मुख्य समाचार
खेलकूद
। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डविरुद्ध खेल्दैछ । खेल ढालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । नेपाल, स्कटल्याण्ड र अमेरिका सम्मिलित यस सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको थियो । स्कटल्याण्डले भने आफ्नो पहिलो खेलमै अमेरिकालाई १० ...
। विराटनगर कंग्सले नेपाल प्रियिमर लिग (एनपीएल) का लागि क्यानडाका कप्तान निकोलस किर्टोनलाई अनुबन्ध गरेको छ । विराटनगरले दोस्रो विदेशी खेलाडीका रूपमा २६ वर्षीय ब्याटिङ अलराउण्डर निकोलस किर्टोनलाई अनुबन्ध गरेको जनाएको छ । अब किर्टोनले मंसिर १५ देखि हुने एनपीएल विराटनगरबाट खेल्नेछन् । कीर्टोनले क्यानाडाका लागि १८ ओडीआई र २५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले ...
— अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनलको खेलको टिकट बिक्री तत्कालको लागि स्थगित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही कात्तिक १४ गते हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको टिकट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ । आइतबार भएको दोस्रो सेमिफाइनल खेलअन्तर्गत नेपाल र भारतबीचको ...
। समूहको अन्तिम खेलमा मंगोलियासँग पराजित भएपछि नेपाल एएफसी यु-१७ एसियन कप छनोटमा जितविहीन बनेको छ । यसअघि नै छनोटको समूह चरणबाटै बाहिरिसकेको नेपाल समूह एफको अन्तिम खेलमा मंगोलियासँग १-० ले पराजित भयो । चार टोली सम्मिलित समूहमा तीन खेल हार्दै नेपाल अंकविहीन रह्यो । दोहास्थित हमाद बिन खालिफा रंगशालामा भएको खेलमा मंगोलियाको ओक्हु सोहेलले ७८औं मिनेटमा ...
। आईसीसी विश्वकप लिग-२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । डालासमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल तीन विकेटले पराजित भएको हो । नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा भेटायो । अमेरिकाका ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेपछि अमेरिका जित दर्ता गर्न सफल भएको हो ...
। मोहमद सालाहले खेलको अन्त्यतिर गरेको गोल मदतमा लिभरपुलले प्रिमियर लिगमा आर्सनलसँग २-२ गोलको बराबरी खेलेको छ । आर्सनलले घरेलु मैदानमा दुई पटक अग्रता बनाए पनि लिभरपुलले पुनरागमन गरेको हो । एमिरेट्स मैदान बुकायो साकाले खेलको नवौं मिनेटमै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता लामो समय रहेन । १८औं मिनेटमा लिभरपुलका कप्तान भर्जिल ...
— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार फ्रान्सेली लिग वानमा आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी मार्सेलाई ३–० ले पराजित गरेको छ । स्टेड भेल्डोरोममा प्राप्त यस जितपछि पीएसजीले लिग तालिकाको शीर्ष स्थानमा आफ्नो स्थिति अझ बलियो बनाएको छ । अब नौ चरणको खेल टुंगिदा पीएसजीको २३ अंक भएकोछ । मार्से भने १७ अंकमा तेस्रो स्थानमा रह्यो । ...
: नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा पाँच पटकको विजेता भारतलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै नेपालले छैटौं पटक फाइनलमा स्थान बनाएको हो । साफ च्याम्पियनसिपको सातौं संस्करण चलिरहँदा नेपाल सन् २०१६ मा मात्रै फाइनलमा पुग्न असफल भएको थियो । नेपालले उपाधिका लागि बिहीबार साविक ...
— मोहमद सलाहले खेलको अन्त्यतिर गरेको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आर्सनलसँग २–२ को रोमाञ्चक बराबरीमा रोकेको छ । उपाधिको होडका दुई प्रतिद्वन्द्वीबीचको खेलमा आर्ने स्लटको लिभरपुल सिजनको दोस्रो हारतर्फ अग्रसर देखिएको थियो । तर इमिरेट्समा भएको खेलमा सलाहले खेल सकिन नौ मिनेट अगाडि गोल गरे । आर्सनलले बुकायो साकाको गोलले अग्रता लिएपछि भर्जिल भान डाइकले ...
: नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका भ्रमणमा रहेका नेपाली टोलीको घोषणा गरेको छ। आइसीसी लिग २ अन्तर्गत अमेरिका र स्कटल्याण्डसँग खेल्नका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टोली घोषणा गरेको हो। दुई जनालाई भने 'रिजर्भ'मा राखिएको छ। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, ...
। यस सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडमाथि ४-० को सानदार जित हात पारेको छ । घरेलु मैदान सान्टियागो वर्नाबेउमै रियल मड्रिडले लज्जासपद हार व्यहोरेको हो । बार्सिलोनालाई फराकिलो जित दिलाउन रोवर्६ लेवान्डोस्कीले दुई तथा लामिन यामल र फेरान टोरेसले समान एक गोल गरे । खेलको ३०औं मिनेटमा रियलका केलिएन एमबाप्पेले गोल गरेपछि भिएआरले मान्यता नदिँदा रियलले ...
। एर्लिङ हालान्डको एक मात्र गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा साउथह्याम्पटनलाई १-० ले पराजित गरेको छ । यो जितपछि सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा हालान्डले खेलको पाँचौ मिनेटमै माथ्युउ नुनेजको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यही गोल नै जितमा निर्णायक बन्यो । जितपछि सिटी ...
— सब्स्टिच्युट बेटोले इन्ज्युरी समयको चौथो मिनेटमा नाटकीय गोल गरेपछि एभर्टनले इंग्लिस प्रिमियर लिगमा शनिबार फुलहमलाई १–१ को बराबरीमा रोकेको छ । फुलहमले दोस्रो हाफमा एलेकस इवाबीको गोलले अग्रता लिएको थियो । खेल सकिन केही समय मात्रै बाँकी छँदा फुलहमले तीन अंक बटुल्ने निश्चित देखिएको थियो । तर गुडसनपार्कमा बेटोले बराबरी गोल फर्काए । यससँगै एभर्टनको ...
: आज दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत तथा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ। आजको पहिलो खेल बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजेबाट हुनेछ भने दोस्रो सेमिफाइनल नेपाल र भारतबीच साढे ६ बजे सुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको सर्वाधिक सफल टोली हो, भारत । च्याम्पियनसिपको पछिल्ला ६ संस्करणमध्ये पाँच संस्करणको ...
। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमै अमेरिका स्कटल्याण्डसँग १० विकेटले पराजित भएको छ । खराब ब्याटिङ गरेको अमेरिकाले घरेलु मैदानमा लज्जासपद हार व्यहोरेको हो । डालासमा गएराती भएको खेलमा अमेरिकाले दिएको १४५ रनको लक्ष्य स्कटल्याण्डले २४.५ ओभरमाविना क्षती पूरा गरेको हो । स्कटल्याण्डका लागि आन्द्रे उमिदले ७९ बलमा १३ चौका र २ छक्का मदतमा ...
— काठमाडौं गुर्खाजले नामिबियाका कप्तान मर्बी जेरार्ड इरास्मसलाई अनुबन्ध गरेको छ । जेरार्डले मंसिर १५ देखि काठमाडौंमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजबाट खेल्नेछन् । सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्लेयर अफ द इयरमा चुनिएका उनले नामिबियाबाट ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । त्यसक्रममा उनले एकदिवसीयमा झन्डै २ हजार ...
First Prev ... 35 36 37 38 39 40 41 42 43 44 45 ... Next Last