— नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारका लागि एक्स्ट्रिम इनर्जी ड्रिंकले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
हाल घुँडाको गम्भीर चोटका कारण उपचारको तयारीमा रहेकी भण्डारीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।
कम्पनीका अनुसार, देशका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडीलाई ...