मुख्य समाचार
खेलकूद
: नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी तीव्र रूपले अघि बढिरहेको बताएका छन्। एनपीएलका सन्भर्दमा सोमबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलका क्रममा क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एनपीएलको सबै तयारी तीव्ररूपले अघि बढिरहेको बताए। लिगलाई भव्य बनाउनका लागि क्यानले लामो समयदेखि गरेको तयारी अहिलेको अवस्थासँग आइपुग्दा सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए। खड्काले फ्रेन्चाइज ...
। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) खेल मात्र नभएर एउटा खेल संस्कार बसाउने प्रयास पनि रहेको बताएका छन् । एनपीएलको विषयमा सोमबार क्यानले आयोजना गरेको ‘मिडिया इन्टर्‍याक्सन प्रोग्राम’मा पारसले खेल संस्कर अघि बढाउने विचारका साथ अघि बढेको बताए । ‘अहिले हामीले गर्न लागेको लिग प्रतियोगिता मात्र नभएर देशमै खेल संस्कार ...
: महिला यु-१९ टि ट्वान्टी विश्व कपको एसिया छनोटमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। युएईको अजमानमा बिहान ११:१५ बजे खेल सुरु हुने क्यानले जनाएको छ । यस अगाडि नेपालले ३ खेलमा जित र युएईसँगको १ खेलमा हार व्यहोरेको थियो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन, दोस्रोमा कुवेतलाई १ सय ८ रन र चौथो थाइल्याण्डलाई ...
। म्यानचेष्टर सिटीले अग्रता जोगाउन नसक्दा प्रिमियर लिगमा ब्राइटनसँग २-१ ले पराजित भएको छ । ब्राइटनको मैदानमा भएको खेलमा एर्लिङ हालान्डले २३औं मिनेटमा गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अन्तिम १२ मिनेटमा ब्राइटनले दुई गोल गर्‍यो । ब्राइटनका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका खेलाडीले गरेका थिए । ७८औं ...
। आउँदो फेब्रुअरीमा पाकिस्तानमा हुने आइसिसी च्याम्पियन्स ट्रफी खेल्न भारतीय क्रिकेट टोलीले पाकिस्तान नजाने अडान लिएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले प्रतियोगिताको आयोजनालाई अगाडि बढाउनेबारे सल्लाह लिन पाकिस्तान सरकारको सहयोग मागेको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले भारतीय टोली पाकिस्तानको भ्रमणमा नजाने भारत सरकारको निर्णयबारे यसै साता आईसीसीलाई जानकारी गराएको थियो । उक्त कुरा आईसीसीले समेत पीसीबीलाई ...
। पाकिस्तानका सोहेब मक्सुद जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् । जनकपुरले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ३७ वर्षीय मक्सुदलाई पाँचौ विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । जनकपुरले यसअघि नै न्युजिल्याण्डका जिम्मी निसम, अमेरिकाका जोसुअ ट्रोम्स, पाकिस्तानकै मोहमद मोहसिन र श्रीलंकन ओरिजनका अमेरिकी खेलाडी लहिरु मिलान्थालाई अनुबन्ध गरिसकेको छ । एनपीएलमा एउटा टिमले चार जनासम्म विदेशी ...
। खराब ब्याटिङबाट गुज्रिएको अस्ट्रेलियाले पाकिस्तानसँगको घरेलु एकदिवसीय श्रृंखलामा हार व्यहोरेको छ । आइतबार भएको तेस्रो एकदिवसीय खेलमा पाकिस्तान ८ विकेटले विजयी भएसँगै अस्ट्रेलियाले श्रृंखला २-१ ले गुमाएको हो । अस्ट्रेलियाले दिएको १४१ रनको लक्ष्य पाकिस्तानले २६ ओभर ५ बलमा २ विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानका लागि ओपनर सैम अयुबले सर्वाधिक ४२ रनको इनिङ खेले भने ...
। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । चौथो खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा ३३ रनमा अलआउट भयो । थाइल्याण्डका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । थाइल्याण्डलाई सस्तैमा अलआउट गर्न नेपालका कुसुम ...
। प्रिमियर लिगको लण्डन डर्बीमा आर्सनल र चेल्सीले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा आर्सनलले पहिले अग्रता लिएपनि कायम राख्न कसकेन । ६०औं मिनेटमा गाब्रीएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रत दिलाएका थिए । तर, ७०औं मिनेटमा पेड्रो नेटोले चेल्सीका लागि बराबरी गोल फर्काए । त्यसअघि ३२औं मिनेटमै आर्सनलका ...
। स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना रियल सोसिडाडसँग १-० ले स्तब्ध भएको छ । यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको बार्सिलोना ला लिगामा दोस्रो पटक पराजित भएको हो । घरेलु मैदा नरिएले एरेनामा भएको खेलमा सोसिडाडका लागि सेराल्डो बेकरले ३३औं मिनेटमा निर्णायक गोल गरे । त्यसअघि रोवर्ट लेवान्डोस्कीले १३औं मिनेटमै गोल गरेपनि भिएआरले मान्यता दिएन । बार्सिलोना ...
— भिनिसियस जुनियरको ह्याट्रिकमा रियल म्याड्रिडले स्पेनी ला लिगामा ओसासुनालाई ४–० ले पराजित गरेको छ । यससँगै रियलले लगातार दुई हारको क्रमलाई पनि टुंग्याएको छ । तर रियलका लागि डिफेन्डर एडेर मिलिटाआको चोट भने चिन्ताको विषय हुनेछ । खेलका क्रममा मिलिटाओलाई घुँडाको गम्भीर चोट लागेको थियो । सान्टियागो बर्नाबाउमा प्राप्त यस जितले कालो एन्सेलोटीको टिममा आत्मविश्वास ...
— नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) सम्बन्धमा परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलाको इजलासले एनपीएलसम्बन्धमा दायर रिट निवेदनमाथि आइतबार सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । एनपीएलबारे क्यानविरुद्ध जोरा स्पोर्टस म्यानेजमेन्ट प्रालिको तर्फबाट आमीर ...
— आइसीसी यू–१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा शनिबार भएको खेलमा घरेलु टोली युएईले नेपाललाई १३ रनले हरायो । युएईले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय नौ रन मात्रै बनाउन सक्यो ...
: नेपाल क्रिकेट संघ (क्यान)ले हेमन्त धामीको कप्तानीमा यु-१९ टोली घोषणा गरेको छ। एसिया कप खेल्नका लागि क्यानले धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको छ। यसअघि देव खनाल यु-१९ का कप्तान थिए। उनी निरन्तर सिनियर टोलीमा खेल्न थालेपछि धामीलाई कप्तानीको जिम्मा दिइएको हो। त्यस्तै अर्जुन कुमाललाई उपकप्तानको जिम्मेवारी दिइएको छ। टोलीमा आकाश त्रिपाठी, उत्तम रांगु ...
— काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि इंग्लिस क्रिकेटर ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ । इंग्लिस क्रिकेटका अनुभवी डौथवेटले मंसिर १५ देखि हुने एनपीएलमा काठमान्डु गोर्खाजको प्रतिनिधित्व गर्ने भएका छन् । २७ वर्षे मिडियम पेस अलराउन्डर डौथवेटले कार्डिफ मेरिलेबोन क्रिकेट क्लबबाट सन् २०१९ मा प्रथम श्रेणीमा ‘डेब्यू’ गरेका थिए । पछिल्लो समय उनले ...
— म्यानचेस्टर युनाइटेडले बिहीबार यो सिजनको पहिलो युरोपा लिग जित हात पारेको छ । उसले ओल्ड ट्रायफोर्डमा भएको खेलमा ग्रिक च्याम्पियन पीएओकेलाई २–० ले हराएको हो । यो जितमा एमड डिएलोले दोस्रो हाफमा दुई गोल गरे । युनाइटेडमा नयाँ प्रशिक्षकका रूपमा रुबेन एमोरिन भित्रिनु अगाडि यो प्रभावशाली जित हात परेको हो । अर्को इंग्लिस प्रिमियर लिग क्लब ...
First Prev ... 31 32 33 34 35 36 37 38 39 40 41 ... Next Last