मुख्य समाचार
खेलकूद
: आइसीसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरियतामा नेपालका ओपनर ब्याटरद्वय आसिफ शेख र कुशल भुर्तेलको वरियता सुधार भएको छ । आसिफ शेखले ७ स्थान सुधार गर्दै ८७ औं स्थानमा उक्लिएका छन् । अर्का ओपनर कुशल भुर्तेलले १७ स्थान छलाङ मार्दै अन्तिम १०० मा पर्न सफल भएका छन् । नेपालका उपकप्तान तथा अलराउन्डर दिपेन्द्रसिंह ऐरी भने ब्याटिङतर्फ ...
। नवोदित खेलाडीको अग्रपंक्तिमा रहने खेलाडी हुन्, १८ वर्षीय स्पेनी स्टाइकर लामिन यमाल । आफ्नो करिअरको सुरुआती चरणमै यमालले छ वटा उपाधि जितिसकेका छन् । तीमध्ये पाँच उपाधि उनले आफ्नो बाल्यकालदेखिको क्लबबाट उपाधि जितेका उनले एकपटक स्पेनिस टोलीबाट युरोपियन च्याम्पियन बनेका छन् । यमालले पहिलो पटक २०२२–२३ सिजनमा ला लिगा उपाधि जिते । त्यसपछि उनले स्पेनको ...
। इंग्लिस क्लब एस्टन भिल्लाले ३० वर्षको उपाधि खडेरी अन्त्य गर्दै युरोपा लिग फुटबलको उपाधि जितेको छ । इस्तानबुलस्थित बेसिक्टास पार्कमा बुधबार राति भएको फाइनलमा जर्मन क्लब फ्राइबर्गलाई ३–० ले हराउँदै एस्टन भिल्लाले दोस्रो ठूलो युरोपियन उपाधि जित्न सफल भयो । यसअघि भिल्लाले सन् १९९६ मा फुटबल लिग कपको उपाधि जितेयता कुनैपनि उपाधि जित्न सकेको थिएन । ...
। एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी-२०आई खेलमा नेपालले संघर्षपूर्ण जित हासिल गरेको छ । मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै २ विकेटको जित निकालेको हो । सम्झना खड्काले ३२ रन बनाइन् भने रुबी पोद्दारले १५ रन बनाइन् । कविता जोशीले ६ रन ...
। अमेरिका आईसीसी क्रिकेट विश्वकप लिग २ को शीर्षस्थानमा फर्किएको छ । बुधबार भएको खेलमा स्कटल्यान्डमाथि ६ विकेटको जित निकाल्दै अमेरिका शीर्षस्थानमा फर्किएको हो । स्कटल्यान्डले प्रस्तुत गरेको १७० रनको लक्ष्य अमेरिकाले २७.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । स्मित पटेल र शयान जहांगिरले समान ३७ रन बनाए भने साइतेजा मुक्कामल्लाले ३५ रन बनाए ।मिलिन्द ...
। आर्सनलले २२ वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले बर्नमाउथसँग १-१ गोलको बराबरी खेलेसँगै आर्सनलले उपाधि जित्ने पक्का भएको हो । प्रिमियर लिगमा अब एक-एक खेल मात्र हुन बाँकी छ । शीर्षस्थानको आर्सनलको ३७ खेलमा ८२ अंक छ भने सिटी ७८ अंकसहित दोस्रो स्थानमा छ । ...
: नेपालका लेग स्पिनर सन्दिप लामीछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका छन्। जारी आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको तेस्रो खेलमा उनले स्कटल्यान्डविरुद्ध खेल्दै आफ्नो नाममा रेकर्ड दर्ता गराएका हुन्। उनले स्कटल्यान्डका वान डाउन ब्याटर ब्रान्डन म्याकमुलेनलाई ७३ रनमा इशान पाण्डेको हातमा क्याच गराउँदै आफ्नो एकदिवसीय १५० विकेट पूरा गरेका ...
। इंग्लिस क्लब चेल्सीले जाबी अलोन्सोलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । स्पेनी प्रशिक्षक अलोन्सोले जुलाई १ देखि कार्यभार सम्हाल्ने क्लबले जनाएको छ । स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर लेभरकुसेनमा प्रशिक्षकको अनुभव बटुलेका अलोन्सोले लेभरकुसेनलाई इतिहासकै पहिलो जर्मन लिग उपाधि जिताएका थिए । नियुक्तिपछि अलोन्सोले चेल्सी विश्व फुटबलकै ठूलो क्लबमध्ये एक भएको भन्दै ...
। सन् २०२६ को विश्वकप तयारीबारे इरानका प्रतिनिधिसँग भएको छलफल ‘सकारात्मक’ भएको फिफाले जनाएको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने सन् २०२६ को विश्वकपमा इरानको सहभागिता सुनिश्चित गर्ने विषयमा शनिबार इस्तानबुलमा इरानी फुटबल महासंघसँग छलफल भएको थियो । सो छलफललाई फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले ‘उत्कृष्ट’ र ‘रचनात्मक’ भएको बताएका छन् । मध्यपश्चिममा अहिले जारी युद्धका बीच ...
। राफिन्हाको दुई गोल मद्दतमा स्पानिस ला लिगाको च्याम्पियन बनिसकेको बार्सिलोनाले आइतबार राति रियल बेटिसलाई ३–१ ले पराजित गरेको छ । घरेलु मैदानमा प्राप्त यो जित बार्सिलोनाको लागि विशेष रह्यो । किनभने बार्सिलोना ला लिगाको ३८ खेलको सिजनमा घरेलु मैदानमा खेलिएका सबै १९ खेल जित्ने पहिलो टिम समेत बनेको छ । क्याम्प नोउमा भएको खेलमा ब्राजिलियन फरवार्ड ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले स्कटल्याण्डसँग टस हारेर पहिले बलिङ गर्ने भएको छ । स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालले अमेरिकालाई हराएको टिमलाई न‌ै निरन्तरता दिंदै पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन । अघिल्लो खेफमा डेब्यु गरेका इशान पाण्डेले आज पनि पहिलो रोजाइमा खेल्दैछन् । स्कटल्याण्डबाट ओली ...
: चेल्सीलाई पराजित गर्दै इङ्ग्लिस एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। वेम्बेलीमा शनिबार राति भएको फाइनल खेलमा सिटीले चेल्सीलाई १-० ले पराजित गरेको खेलको ७२ औँ मिनेटमा एन्टोइन सेमेन्योले गरेको गोल नै सिटीको लागि उपाधिको लागि निर्णायक गोल बन्यो। पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा दोस्रो हाफमा सिटीले गोल गरेको हो। सेमेन्योको गोलमा आर्लिङ हाल्यानले ...
: नेपाल सुपर लिग (एनएसएल) को चौंथो संस्करण भदौ २० गतेबाट सुरु हुने भएको छ । आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले आइतबार एक पत्रकार सम्मेलन गर्दै आगामी संस्करणमा टिमको संख्या पनि थप हुने जानकारी दिएको हो । चौंथो संस्करणको एनएसएल ‘होम एण्ड अवे’ मा हुने समेत पत्रकार सम्मेलनमा बताइएको हो । चौंथो संस्करणको एनएसएलमा टिमको ...
। ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो । ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले । उनले १३ चौका र ४ छक्का प्रहार गरे । कुशल र ...
। बेल्जियमले रोमेलु लुकाकलाई समावेश गर्दै फिफा विश्वकप २०२६ का लागि अन्तिम टोली घोषणा गरेको छ । रेड डेभिल्सको रुपमा चिनिने बेल्जियमले शुक्रबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक रुडी गार्सियाले लुकाकुलाई आउट अफ सेप भनेपनि टोलीमा समावेश गरेका छन् । चोटसँग संघर्ष गरिरहेका लुकाकुले गत सिजन जम्मा लिगमा ६९ मिनेट मैदानमा बिताएका ...
। भारतको गोवामा मे २६ देखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक नविन न्यौपानेलेगोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीङ्गा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यसअघि बन्द प्रशिक्षणमा बोलाइएको ३५ खेलाडीबाट न्यौपानेले अन्तिम टोली छनोट गरेका हुन् । नियमित कप्तान सावित्रा भण्डारी ...
First Prev 1 2 3 4 5 6 7 8 ... Next Last