र ३६ अंक छ । चेल्सी भने ...
— नेपालले वुमेन्स यू-१९ मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा आइतबार भुटानसँग १-१ को बराबरी खेलेको छ । दशरथ रङ्गशालामा भएको खेलमा सुशीला केसीले नेपालका लागि पहिलो गोल गरिन । उनले पेनाल्टी एरिया बाहिरबाट ४७ औं मिनेटमा गरेको प्रहार गोलमा परिणत भएको हो । तर यो नै निर्णायक भने सावित भएन । भुटानका लागि फुन्ट्सो छोदेनले ८० औं मिनेटमा बराबरी ...
: नेपाल प्रिमियर लिग पहिलो सिजनको च्याम्पिन बन्दै जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ पाएका छन्। नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जनकपुरका कप्तान अनिल साह र आजको खेलका कप्तान आसिफ शेखलाई उक्त रकमको चेक हस्तान्तरण गरे। त्यस्तै दोस्रो हुँदै सुदूपश्चिम रोयल्सले ५१ लाख, तेस्रो हुँदै कर्णाली याक्सले २५ लाख र चौथो हुँदै १५ ...
: नेपाल प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन्। एनपीएलको उपाधि जित्न चुकेका ऐरीले कार जितेका हुन्। उनले ओमोडा एण्ड जेइको ब्रान्डको ओमोडा गाडी जितेका हुन्। उनले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै जनकपुर बोल्ट्सका ललित राजबंशीले मोटरसाइकल जितेका छन्। एनपीएलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी ललितले ...
First Prev ... 36 37 38 39 40 41 42 43 44 45 46 ... Next Last